ध्रुव लम्साल
‘ए बाजे । तिम्रो रिपोर्ट कस्तो आयो ?’ गत १२ पुस बिहीबारको दिन म घाममा बसेर पत्रिकाको पाना ओल्टाइ पल्टाइ गरिरहेको थिएँ । पत्रिका एकपल्ट पढिसकेपछि केही छुट्यो कि भनेर ओल्टाइ पल्टाइ हेर्ने पुरानै बानी हो ।
‘मैले त चेकै गराइनँ, मेडिकलको सिटामोलले ज्वरो ठीक भयो,’ एमडी कुलुङलाई जवाफ दिएँ ।
‘म त अहिले हस्पिटल हेल्पिङ ह्यान्ड्स आएको रिपोर्ट सबै सामान्य छ । तर, ठीक भएन, त्यही भएर तिम्रो रिपोर्ट सोधेको,’ उनले भने ।
‘खै, मैले त चेकै गराइनँ । ज्वरो ठीक भो, खोकी बाँकी छ,’ मैले भनेपछि उनले भने, ‘ल ठीक छ, त्यसो भए मलाई नि ठीक होला, एक/दुई दिनमा ।’
‘ल ल केयर गर,’ उनीभन्दा चार दिन अघि मलाई ज्वरोले छाडेकाले मैले आदेश दिएँ ।
उनी र मलाई एकै दिन चिसोले आक्रमण गरेको थियो । एक्कासि १०३ ज्वरो आएपछि मैले कार्यकारी सम्पादक डिल्ली आचार्यलाई अफिस आउन नसक्ने जानकारी गराएँ, एसएमएस गरेर । उनले शीघ्र स्वास्थ्य लाभको कामना भन्दै एसएमएस रिप्लाइ गरे । दुई दिनपछि मेरो ज्यानबाट ज्वरो भाग्यो । तेस्रो दिन अफिस पुगें । बेलुका ६ बज्दा समेत एमडी कुलुङ अफिस आएनन् । ‘कुलुङ बाजे खै त ?’ मैले कार्यकारी सम्पादकलाई सोधें ।
‘ए, साँच्ची त । तपाइ बिरामी भएको भोलिपल्ट उनलाई पनि ज्वरो आयो रे । यसपालि मज्जैले गलायो भन्दै थिए । अझै एक–दुई दिन अफिस आउन सक्दैनन् रे । अघि भर्खर कुरा भएको थियो,’ कार्यकारी सम्पादकको प्रतिक्रिया थियो यो ।
उनको नाम एमडी कुलुङ भए पनि मैले ‘बाजे’ भनेर बोलाउँथें । उनी मलाई पनि बाजे भन्थे । उनी यसकारण बाजे भएका थिए, माछा मासु खाँदैनथे । चुर्ती, चुरोट, खैनी र मदिरा कहिल्यै छोएनन् । आफू परियो, खुट्टा भएकामा खाट र पखेटा भएकामा हवाईजहाजबाहेक केही पनि नछोड्ने । म जिस्क्याउँदै भन्थे, ‘तिमी राई होइनौ, बाहुन हौ । आजबाट तिम्रो नाम बाजे ।’
जिल्ला ब्युरो प्रमुख थिए कुलुङ । उनको अनुपस्थितिमा म उनको काम गर्थें । उनी बिरामी भएको जानकारी पाएपछि म जिल्ला पृष्ठको समाचार जुटाउनतिर लागें । अर्का सहकर्मी युमाश शेर्पा पनि बिरामी भएकाले हामी सबैले अनुमान ग-यौं, चिसोले यसपालि धेरैलाई सतायो । यो संवाद आइतबारको थियो । सोमबार, मंगलबार र बुधबार बित्यो ।
बिहीबार कुलुङ आफैंले फोन गरेर सोधेका थिए, ‘ए बाजे । तिम्रो रिपोर्ट के आएको थियो ।’ हाम्रो दोस्ती उनी राजधानी आएपछि सुरु भएको हो । उनी राजधानी आउनुअघि पनि अनामनगरतिर भेट त बाक्लै हुन्थ्यो । एक अर्कालाई तपाइलाइ भनेर सम्बोधन गथ्र्यौं । उनी राजधानी आएको एक सातामा हामी तपाइबाट तिमीमा पुग्यौ । उनको नाम एमडी कुलुङ भए पनि मैले ‘बाजे’ भनेर बोलाउँथें । उनी मलाई पनि बाजे भन्थे । उनी यसकारण बाजे भएका थिए, माछा मासु खाँदैनथे । चुर्ती, चुरोट, खैनी र मदिरा कहिल्यै छोएनन् । आफू परियो, खुट्टा भएकामा खाट र पखेटा भएकामा हवाईजहाजबाहेक केही पनि नछोड्ने । म जिस्क्याउँदै भन्थे, ‘तिमी राई होइनौ, बाहुन हौ । आजबाट तिम्रो नाम बाजे ।’
उनले खितिति हाँस्दै भने, ‘तिमी त झन् जातैले बाजे । त्यसो भए हामी दुवै बाजे ।’ त्यही कारण हामी एक अर्कालाई बाजे भनेर सम्बोधन गथ्र्यौं । डम्म परेको मोटो ज्यान थियो । बेलाबेलामा ज्यान घटाउने कुरा गर्थे ।
‘ज्यान घटाउनु छ भने हाम्ले खाने चिज खाऊ । शुद्ध खाएसी धेरै मोटाइन्छ,’ म जिस्क्याउँथें । उनी खितिति हाँस्थे । खानामा असाध्यै धेरै विचार पु¥याउँथे कुलुङ त्यसैले उनको स्वास्थ्य स्थितिबारे धेरै चिन्ता गरिएन ।
‘कुलुङको स्थिति के छ ?’ शुक्रबार मैले फेरि कार्यकारी सम्पादक आचार्यलाई सोधें । ‘शनिबारदेखि आफिस आउँछु भनेका छन् । अघि भर्खर कुरा भएको थियो,’ सम्पादकले भने ।
भोलिपल्ट मेरो बिदा । म मक्ख परें, उनी अफिस आउने भएपछि मैले उनको काम सघाउनुपर्थेन ।
शनिबार ६ बजे फेरि सम्पादकको फोन आयो, ‘ए सर कुलुङ आएनन् । जिल्ला पृष्ठलाई केही समाचार जोहो गर्नुप¥यो ।’ चिसो घटेको थिएन । मैले सोचें, त्यही भएर अफिस आएनन् । मैले घरमै बसेर जिल्ला पृष्ठको काम गरें । सम्पादन गरेको म्याटर सम्पादकलाई मेल गरें । फेरि कुराकानी भयो, ‘भोलिदेखि त कुलुङ आउँछन् ।’
फरक यति हो, एमडी कुलुङ माटो बने । हामी धुवाँ हुन्छौं । अलविदा एमडी कुलुङ † तिमी माटो बन्यौ । हामी धुवाँ बन्दै आउला कुनै दिन । तिमी कालो कफी नै खाऊ, म दूध चिया नै पिउँला
पहिला जस्तै ।
आइतबार बिहान घाममा ढाड सेकाइरहेको थिएँ । केशरमणि कटुवालले फोन गर्दै भने, ‘ए दाजु, हाम्रा कुलुङ दाइ त बितेछन् ।’ कहाँ, कहिले र कसरी ? केही पनि सोध्ने आँट आएन । ‘हेल्पिङ ह्यान्ड्स हस्पिटल जान लागेको ?’ केशरमणिले भनेपछि मैले फोन राखें ।
अस्पतालमा मान्छको भीड थियो । हेल्पिङ ह्यान्ड्सको शव गृहमा एमडी कुलुङ सुतिरहेका थिए, कहिल्यै नउठ्ने गरी । सेतो कपडा थोरै उठाएर अनुहार हेर्दा अनुहार भर्भराउँदो थियो । ‘ए बाजे’ भनिहाल्छन् कि जस्ता ।’
किरात परम्पराअनुसार भोलिपल्ट अन्तिम संस्कार गरियो, वनकालीमा । हामी (क्षेत्री बाहुनहरू)लाई मरेपछि चितामा राखेर धुवाँ बनाउने चलन छ । कुलुङहरूको माटो बनाउने प्रचलन रहेछ । उनलाई खाल्टो खनेर माटोमुनि राखिसकेपछि लाग्यो, आखिर जिन्दगीको अन्तिम सत्य भनेको त्यही नै रहेछ । कोही माटो, कोही खरानी त कोही धुवाँ । ढिलाचाँडो सबैले जाने त त्यही नै हो । फरक यति हो, एमडी कुलुङ माटो बने । हामी धुवाँ हुन्छौं । अलविदा एमडी कुलुङ । तिमी माटो बन्यौ । हामी धुवाँ बन्दै आउला कुनै दिन । तिमी कालो कफी नै खाऊ, म दूध चिया नै पिउँला पहिला जस्तै ।
http://rajdhanidaily.com/143777/?fbclid=IwAR2i2brcw6_gTlKPaX6zjgwVwE-fe9ZrZpNCE8nlraceqxrOJVyxKEMisTI