‘अर्काको गाडी चोरेर भाग्दै गरेकोमा’ आज बिहानै सात बजेतिर मलाई गरें Sussex Police ले Gatwick Airport नजिकै गिरफ्तार गर्यो । सन् २००५ देखि आज पहिलो पल्ट प्रहरीको हतकडीको अनुभव गरें।
घटना किन र कसरी भयो ?
गएको अक्टोबर महिनाको २३ तारिख लिभरपूल स्ट्रिट (Liverpool Street) नजिकैको ब्रीक लेनमा बिहानै आफ्नो गाडी पार्क गरें । उक्त दिन ह्वाइट च्यापल (White Chapel) मा एउटा ट्रेनिङ डेमा भाग लिनु थियो । साँझ ट्रेनिङ सकेर फर्किंदा आफ्नो गाडी त्यहाँ थिएन । आइतबारको दिन लण्डनमा ‘सिंगल येल्लो लाइन’ (Single Yellow Line) मा पार्क गर्न जत्ति नै पाउने हुनाले काउन्सिल वा प्रहरीले बोकेर लैजाने भन्ने कुरै थिएन । मलाई लाग्यो कुनै ‘अपर्चुनिस्ट खाते’ ले मेरो गाडी चोर्यो । पेशेवर चोर भए त सानो BMW चोरेर किन ठूलो जोखिम मोल्थ्यो होला र! मैले त्यही सोचें ।
नजिकैको लिभरपूल स्ट्रिट पुलिस स्टेशन पुगेर गाडीको हुलिया र घटनाको सबै बिबरण दिएँ ।
City of London Police अफिसरले ‘क्राइम रिपोर्ट नम्बर’ दिंदै भन्यो, “मिस्टर लिम्बु, ब्रीक लेन भनेको सिटी अफ लण्डन पुलिस र Metropolitan Police Service को दोसाँध भएको हुँदा तपाईंको चोरिएको गाडी पत्ता लगाउने आधा जिम्मा मेट्रोपोलिटन पुलिसको पनि हो । मैले यो अपराधको बिबरण मेटलाई पनि पठाइसकेको छु । तपाईंको गाडी बारेमा हरेक सात सात दिनमा इमेल अपडेट पाउनुहुनेछ ।”
त्यो तक्ले अफिसरलाई थ्याङुक यू भन्दै म त्यहाँबाट हिंडे । थकित भएर घर आइपुग्दा रातको ११ बजिसकेको थियो ।
भोली बिहान उठेपछि पो म अझ हतास भएँ । आफुनो दुईटै खुट्टा नभएको भान भयो ।
मेरो गाडी कसले चोरेको हुनसक्छ ? … राम्रैरी ‘लक’ गरेको थिएँ …. बहुमूल्य सामानहरु पनि खासै केही राखेको थिएन … !!! पर्सीपल्ट बुधबारको दिनसम्म पनि मेरो सय मनमा पाँच मनले मेरो गाडी चोरिएको नभएर कतै न कतै सकुशल छ र भेट्नेछु भनिरहेको थियो । अन्तिम प्रयास स्वरुप एक पटक सम्बन्धित काउन्सिललाई फोन गरेर जानकारी लिने बिचार गरें ।
गूगल गरेर टावर हेम्लेट काउन्सिलको नम्बर टिपें । सम्बन्धित बिभागसंग मेरो टेलीफोन सम्पर्क भयो ।
मिस्टर लिम्बु योर कार इज वीद अस । यू पार्क्ड इन ए एल्लो लेन । इट वज टोड-अवे (towed-away) एट ११:५३ लास्ट सण्डे फ्रम Spital Street नियर ब्रिक लेन । यु क्यान कम टु कलेस्ट योर कार बट यू ह्याभ टू पे £३०५ पाउण्ड्स फाइन ।”
OMG!, म खुशी भएँ, म दुखी भएँ, म रिसले रन्थनिएँ, अझै थाहा छैन । एकातिर गाडी त पत्ता लाग्यो तर बेकारमा £३०५ पाउण्ड जरिवाना । मेरो गाडी डकैत गरेर लैजाने, मलाई खबर पनि नगर्ने, अब उल्टै £३०५ पाउण्ड जरीबाना तिर्नु पर्ने ? तर उसलाई केही भनिन । चुपचाप गाडी लिन जानपर्ने ठाउँको ठेगाना टिपें र फोन राखें ।
बिना कुनै हतार म त्यसको पर्सीपल्ट शुक्रबारको दिन £३०५ लिएर टावर हेम्लेट पुगें । तर £३०५ होइन काउण्टरवाला बंगालीले त £३८५ को बिल तेर्स्याउँदै भन्यो, यो तिरेपछि तपाईंको गाडी लैजानुहोस् ।
“किन £३८५ ?” मैले सोधें ।
हरेक दिनको £४० पाउण्ड जरिबाना हुन्छ । अझ भोली मात्रै आउनुभएको भए थप £४० = £४२५ तिर्नपर्थ्यो ।
“तर यो त मलाई अस्ति टेलिफोनमा भनिएन त”, मैले सोधें ।
“मिस्टर लिम्बु, डु यू वान्ट टु कलेक्ट योर कार?” मलाई पो उल्टो रुखो प्रतिप्रश्न आयो ।
त देख्नु भो त लण्डनवासी मित्रहरु ? गरिबमारा काउन्सिलहरुको राजस्व बढाउने आफ्नो आफ्नो नीति ?
यसबाट मेरो सामान्य बुझाई के रहन गयो भने यदि कारणबस मेरो गाडी एक महिनापछि मात्रै पत्ता लागेको भए वा लिन गएको भए £३०५ थप £१२०० पाउण्डको बिल मेरो अघि तेर्सन्थ्यो । प्रजातान्त्रिक देशमा पनि सबै अवस्थामा त कहाँ न्याय हुनेरहेछ र ?
मलाई पछि थाहा भयो, लण्डनको जुनसुकै ठाउँमा आइतबारको दिन Single Yellow Line (एकल पहेंलो धर्को) मा पार्क गर्न पाएपनि वास्तबमा ब्रीक लेन (#BrickLane) भनेको बंगलादेशीहरुको ‘साम्राज्य’ भएकोले मैले पार्क गरेको ‘स्ट्रिट’ मा भने आइतबारको दिन पनि ‘सिंगल येल्लो लाइन’ मा पार्क गर्न मनाही रहेछ । नजिकै त्यस्तो कुनै सूचना बोर्ड पनि देखिन । बिना कुनै सूचना राखेर मेरो गाडीको दिउँसै डकैती हुँदा म बबुरो तीन दिनसम्म कपाल समाउँदै बस्नुपर्यो । लण्डनमा १० बर्ष गाडी चलाएको अनुभवको मेरो घमण्ड पनि चकनाचुर भयो ।
आज बिहानै म ब्राइटनतिर झर्दै थिएँ । ससेक्स पुलिसले मेरो गाडी कसैले लिएर भाग्दैगरेको देख्यो । मेरो हराएको गाडीलाई पछ्याउँदै आउँदा M25 को जंक्सन 7 बाट M23 तिर पस्दैगर्दा ‘स्लिप रोड’ मा भेटेर मेरो गाडी रोक्यो । उनीहरुको प्रश्नको जवाफ दिन नपाउँदै मेरो दुबै हातमा हतकडी थियो । अर्थात आज बिहानसम्म पनि LI0 MBU चोरिएको गाडीमै दर्ज भएको रहेछ । तर इन्स्योरेन्स र सिटी पुलिसलाई आफ्नो गाडी पत्ता लागेको सूचना भने उसखेरै दिएको हो ।
सबै बिबरण दिएपछि प्रहरी ब्रो ढुक्क भयो । अनि मात्रै हतकडी खोल्यो । १५ मिनेट समय बर्बाद भएपनि समयमै ब्राइटन पुगें । यतिको ‘एडभान्स कन्ट्री’ को ‘अल्ट्रा-एडभान्स’ प्रहरी सेवाको हराएका गाडीहरु पत्ता लगाउने सूचना पद्दति पनि यति नाजुक देख्दा म अवाक् भएँ ।
कहिले काहीं सानो गल्तिले बेकारमा ठूलो टेन्सन दिने । अरुलाई यस्तो बेकारको टेन्सन लिन नपरोस् भनेर आफ्नो अनुभव र कुण्ठा यहाँ शेयर गर्न चाहें ।
मेरो गाडी टावर हेम्लेट काउन्सिलले ‘डकैत गरेर लगेको’ भोली पल्ट काममा मैले मेरो एक सहकर्मीसंग कुरा गरें । उसले त अझ आफ्नो गाडी ढिलो लिन जाँदा ८०० तिर्न परेको झनै तीतो अनुभव सुनायो । तब पो मलाई अलि सञ्चो भएजस्तो लाग्यो ।
तपाईंलाई कस्तो लाग्यो यो घटना ?
के तपाईंलाई पनि यस्तो कहीं कतै भएको छ ?
https://www.facebook.com/khusi.tawa.limbu/posts/2242779272648243?__tn__=K-R