मोलुङ गाउपालिकामा जिप दुर्घटना, एकको मृत्यु, नौ घाइते

समाचार

लिभु संवाददाता
ओखलढुंगा । मोलुङ गाउँपालिका –२ रामपुरमा आइतबार जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोलुङ ७ का १८ वर्षीय रविन विक छन् ।

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ५५६२ नं को जिप सडकबाट १ सय मिटर तल खसेको थियो। घाइते हुनेहरुमा मोलुङ ७ का पदम विक, दिपेन्द्र खत्री, मोलुङ २ का जमुना खत्री, विष्णु विक, अशोक बानियाँ र अमृत विक, पासाङलामु शेर्पा र साङ्गे शेर्पा रहेका छन्।

जिपको ब्रेक फेल भई सडकबाट खसेको अनुमान गरिएको छ। घाइतेमध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ। घाइतेहरुको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी अनन्तराम शर्माले बताए।

Leave a Reply

Your email address will not be published.