लिभु संवाददाता
कटारी–वाम्बुले राई समाज (वाम्रास) जिल्ला कार्यसमिति उदयपुरको तेस्रो जिल्ला अधिवेसन आज कटारीमा सम्पन्न भएको छ । समितिले मनबहादुर राईको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवगठित समिति सदस्यहरुमा दुर्गासरी राई , ओमराज राई , जयकुमार राई , रघुमाया राई ,सन्तबहादुर राई र विष्णुबहादुर राई रहेका छन् ।
समितिको उपाध्यक्षमा रामशेर राई , सचिवमा ऋषि राई , कोषाध्यक्षमा हेम राई दिपक र सहसचिवमा हिराजित राई चयन भएका छन् । अधिवेसनका प्रमुख अतिथि समाजका केन्द्रिय सचिव रामकुमार राईले वाम्बुले राईहरुले भाषा संस्कृति जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
अधिवेसनको अवसरमा समाजलाई योगदान दिएका पूर्वअध्यक्ष तथा केन्द्रिय सदस्य रामबहादुर राई , र कटारी ५ निवासी टिका बहादुर राई र जयकुमार राईलाई सम्मान गरिएको थियो । समाजका निवर्तमान अध्यक्ष शुभराज राईले वाम्बुले एकताले विभिन्न भाषिक , साँस्कृतिक उपलब्धिहरु भईरहेको बताउनुभयो ।
त्यसैगरी निवर्तमान कोषाध्यक्ष तथा नव गठित समितिका अध्यक्ष मनबहादुर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजसँग हाल मौज्दात रकम ३ लाख ६९ हजार २ सय ८५ रुपैंया रहेको जानकारी दिनुभयो । समाजले विभिन्न प्रारम्भिक समितिहरु समेत गठन गरी कृयाशिल रुपमा गतिविधिहरु अघि बढाईरहेको छ ।
http://udayashreenews.com/