काठमाडौँ । सान डियागो चिडियाघर सफारी पार्कमा रहेको अफ्रिकी गुरिल्लाको मृत्यु भएको छ । विश्वकै बूढो उमेर मानिएको गुरिल्लाको बिहीबार मृत्यु भएको हो ।
पार्कका अनुसार, अक्टोबरमा ६० वर्ष पार गरेको भिल्लाले पाँच पुस्ता सँगै बिताएको थियो । तस्बिर सन डियागो चिडियाघर सफारी पार्कका केन बोनले खिचेका हुन् र एपीलाई उपलब्ध गराएका हुन् ।