‘हङकङ आइडी’मा ब्रिटिश लाहुरेको वेदना… ! (भिडियाेसहित)

मनोरन्जन

काठमाडाैं । सृष्टी, प्रेम, जीवन, प्रकृति, यी सबै मानिसकै लागि भएकाले  गीतबाटै  गायक–गायिकाहरुले मानव सद्भाव र सम्बन्ध बलियो पार्ने भूमिका खेल्न आवश्यक रहेको बताउने गायक भुवन सुप्तीहाङ राईले गीत ‘हङकङ आईडी छ कि छैन बहिनी’को भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा ब्रिटिश लाहुरे बन्ने सपना बोकेर एक युवाको कथालाई दर्शाउन खोजिएको छ । चार पटकसम्म कोसिस गर्दा पनि लाहुरे नभएपछि अन्त्यमा आइडीवाला युवती खोजेर विदेश जाने योजना बनाएका युवा केही नलागेपछि बेरोजगार भएर नेपालमै थन्किन्छन् ।

भिडियोमा कथालाई निकै मार्मिक ढङ्गले देखाउन खोजिएको छ । यसकै सारमा गीतको परिवेश उनिएको छ। भू. सुप्तिहाङले निर्देशन गरेका भिडियोमा हेमेन्द्र र रोसिनाले अभिनय गरेका छन्। त्यस्तै, सुरेन राईको कोरियोग्राफी रहेको छ ।

दिनेश बान्तावाले संगीत गरेको ‘हङकङ आइडी छ कि छैन’ शब्द वीरेन राईको हो । आइडीपछि गायक राईले सम्मान एल्वममा समाहित गीत ‘थाहा छैन जवानी झोँकमा’ गजलको म्युजिक भिडियो बनाउने तयारीमा जुटेको बताएका छन् ।

गायक राईले चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *