भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

जीवनशैली बिचित्र संसार रोचक

काठमाडाैं । चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।

दुनियाँका कैयन प्राचीन रहस्यमध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहस्यमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

नदीमा बनेको बरफको गोलाकार चक्रको रहस्य जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि यो चक्र आफै घुमिरहेको छ । यो चक्रमा उभिएर मानिसहरु फोटो खिचाउन झुम्मिरहेका छन् । चिनियाँ वैज्ञानिकहरु पनि यो रहस्य पत्ता लगाउन जुटिरहेका छन् ।

कतिपय मानिसले चाहिँ यो बरफको चक्रको रहस्यको पर्दा उठेमा ठूलो प्रलय आउन सक्ने अफवाह पनि फैलाएका छन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published.