प्रधानमन्त्रीले खेलाडीलाई दिए नेपाली झण्डा

खेल

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताउनु भएको छ ।
रसियाको मस्कोमा हुने १० देखि १६ मेसम्म हुने स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८ मा सहभागी नेपाली खेलाडीहरुलाई आइतबार बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो ।
‘तपाईंहरु राम्रो खेल्नु हुन्छ भन्ने मलाई थाहा छ,’ ओलीले भन्नुभयो, ‘शुभकामना छ खेल जितेर आउनुहोस् ।’ प्रधानमन्त्री ओलीले अनुशासन सफलताको सुत्र भएकोले अनुशासनमा विशेष ध्यान दिन आग्रह गर्दै भन्नुभयो, ‘तपाईंहरुले सगरमाथाको देशलाई खेलको माध्यमबाट विश्वमा पनि चिनाउनु हुनेछ भन्ने मैले विशवास लिएको छु ।’
प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई नेपालको झण्डा वितरण गर्नुभयो । उक्त खेलमा भाग लिन नेपालबाट १५ जना १८ वर्ष मुनिका खेलाडी सहभागी हँुदैछन् ।

तस्बिर – प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published.