३१ भाषाका ३५ कविता वाचन

समाचार

लिभु संवाददाता

वाम्बुले राई भाषामा कविता वाचन गर्दै कवि तथा पत्रकार श्याम राई

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७४’ मा ३१ भाषाका ३५ कविता वाचन गरिएको छ । प्रसिद्ध भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राई प्रमुख अतिथि रहनु भएको महोत्सवको सभाध्यक्षता प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित महोत्सवमा कविता वाचन गर्नेहरूमा कवि श्याम राईले वाम्बुले, प्रयास दुमी राईले दुमी, किशोर बाहिङ राईले बाहिङ, प्रतापसिंह नाछिरिङले नाछिरिङ, अजय अलङ्कारले कुलुङ भाषामा वाचन गर्नु भएको थियो । त्यसैगरी भानु सुनुवारले सुनुवार, गोमा जिमीले याक्खा, विष्णु याक्सोले लिम्बु भाषाको कविता पाठ गर्नुभएको थियो ।

कवि शीतल थोकर तामाङले तामाङ भाषामा ‘कोमेन्दो’ शीर्षक कविता वाचन गनुभएपछि महोत्सव सुरु भएको थियो । त्यस्तै तामाङ भाषामै सजना गोले र इन्दु नेपाल योञ्जनले कविता वाचन गर्नुभयो । त्यसैगरी मगरनी रामजिता र राकेश बिएमले खाम मगर, अमृता थापामगरले ढुट मगर, सविनसिंह चौधरीले अवधी, कृतिका केवरतले केवरत, छम गुरुङले गुरुङ, निशा चौधरी र उमेश चौधरीले थारु, पवनकुमार यादवले मैथिली, आशिक अलीले मैथिली, लक्ष्मी एडीले हुम्ली, दिलबहादुर कुमाल र अमृता कुमालले कुमाल, रजनी मिलाले नेपालभाषा, जगबहादुर बुढामगरले काइके मगर, धर्मेश जयसवालले भोजपुरी भाषाका कविता वाचन गर्नुभएको थियो ।

त्यस्तै, हीरामाया थामीले थामी, तेजेन्द्र ताजपुरियाले ताजपुरिया, टहल जिरेलले जिरेल, मोनालिशा धिमालले धिमाल, रोशन घलेले घले, माधव छन्त्यालले छन्त्याल, पेमा ग्याछो लामाले मुगाली, देवकुमार दुराले दुरा, भाषामा कविता सुनाउनु भएको थियो । सुरु हुनुअघि तामाङ, गुरुङ, थारु, राई, सुनुवार, लिम्बू, धिमाल, माझी लगायतका सांस्कृतिक झा“कीसहित टोलीहरुले बागबजार, पुतलीसडक हु“दै कमलादीसम्म ¥याली प्रदर्शन गरिएको थियो भने समारोहमा बाजागाजासहित नाच प्रस्तुत गरिएको थियो ।

युनेस्को महासभाले सन् १९९९ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पारित गरेको थियो भने सन् २००० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको हो । नेपालमा यो दिवस २०६८ सालदेखि निरन्तर मनाइदै आएको छ । प्रज्ञा प्रतिष्ठान माृतभाषा विभाग प्रमुख एवं कार्यक्रम संयोजक श्रवण मुकारुङले कुनै पनि भाषालाई विशिष्ट बनाउने काम कविताले गर्ने बताउनु भयो । ‘आदिकवि भानुभक्त लगायत कविको कविताले गर्दा नै नेपाली भाषाले यति धेरै उचाइ पाएको हो,’ नेपालका लोपोन्मुख भाषा बचाउने काम सम्बन्धित समुदाय र राज्यको रहेको उल्लेख गर्दै भन्नुभयो, ‘राज्यले भाषा प्रतिउत्थान गर्न नीति नबनाएसम्म जातिले मात्रै बचाएर भाषा बच्न सक्दैन । अहिले जसरी कोरिया भाषा सिक्न लाइन लागेको हामी देख्छौ“, त्यसैगरी राज्यले पनि नेपालको मातृभाषा सिक्यो भने यस्ता अवसरहरु पाउन सकिन्छ भनेर अवसरहरु सिर्जना गर्नुपर्छ ।’

फोटो ः गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published.