यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

मुख्य समाचार

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ ।

निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् ।

मतपत्रका ८ नमूना

निर्वाचन आयोगले समूहगत रुपमा मतदान गर्नु पर्ने मतपत्रका ८ वटा नमूना सार्वजनिक गरेको छ । यसमा महिला सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने, महिला सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने, दलित सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने, दलित सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमूना रहेका छन् ।

यस्तै अपांगता भएका वा अल्पसंख्यक समूदायका सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने, अपांगता भएका वा अल्पसंख्यक समूदायका सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने, अन्य सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने र प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमूना आयोगले सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published.