एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

मुख्य समाचार

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकले आज प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार र प्रदेश सभामुखको नाम टुंगो लगाउने एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज मुख्यमन्त्री, सभामुख लगायत प्रदेशको सरकार गठनबारेका विषयमा टुंगो लागउँछौ।’ माओवादी केन्द्रका नेता एवं कार्यदलका सदस्य मातृका यादवले दुबै पार्टीका दाबीबारे बैठकमा छलफल गर्ने र प्रदेश सरकार गठनबारे संयोजन समितिमा अन्तिम प्रतिवेदन दिने जानकारी दिनुभयो ।

वाम गठबन्धनले ७ मध्ये ६ प्रदेशमा सरकार बनाउनका लागि बहुमत प्राप्त गरेको छ। जसमा माओवादीले २ प्रदेशका मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल र राजेन्द्र पाण्डे सहभागी छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।

Leave a Reply

Your email address will not be published.