विश्वकै लामो सामुद्रिक पुल

अन्तराष्ट्रिय बिचित्र संसार

एजेन्सी
जुहाई — चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरेका छन्  । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ  ।

२० अर्ब डलरको लगानीमा ९ वर्ष लगाएर बनाइएको यो पुल बुधबारदेखि खुल्ला हुनेछ । यसले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने आँकलन गरिएको छ ।

आठ रेक्टर स्केलको भूकम्प तथा सामुद्रिक आँधीलाई समेत झेल्न सक्ने क्षमताको यो पुल ४ लाख टन स्टिल प्रयोग गरेर निर्माण गरिएको हो ।

पुल निर्माणमा १४ हजार मजदुर र ३ सय जहाज परिचालित थिए । विगतमा चीनको जुहाई र हङकङबीचको यात्राका लागि ४ घण्टासम्म लाग्ने गरेकोमा पुल निर्माणपछि ३० मिनेट मात्र लाग्नेछ । पुल पर्ल रिभर डेल्टा समुद्रमाथि ३० किलोमिटर छ भने समुद्रमुनि ६.७ किलोमिटर लामो सुरुङ बनाइएको छ । बाँकी भाग जमिनमा निर्माण गरिएको छ ।

हङकङ र मकाउ चीनका दुई स्वायत्त प्रशासनिक क्षेत्र हुन् । ५० वर्षसम्म स्वायत्त प्रशासन चलाउन स्वतन्त्र रहेका यी दुई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको सन्देश दिन चीनले यो पुल निर्माण गरेको बताइएको छ । यो पुलमा गाडी चलाउन कोटा सिस्टममा आधारित प्रवेशाज्ञा अनिवार्य रूपमा लिनुपर्छ र सबै गाडीले कर तिनुपर्नेछ । हङकङका बासिन्दाले विशेष स्वीकृति लिनुपर्नेछ । यो पुलमा सार्वजनिक यातायात भने सञ्चालन हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *