महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

खेल

काठमाडौं । १६औं राष्ट्रिय महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा भएको छ ।शुक्रबार भएका समूह चरणका खेलपछि समूह ‘बी’बाट सशस्त्र प्रहरी विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सुपर लिगमा पुगेका छन् ।

त्यसैगरी, समूह ‘ए’बाट नेपाल पुलिस क्लब विजेता र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र उपविजेता बन्दै सुपर लिगमा पुगे ।समूह चरणको अन्तिम खेलमा शुक्रबार सशस्त्रले आर्मीलाई १–० ले हरायो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रका लागि सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । लिगमा सावित्राको तीन खेलबाट २१ गोल भएको छ ।

शुक्रबारै भएको खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले सान्त्वना जित हासिल गर्नेक्रममा मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २–० ले हरायो ।तीन विभागीय तथा पाँच विकास क्षेत्रको सहभागिता रहेको प्रतियोगितामा तीनै विभागीयले वर्चश्व जमाएका हुन् ।

सुपर लिगका खेल आगामी मंगलबारदेखि हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *