वाम गठबन्धनमा भागवण्डा मिल्यो, एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

मुख्य समाचार

काठमाडाैं । एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागवण्डा गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो ।

कार्यदलको बैठकले एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।

कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ । स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ ।

प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।

त्यसैगरी प्रान्तीय संसदका बिभिन्न समितिको सभापतिहरु एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत लिने तय भएको छ । यही अनुपात मन्त्रिपरिषद्का सदस्यहरुको पनि रहने छ ।

Leave a Reply

Your email address will not be published.