सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

खेल

काठमाडौ । बिराज रोस्यारा ९इमेज०स् कैलाली, पुस २२ । सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै विभागीय टिम सशस्त्र अन्तिम आठमा पुगेको हो ।पहिलो हाफमा पाएको पेनाल्टी प्रहारको मौका र दर्जनौं गोल गर्ने अवसर गुमाउँदा सहारा जितविहीन भयो ।

खेलको २१औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो । सहाराका विनोद गुरुङले गरेको पेनाल्टी प्रहार गोलपोस्टको दायाँ किनाराबाट बाहिरिएको थियो ।

पहिलो हाफ र दोस्रो हाफमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टिमलाई दोस्रो चरणमा पुर्‍याए । उनले खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए ।

पेनाल्टी सुउआउटमा सशस्त्रका गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट सुदीप सिल्पकार, आदित्य चौधरी र रन्जन विष्टले गोल गरेका थिए ।

सहाराका सुशन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाको प्रहारमात्र गोलमा परिणत भएको थियो । प्रतियोगिताअन्तर्गत् आइतबार एमजी संकटा क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.