टाइगर जिन्दा है’ सफल भएपछि फेरि एकसाथ ‘सलमान-कैटरिना’

मनोरन्जन

काठमाडाैं । बलिउडका ‘टाइगर’ सलमान खान र उनका साथ ‘एक्सन’ को जादु देखाईसकेकी अभिनेत्री कैटरिना कैफको जोडी बक्स अफिसमा फेरि देखिने भएको छ ।

उनीहरु ‘टाइगर जिन्दा है’ फिल्ममा ६ वर्षको प्रतिक्षापछि एक साथ देखिएका थिए । सन् २०१७ मा सबैभन्दा सफल फिल्म दिन सफल सलमान-कैटरिनाको चाँडै फेरि एक साथ स्क्रीन शेयर गर्न गइरहेको छ । सलमान खानले फिल्म ‘टाइगर जिन्दा है’ को जबर्जस्त कमाईबाट आफै फिल्म ‘बजरंगी भाईजान’ को रेकर्ड तोडेका छन् ।

आगामी फिल्म ‘रेस ३’ को शूटिंगमा व्यस्त सलमान चाँडै शूटिंग पूरा गरेर ‘भारत’ मा काम गर्न गइरहेका छन् ।  यस फिल्मको निर्देशन पनि ‘टाइगर जिन्दा है’ का निर्देशक अली अब्बास जफर गर्ने भएका छन् । निर्देशक जफरले नै कैटरिना र सलमान फेरि एकसाथ काम गर्न गइरहेका संकेत गरेका हुन् ।

उनले एक न्यूज एजेन्सीसँगको कुराकानीमा भनेका छन्, ‘‘मैले अहिलेसम्म आफ्नो आगामी फिल्म भारतका लागि कुनै पनि अभिनेत्रीलाई चयन गरेको छैन । फिल्मका लागि अभिनेत्रीको नाम सोच्दा मेरो दिमागमा सबैभन्दा अघि कैटरिनाको नाम आउँछ ।’’

Leave a Reply

Your email address will not be published.