धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

मुख्य समाचार

धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको टाटा सुमो दुर्घटनामा परी संखुवासभा, धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जिबी, विराटनगर–४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रह्लाद न्यौपाने, मोरङ, लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथर, रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरिएको प्रहरी निरीक्षक माधवराज काफ्ले जानकारी दिए । घाइतेको उपचार गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारस्थित दुखनी देवी अस्पतालमा भइरहेको छ । जीपका चालक झापा, कमला गाउँपालिका– ५ बस्ने २८ वर्षीय सुदीपप्रसाद पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ

Leave a Reply

Your email address will not be published.