किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा

विचार / ब्लग
मञ्जुल याक्थुम्बा

विषेश प्रवेश
बिक्रमजित हसरतको इतिहासलाई आधारमानेर पुष्प थाम्सुहाङले वि.सं. २०२९/३० मा किरात संवत्को चर्चागर्नु र कलिगत ४० वर्षमा येलम्बरहाङले नेपालमा राज्य स्थापनागरेको भनी वि.सं. २०११ मा संक्षिप्त नेपाल इतिहासमा प्रेमबहादुर मावोहाङसमेतद्वारा उल्लेखगरिएको आधारमा जसहाङ मादेनबाट सम्पादित याक्थुङ येÞलेÞ तङ्बे सिक्किमबाट पहिलो पटक वि.सं. २०४५/४६ मा प्रकाशित क्यालेन्डरको कुरा गर्नुपर्दा वहाँहरूको जातीय स्वाभिमान र भावनाको कदर नगरिरहन सकिन्न । किरात याक्थुङ चुम्लुङले पनि सिक्किमकै अनुशरणगरेर वि.सं. २०४८ देखि याक्थुङ येÞलेÞ संवत् ५०५१/५२ सम्म क्यालेन्डर निकाल्यो भने हाल येÞलेÞ संवत् भनेर क्यालेन्डर निकालिरहेको छ । यसरी नै किरातजन्य अन्य सामाजिक संस्था किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा सामाज र किरात राई यायोक्खाहरूले समेत येÞलेÞ संवत् राखी क्यालेन्डरहरू प्रकाशित गरिरहेको देखिन्छ । तर भावनाका साथै बौद्धिक अभ्यास, दृढअठोट, निरन्तर प्रयास र परिस्थितिको साङ्गोपाङ्गो मिलेमा मात्र गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई हामीले बिर्सन नहुनेरहेछ । यिनै कारणहरूको समन्वय हुन नसकेकोले नै किरात येÞलेÞ संवत्लाई सरकारी मान्यता दिलाउनेबारे आजसम्म प्रभावकारी गृहकार्य हुन नसकेजस्तो लाग्छ ।

प्रयोगमा ल्याइएको यतिका वर्षहरू बितिसक्दा पनि यस विषयमा किरात जातिहरूबाट चर्चा र छलफल नभएकोले नै होला– प्राज्ञ बैरागी काइँलाले २०६४ माघको ‘तान्छोप्पा’ मासिकमा ‘किराती संवत्देखि येÞलेÞ संवत्सम्म’ शीर्षकमा आप्mनो लेख छपाएर किरात समाजलाई झल्यास्स ब्युँझाउनुभयो । सो लेखप्रति संवेदनशील भएर मुन्धुम पब्लिकेसन तथा नवसमन्वय पब्लिकेसन प्रा.लि.ले प्राज्ञ बैरागी काइँलाको संयोजकत्वमा ‘किरात येÞलेÞ संवत् अध्ययन समन्वय समिति’ गठनगरेर नेपालका ख्यातिप्राप्त विशिष्ठ विद्वान्हरूलाई निम्त्याई काठमाडौँमा दुईपटक किरात जातिहरूबीच छलफल गराइसकेपछि २०६६/०७/२८ र २९ गते तदनुसार नोभेम्बर १४ र १५, २००९ मा ‘किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी–२००९’समेत सम्पन्नभई काठमाडौँ घोषणापत्रसहित पत्रकार सम्मेलन पनि भइसकेको छ । माथि उल्लिखित विभिन्न समयका अन्तरक्रिया कार्यक्रम, प्रस्तुत कार्यपत्रहरू, अन्य ऐतिहासिक दस्तावेजहरू र गोष्ठीको टिपोटहरूप्रति विचारगर्दा मोटामोटी निम्न लिखित सारतत्वको बोध हुनुका साथै किरात येÞलेÞ संवत्बारे निचोड निकाल्ने आधारहरू पाउन सकिन्छ ।

संवत्को नामाकरण
नेपालका प्रथम किरात राजा येलम्बरलाई इलम्ब, येलम्, यलम्ब, येलम्बर, येलम्बरहाङ, येलिम्ब, येलुङ, येÞलेÞ, येल आदि भनी विभिन्न प्रकारका पुस्तकहरूमा सम्बोधन गरिए तापनि वास्तवमा सम्पूर्ण किरातजातिहरूको जिब्रोमा झुण्डिएको प्रचलित लोकप्रिय शब्दचाहिँ येलम्बर नै हो र गैर किरातहरूमा समेत यो नाम आजपर्यन्त ताजै छ । त्यसैले हालसम्ममा किरात जातिहरूले प्रयोगगरी ल्याएका नेपालमा प्रथम किरातराजा येलम्बरको नामबाट चलाइएको संवत्लाई किरात समन्वय समितिले किरात येÞलेÞ संवत् भनी नामाकरण गरेकोमा सो सर्वसम्मत निर्णय स्वागतयोग्य मान्नुपर्छ ।

किरात राज्यकाल गणना सम्बन्धमा
नेपालमा किरात राज्यकाल गणनाबारे विभिन्न स्वदेशी तथा विदेशी इतिहासकारहरू र विद्वान्हरूले बेलाबेलामा वंशावलीसहित र वंशावलीरहित आ–आप्mना विचारहरू उल्लेख गरेका छन् तापनि कसैको पनि कुरा मिलेको देखिँदैन ।
किरात राज्यकाल अवधिबारे निम्नानुसार फरक पाइन्छ ।

क्र.सं. लेखक पूराराज्यकाल आधारवर्ष खुद राज्यकाल हालको वर्ष सुरुदेखि हालसम्म ठहरिएको वर्ष
१. बालचन्द्र शर्मा १२५० १८५ १०६५ ई. २००९ ३०७४ वर्ष
२. प्रा. माणिकलाल श्रेष्ठ १६०० १८५ १४१५ र्इं. २००९ ३४२४ वर्ष
३. कर्कपेट्रिक १६३० १८५ १४४५ ई. २००९ ३४५४ वर्ष
४. डेनियल राइट १११८ १८५ ९३३ ई. २००९ २९४२ वर्ष
५. गोपालराजवंशावली १९६४ १८५ १७७९ ई. २००९ ३७८८ वर्ष
६. प्रेमबहादुर मावोहाङ ५०६९ वर्ष
७. पुष्प थाम्सुहाङ किराती संवत् ५१०५ वर्ष
८. प्रा. दिनेशराज पन्त ५१२२–५३३४
९. सिल्भेन लेभी उल्लेख नभएको

माथि उल्लेखित किरातराज्यकालबारे पुष्प थाम्सुहाङले चर्चा गर्नुभएको किराती संवत्, सिक्किम तथा नेपालका किरातजन्य संस्थाहरूले आ–आप्mनातर्फबाट प्रकाशित गरेका क्यालेन्डरहरूमा उल्लेख भएका किरात येÞलेÞ संवत् र प्रा. दिनेशराज पन्तबाट शाहकालमा लेखिएका भाषावंशावलीहरूको आधारमा उल्लेखगरिएका किरातराजा येलम्बरको राज्यकाल सुरु भएको वर्षबारे खासै प्रामाणिक कुराहरूको उजागर हुँदैन । त्यसमा पनि कार्यपत्र प्रस्तुतकर्ता पन्तजी स्वयम्ले नै आप्mना ती चारै वंशावलीहरूमा उल्लेख गरिएका कुराहरू सबै सत्य नहुन पनि सक्छन भन्नुभएकै छ । हुन पनि लिच्छवीकालका शिलापत्रहरूको आधारमा इतिहास लेखनकार्य प्रारम्भ भएको नेपालमा शाहकालको त के कुरा हालसम्मकै सबैभन्दा पुरानो मानिएको चौधौँ शताब्दीमा लेखिएको गोपालराजवंशावलीलाई समेत घोरिएर अध्ययन गर्नुपर्ने स्थिति छ ।

नेपालका राजाहरूबारे लेखिएको हालसम्मकै सबैभन्दा पुरानो वंशावली गोपालराजवंशावली हो तापनि किरातराज्यकाल अवसानको पुगनपुग ३२०० वर्षपछि मात्र लेखिएको हो । अहिलेसम्मकै सबैभन्दा पुरानो ६०० वर्षअघि लेखिएको वंशावली भएकोले नै यही वंशावलीलाई आधार मानेर किरात येÞलेÞ संवत्को बाटो पहिल्याउनुबाहेक दोश्रो विकल्प पनि हामीबीच नभएकोले योभन्दा भरपर्दो अर्को प्रमाण फेला नपरेसम्म यही वंशावलीको राजाहरूको ३२ पुस्तालाई किरातराजाहरूले नेपालमा राज्य गरेको आधार मानी हिसाब गर्नुपर्दा हाल प्रयोगमा आइरहेको किरात येÞलेÞ संवत् ५०६९ कायम नहुनसक्छ । किनकी ३२ पुस्ता किरातराज्यकालको अवधि हिसाब गर्दा जम्मा १९६४ वर्षमा जय वर्माको भेटिएको मूर्तिमा उल्लेख भएको ई. १८५ लाई शुत्रधार मानेर १९६४ मा १८५ घटाउँदा ई.पू. १७७९ वर्ष हुन आउँछ । यो ई.पू. १७७९ मा हाल ई. २००९ जोड्दा ३७८९ वर्षअघि मात्र किरात राजा येलम्बरले नेपालमा राज्य गरेको हिसाब निक्लन्छ । यस हिसाबले हाल मानिआएको किरात येÞलेÞ संवत्–५०७० मा ३७८९ घटाउँदा १२८१ वर्ष घट्न आउँछ । हालसम्मको यो तथ्यपरक हिसाबको आधारमा अव किरात येÞलेÞ संवत्लाई संशोधनगरी प्रयोगमा ल्याउनुपर्दा लघुत्ताभाषको अनुभूति गर्नुहुँदैन । किनभने यो भन्दा अर्को ऐतिहासिक प्रमाण हामीसँग छैन ।

किरात येÞलेÞ संवत्बारे गृहकार्य
अहिलेसम्म चर्चापरिचर्चागर्न थाँती रहनगएको किरात येÞलेÞ संवत्लाई किरात समाजमा चेतना जगाएर हालसम्मको अवस्थामा ल्याउन आप्mनै संयोजकत्वमा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समिति गठन गर्नुदेखि अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीसमेत सम्पन्न गर्नमा प्राज्ञ वैरागी काइँलाको जातीय स्वाभिमानप्रति अत्युच्च भावना, बौद्धिक अभ्यास, दृढअठोटका साथै परिस्थितिसमेतको साङ्गोपाङ्गो मिलेजस्तो बुझिन आएकोले अब यो संवत्लाई सरकारी मान्यता दिलाउने अभियानलाई सेलाउन दिनैहुँदैन भन्ने मेरो बुझाइ छ ।

गोष्ठीको सारतत्व
गोष्ठीमा कार्यपत्र प्रस्तुतकर्ता प्रा. दिनेशराज पन्त र टिप्पणीकार डा. रमेश ढुङ्गेल किरात येÞलेÞ संवत्बारे त्यति सकारात्मक र खुलस्त हुनु भएको पाइएन । कुनैकुनै कार्यपत्र प्रस्तुतकर्ता सम्बन्धित विषयमा दखल नभएकोले आप्mनो प्रस्तुति तर्कसङ्गत नभएर पनि अरुहरूले मानिदिनैपर्नेजस्तो लिंँडेढिपी गर्ने र विषयान्तरतिर फलाक्ने पनि देखियो । प्रा.डा.जगमान गुरुङको टिप्पणी प्रष्ट र सकारात्मक थियो । जनजातिहरूको बल र बाहुनहरूको बुद्धिलाई मिलाएर कामगर्ने बानी बसाल्यौँ भने हामी सधैँ सफलता हासिल गर्न सक्छौँ भन्ने वहाँको सारगर्भित अभिव्यक्ति थियो । केही प्रस्तोता, टिप्पणीकार र सहभागीहरूचाहिँ यही गोष्ठीले किरात येÞलेÞ संवत्बारे अन्तिम निर्णय अविलम्ब देओस् भनी विना सुझवुझ हतारिएर बोलेका थिए ।

