मुख्यमन्त्री बन्न नेताहरूको दौडधुपः यी हुन् दाबेदार

काठमाडाैं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । दलहरुको गृहकार्य जारी रहँदा मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय […]

Continue Reading

एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आज प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार र प्रदेश सभामुखको नाम टुंगो लगाउने एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले बताउनुभयो । […]

Continue Reading

वाम गठबन्धनमा भागवण्डा मिल्यो, एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

काठमाडाैं । एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागवण्डा गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो । कार्यदलको बैठकले एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी […]

Continue Reading

आय-व्यय विवरण बुझाउन दलहरुलाई आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले आय-व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था भएअनुसार गर्न आयोगले सम्पूर्ण दलहरुलाई आग्रह गरेको […]

Continue Reading

राष्ट्रियसभा चुनावः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण आज

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै आज चुनाव चिन्ह प्रदान गर्दैछ । माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज दिउँसो २ बजेसम्म नाम फिर्ताको समय तोकिएको छ । आज दिउँसो ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने आयोगले आजै अपरान्ह ४ […]

Continue Reading

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, […]

Continue Reading

छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ […]

Continue Reading

प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको […]

Continue Reading

एमाले नेता पाण्डे भन्छन्, पार्टी एकता पनि ७०/३० कै अनुपातमा

चितवन ।   नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०/३० को अनुपातमा लगेको बताउनुभयो […]

Continue Reading

के-के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

काठमाडौं । सामान्य रुपमा बुझ्दा सर्वसाधारण कुनै पनि कामको लागि प्रदेशको राजधानी धाइरहनुपर्ने देखिँदैन । प्रादेशिक राजधानीमा जनता दैनन्दिनका कामका लागि गइरहनुपर्दैन । संघीय ढाँचाअनुसार सिंहदरबार सात ठाउँमा सरेजस्तै हो यो । जसरी नागरिकता, राहदानीलगायत अत्यावश्यक सेवा सुविधाका लागि सिंहदरबार धाउनुपर्दैन, त्यसैगरी प्रादेशिक राजधानी पनि जानुपर्दैन । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम […]

Continue Reading