काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले  भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:५२

निर्वाचन चिह्न पाएसँगै राष्ट्रियसभा सदस्यका उम्मेदवार प्रचारप्रसारमा