कार्यपत्र प्रस्तुतकर्तामध्ये प्रा. डा. जगदीशचन्द्र रेग्मीले निकै नै मेहनतका साथ आप्mनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसमा पनि वहाँले मालीगाउँस्थित जयवर्माको मूर्तिको शिलालेखमा ई. १८५ लेखिएको प्रमाण प्रस्तुत गर्नुभएर नेपालमा किरात राज्यकालावधि गणना गर्नुमा सुगमता तथा आधारशिला देखाइदिनुभयो । अर्कोकुरो वहाँकै कार्यपत्रमा गोपालराजवंशावलीका एकतीसाँै राजा खुरांजको राज्यकालावधि अठारवर्ष राख्नुभएकोमा भुलीमोल लिपिमा लेखिएको सो वंशावलीको छायाँप्रति अध्ययनगर्दा सो अङ्क अठार नभई अठहत्तर हुनुपर्ने देखिन्छ । किन कि अङ्क ८ को अगाडि अङ्क १ हुँदैहोइन । वहाँले मानेको अङ्क १ बरु अङ्क ७ को धेरै नजिक छ । त्यसमा सङ्कै छैन । अतः एकतीसौँ किरातराजा खुरांजको राज्यकालावधि ७८ वर्ष नै हो भनी प्रा.डा. गणेश क्षेत्री तथा उ.प्रा. रामचन्द्र रायमाझीद्वारा लिखित नेपालको इतिहासमा पनि उल्लेख छ ।

टिप्पणीकारहरूमध्ये वरिष्ठ संस्कृितविद् सत्यमोहन जोशी, दुर्गाहाङ याक्खा र अन्य केही सहभागीहरूले पनि प्रा.डा. रेग्मीद्वारा प्रस्तुत कार्यपत्रमा किरातकालीन राजा पटुक र गस्तीको नाम गोपालराजवंशावलीमा परेको छैन भन्नुभयो । तर पटुक राजाको दर्वारको भग्नावशेष रहेको मङ्गलबजारस्थित पटुक दोँ (पटुक थुम्को) र पटुकटोल भन्ने ठाउँ अझै मौजुदै छ । पाटन सहरबासीहरूसँग अभिन्नरूपले परिचित पटुकराजासँग सम्बन्धित पटुक दोँ र पटुकटोलको बिर्सनै नसकिने विशेषता छ भने अन्य इतिहासकारहरूले पनि उल्लेख गरेका पटुक र गस्ती किरातराजाहरूको नाम गोपालराजवंशावलीमा उल्लेख नभएकोले त्यस्तो वंशावलीलाई कसरी मान्यता दिन सकिन्छ ? भनी औँला ठड्याउनुभयो । मेरो अध्ययनमा पनि प्राज्ञ धुस्वाँ सायमीद्वारा अङ्ग्रेजी भाषामा लिखित लोट्स एन्ड फ्लेम्स नामक पुस्तकमा पटुक राजाको दर्वारको भग्नावशेष पटुक दोँ र पटुकटोलबारे प्रष्ट उल्लेख गरिएको छ । डेनियल राइट वंशावलीको २८ औँ र २९औँ किरातराजाहरू क्रमशः पटुक र गस्ती लेखिएको छ भने इतिहास प्रकाशन वंशावलीको २४ औँ र २५ औँ किरातराजाहरू क्रमशः पिम्बुहाङ र गस्तीहाङ उल्लेख भएको पाइन्छ ।

गोपालराजवंशावली र अन्य वंशावलीहरू भिडाउँदा किरात राजाहरूको नाम र तिनीहरूको राज्यकालावधि धेरैजसो मिल्दैन । तापनि जसरी येलम्बरलाई इलम्ब, येलम, येलम्ब, येलम्बर, येलम्बरहाङ, येलिम्ब, येलुङ, येले, येल भनी विभिन्न वंशावलीहरूमा उल्लेख भएजस्तो किरातराजा पटुक र गस्तीलाई पनि राइट वंशावलीको २८ औँ र २९ किरात राजा पटुक र गस्ती, सिल्भेन लेभी वंशावलीको २१ औँ र २२ औँ किरातराजा पुनिष्क र गुञ्ज, इतिहास प्रकाशन वंशावलीको २४ औँ र २५ औँ किरात राजा पिम्बुहाङ र गस्तीहाङ, मावोहाङ वंशावलीको २३ औँ र २४ औँ किरातराजा गुञ्जाहाङ र पुष्काहाङ, गोपालराजवंशावलीको २३ औँ र २४ ओं किरात राजा गुञ्जम र पुस्क उल्लेख भएको कुरा विचारगर्दा उल्लिखित नामहरूबीच तादात्म्यताको धेरै नजिक पुग्नसकिने निम्न तालिकाले दर्शाउँछ ।

वंशावली क्रमाङ्क नाम
डेनियल राइट २८ र २९ पटुक र गस्ती
इतिहास प्रकाशन २४ र २५ पिम्बुहाङ र गस्तीहाङ
गोपालराजवंशावली २३ र २४ गुन्जम र पुस्क
मावोहाङ २३ र २४ गुन्जाहाङ र पुस्काहाङ
सिल्भेन लेभी २१ र २२ पुनिष्क र गुन्ज

किरातराजा पटुक र गस्तीबारे इतिहास लेख्ने र लेखाउने बीचको उच्चारण गराइमा फरकपरी पटुक अर्थ लगाउन सक्ने शब्दहरू पुस्क, पुस्काहाङ, पुनिस्क, पिम्बुहाङ र गुञ्ज, गुञ्जाहाङ, गुन्जम, गस्ती अर्थ लाग्नसक्ने शब्दहरूमाथि उल्लेखित वंशावलीहरूमा अघि र पछिगरी लेखिनगए तापनि ती शब्दहरू क्रमानुसार सँगसँगै जोडिएर आएको देखिएकोले किरात राजा पटुक र गस्तीको अस्तित्व निर्विवादरूपमा थियो भन्ने कुराको पुष्टि हुन्छ । विचारगोष्ठीमा इतिहासविद एवम् संस्कृतिविद् टिप्पणीकारहरूको अडान र सहभागीहरूको समेत प्रस्तुत विचार सुन्दा किरातराजा पटुक र गस्तीको अस्तित्वलाई यथावत स्वीकार गर्नुपर्ने बाध्यतालाई नकार्न सकिन्न । अतः गोपालराजवंशावलीको २३ औँ र २४ ओं किरात राजा क्रमशः पटुक र गस्ती उल्लेख हुननसकी गुञ्जम र पुस्क लेखिन गएको (उच्चारण हुन गएको) मानेर अब किरातराजा पुस्क भन्ने पटुक र गुञ्जम भन्ने गस्ती भनी किरात समन्वय समितिले सर्वसम्मतिले निर्णय गरेमा सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने उपाय हुन्थ्यो भन्ने मेरो सुझाव छ । यस बारेमा अन्य महानुभावहरूबाट समेत गहकिलो सुझावहरू प्रस्तुतहुने आशा पनि गरेको छु । नेपालमा प्रथम किरातराजा येलम्बरको प्रतीकस्वरूप किरात येÞलेÞ संवत्लाई मान्यता दिलाउने हाम्रो सर्वोपरि चासोको विषय हो । नेपालमा किरात राजा येलम्बरको राज्य स्थापना हुनुअघि भारतवर्षमा राज्यगर्ने किरात राजाहरूको राज्यकालसमेत समेट्नेगरी किरात येÞलेÞ संवत्को सिलसिलामा कुनैकुनै विद्वान्हरूको भनाइ र लेखाइप्रति हाम्रो टाउको दुखाइ हुनुहुन्न ।

किरात समन्वय समितिबाट निर्णय हुनुपर्ने बुँदाहरू
१. पुस्क भन्ने पटुक र गुञ्जम भन्ने गस्ती किरात राजाहरू हुनुपर्ने
२. हाल वि.सं. २०६७ मा किरात येÞलेÞ संवत् ३७८९ उल्लेख हुनुपर्ने ।

किरात समन्वय समितिको विगत र वर्तमान भूमिकाहरू
किरात याक्थुङ चुम्लुङको म अध्यक्ष भएको बेला मेरै संयोजकत्वमा चारै किरातजन्य संस्थाहरू किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खालाई सम्मिलित गराई २०५५ सालदेखि हामीले किरातहरूको साझा सवालमा एकतावद्धभई सरकारसँग सिङ्गौरी खेल्दै किरात धर्मको मान्यता, किरात चाडको मान्यता, किरात चाडमा सरकारी विदाको मान्यता, पशुपतिक्षेत्र विकास कोषअन्र्तगत मृगस्थली वनस्थित किरात समाधिस्थलको मान्यता, ललितपुर सानो हात्तीबनलाई किरात धार्मिकबनको मान्यता, ललितपुर मङ्गलबजारस्थित किरात राजा पटुकको दरबारको भग्नावशेष जग्गा व्यक्तिगत रूपमा दर्ता भइगएकोमा त्यसलाई सरकारबाट बदर गराई सार्वजनिक जग्गामा परिणत गराउने आदि आन्दोलनमा सफलता हासिल गरेजस्तै यो वर्तमान किरात समन्वय समितिले किरात येÞलेÞ संवत्लाई सरकारी मान्यता दिलाउन अविलम्ब प्रभावकारी भूमिका खेलोस् भनी गोष्ठी समापन समारोहमा मेरो अन्तरहृदयको चाहना व्यक्त गरिसकेको छु ।

यो प्रथम ऐतिहासिक एवम् महत्वपूर्ण अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा गहनतम सुझावहरूका साथ आआप्mना कार्यपत्रहरू प्रस्तुतगर्नुहुने लब्धप्रतिष्ठित, प्रस्तोता, टिप्पणीकार र आपूmलाई लागेको कुराहरू व्यक्त गर्नुहुने विद्वान् सहभागीहरूको गरिमामय उपस्थितिले गोष्ठीको महत्व बढाएको थियो । व्यवस्थापन पक्षको प्रभावकारिता एवम् सन्तोषजनक भूमिका हुँदाहुँदै सम्बन्धित व्यवस्थापकहरूमा कताकता असन्तुलित बोझको पनि महसुस भएजस्तो लाग्यो । यस्ता महत्वपूर्ण भेलामा हाम्रो काम हामी आफैले गरेमात्र गन्तव्यमा पुग्नसकिन्छ भन्ने मानसिकता बोकेर अघि बढ्यौँ भने सफलताले सँधँै साथ दिइरहन्छ भन्ने मेरो ठम्याइ छ । छलफल कार्यक्रमहरूदेखि अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीसमेत सम्पन्न गराउनमा योगदान पु¥याउनुहुने आदरणीय प्राज्ञ बैरागी काइँलाको प्रशंसनीय भूमिकाको विशेष कदर गर्दछु । साथै गोष्ठीलाई सफल पार्नका लागि आद्योपान्तसम्म आ–आप्mना तर्फबाट योगदान पु¥याउनु हुने भाइहरू अमर तुम्याहाङ, बलिराज खम्बू, प्रेमबहादुर बेघा, छविलाल हाङश्रोङ, बहिनी कृष्णाकुमारी सुब्बालगायत संलग्न सम्पूर्ण व्यक्तित्वहरू धन्यवादका पात्रहरू हुनुहुन्छ ।

Note : यो लेख किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी, १४–१५, नोभेम्बर, २००९ को समय सन्दर्भमा लेखिएको हो ।

Leave a Reply

Your email address will not be published.