अनिश बने ‘लिगलिगे राजा’

पत्रपत्रिका

हरिराम उप्रेती
काठमाडौँ — भारतीय गोर्खा सेनामा कार्यरत अनिश थापा मगरले नगदसहित श्रीपेच जित्दै ‘लिगलिगे राजा’ बनेका छन् । आइतबार भएको लिगलिगे दौड प्रतियोगितामा पर्वत घर भएका थापा मगरले चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै लिगिलगे राजा बनेका हुन् ।

उनलाईसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाएर नगद प्रमाणपत्रले पुरस्कृत गरेका छन्। आज एक रात अनिशलाई लिगलिगमै राजा बनाएर राख्ने व्यवस्था मिलाइएको छ।
नेपाल एकीकरणअघि बाइसे चौबिसे राज्य हुँदा लिगलिगकोटमा राजा छान्न वि.सं. १६०४ मा उत्त दौड सुरु भएको मानिन्छ। लिगलिगको राज्य सञ्चालनका लागि तत्कालीन समयमा विजादशमीको दिन दौड हुने सहमति बनेको थियो। १६०४ देखि १६ सय ५५ सम्म दलसुर घलेले दौड जितेर लिगलिग राज्यको राज भइ राज्य गरेका थिए। सोही सम्झना तथा इतिहासलाई जिवन्त बनाउन दौड सुरु गरिएको हो।

तत्कालीन शाहवंशीय राजाका संस्थापक द्रब्य शाह पनि उक्त दौड जितेर राजा भएको इतिहासमा उल्लेख छ। तत्कालीन राजा द्रब्य शाहले लिगलिगे दौड जितेर नै घले राजाहरुको राज्य सम्हालेपछि ऐतिहासिक लिगलिगे दौड विसं १६१६ मा समाप्त भएको थियो। ४५१ वर्षपछि २०६७ सालबाट फेरि दौडले निरन्तरता पाएको हो।
प्रकाशित : आश्विन २८, २०७५ १६:३५
https://www.kantipurdaily.com/pradesh-4/2018/10/14/153951425230682345.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *