छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ […]

Continue Reading

प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको […]

Continue Reading

एमाले नेता पाण्डे भन्छन्, पार्टी एकता पनि ७०/३० कै अनुपातमा

चितवन ।   नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०/३० को अनुपातमा लगेको बताउनुभयो […]

Continue Reading

काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले  भने, ‘१२ जना पक्राउ परेका छन् । […]

Continue Reading

राजपा नेता महतो भन्छन्,वाम नेतृत्वको सरकारमा सहभागी हुँदैनौ

भक्तपुर।   राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पष्ट गर्नुभयो । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको आरोप उहाँले लगाउँदै भन्नुभयो, “एमाले हिजो […]

Continue Reading

राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ पदमा मात्र मतदान हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । जस अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ […]

Continue Reading

मुख्यमन्त्री बन्न नेताहरूको दौडधुपः यी हुन् दाबेदार

काठमाडाैं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । दलहरुको गृहकार्य जारी रहँदा मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय […]

Continue Reading

एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आज प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार र प्रदेश सभामुखको नाम टुंगो लगाउने एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले बताउनुभयो । […]

Continue Reading

वाम गठबन्धनमा भागवण्डा मिल्यो, एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

काठमाडाैं । एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागवण्डा गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो । कार्यदलको बैठकले एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी […]

Continue Reading

के-के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

काठमाडौं । सामान्य रुपमा बुझ्दा सर्वसाधारण कुनै पनि कामको लागि प्रदेशको राजधानी धाइरहनुपर्ने देखिँदैन । प्रादेशिक राजधानीमा जनता दैनन्दिनका कामका लागि गइरहनुपर्दैन । संघीय ढाँचाअनुसार सिंहदरबार सात ठाउँमा सरेजस्तै हो यो । जसरी नागरिकता, राहदानीलगायत अत्यावश्यक सेवा सुविधाका लागि सिंहदरबार धाउनुपर्दैन, त्यसैगरी प्रादेशिक राजधानी पनि जानुपर्दैन । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम […]

Continue Reading