कोरियामा कलाकार मोडल सीता राई सम्मानित

कला साहित्य -संस्कृति मनोरन्जन समाचार

लिभु संवाददाता,

सोल, कोरिया । कोरियन महान चाड छुसकको अवसरमा आयोजित न्यु भिजन साँगितिक सौगात कार्यक्रममा प्रस्तुति दिन कोरिया आईपुगेकी कलाकार तथा मोडल सीता राईलाई किरात राई यायोख्खा बुसानले सम्मान गरेको हो । न्यु भिजन ग्रुपले कोरिया किम्हेस्थित मुन्ह्वाछेयुग्वान हलमा उक्त साँगितिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमपश्चात किरात राई यायोख्खाले सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा नेपाली संस्कृति, कला क्षेत्रमा योगदान पु¥याएवापत कलाकार, मोडल सीता राईलगायत अन्य कलाकारसमेत सम्मानित भएका थिए ।

सीता राईले विभिन्न गीतमा करिब दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । उनी एक कुशल डान्सरमात्रै नभएर मिस राई २०१६ फस्ट रनर अप तथा मिस ट्यालेन्ट नेशनल एक्टिङ कम्पेटिशन टप २५ भित्रका प्रतिष्पर्धीसमेत हुन् ।

Leave a Reply

Your email address will not be published.