हिलेपानी फुटबल क्लबको अध्यक्षमा इलामको मोहन राई

खेल प्रदेश प्रदेश १

लिभु संवाददाता
ललितपुर– व्याकुल माइला गोल्डकपको एक आयोजक संस्था हिलेपानी फुटबल क्लबको पाँचौँ साधारणसभाबाट क्लवका संस्थापक उपाध्यक्ष मोहन राईलाई अध्यक्ष पदमा चयन गरिएको छ । इलाम निवासी श्री राई खेलकुदका अतिरिक्त साङ्गीतिक, सामाजिक आदि विविध क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष पदमा क्रमशः पूर्णसिं राई, शुभकर्ण राई, आइन्द्रधन राई र सदस्यमा राजन दाहाल, देजिना राई र मन्जित राई चुनिनु भएको छ ।

गाउँ ठाउँमा खेलकुदको विकास गर्ने उद्देश्यले स्थापना गरिएको यस क्लव समेतको आयोजनामा व्याकुल माइला गोल्डकपको अतिरिक्त हरेक वर्ष ओखलढुङ्गा जिल्लाको हिलेपानी गाउँमा वृहद् लोकसांस्कृतिक नाच, फुटबल प्रशिक्षण, लोकनाच प्रशिक्षण आदि कार्यक्रमहरू सञ्चालन हुँदैआएको छ ।

नयाँ नेपाल सरोकार समाज, व्याकुल माइला गोल्डकप मूलसमारोह समिति, दुधकौशिका आधारभूत विद्यालय र यस क्लव समेतको आयोजनामा सञ्चालन हुने व्याकुल माइला गोल्डकपको आठौँ संस्करण र रूपमा स्मृति महिला फुटबल कप यही असोज २६ गतेबाट ९ दिनसम्म भव्यरूप सञ्चालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.