प्रथम रिनुवाल कपको उपाधी सोक्मटारलाई

खेल

लिभु संवाददाता
ओखलढुंगा– रिनुवाल युवा समूहद्वारा कात्तिक १६ गते देखि २२ गतेसम्म रिनुवालको ब्ओकुला खेलकुद मैदानमा आयोजित प्रथम रिनुवाल कपको उपाधि नयाँ नेपाल सरोकार समाज, सोक्मटारले जितेको छ ।

मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याललाई खेलकुद पर्यटनको प्रवद्र्धन, प्रथम रिनुवाल कपको अभियान नाराबाट संचालित उक्त फुटबल प्रतियोगितामा महिला र पुरुष दुवै समूहले सहभागिता जनाउन सक्ने गरी आयोजना गरिएको थियो । सो प्रतियोगितामा पुरुषतर्फ २६ समूह र महिलातर्फ ६ समूहको सहभागिता रहेको थियो ।

पुरुष तर्फको विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र उपविजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र ट्रफी रहेको थियो । महिलातर्फ विजेतालाई १५ हजारल रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र उपविजेतालाई ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार, मेडल रहेको थियो ।

यस प्रतियोगितामा पुरुष तर्फ मानेभञ्ज्याङ युवा क्लब उपविजेता भएको छ । महिलातर्फ विजेता उदयपुरको सुनकोसी यूवा समूह घुर्मी र नव प्रगतिशील युवा समूह, खर्क, खोटाङ उपविजेता बन्यो । यस प्रतियोगितामा स्थानीय क्लबको तर्फबाट सुनसरी, काठमाडौं, उदयपुर लगायत विभिन्न जिल्लाका खेलाडीले भाग लिएका थिए ।

वामद्याल रिनुवालस्थित ब्ओकुला खेलकुद मैदान निर्माणाधिन अवस्थामा रहेको छ । उक्त मैदान लम्बाइ १०० मिटर र चौडाइ ५० मिटर रहने गरी सम्पन्न गर्ने योजना सहित काम भैरहेको छ । मैदानको विकास तथा विस्तार गर्नको लागि स्थानीय युवाहरूले अभियान संचालन गरी देश–विदेशबाट सहयोग रकम संकलन गरिरहेका छन् । यो कार्यमा स्थानीय सरकारले समेत सहयोग गर्दैआएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले यस आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममा समेत ब्ओकुलालाई प्रदेश स्तरीय खेलकुद मैदानको रूपमा विकास गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published.