प्रदेश नं.१ को सरकारी कामकाजको भाषा हुनुपर्ने प्रस्ताव
गणेश राई
काठमाडौं– युनेस्कोले प्रक्षेपण गरेअनुसार विश्वमा बोलिने ६ हजार ७ सय भाषामध्ये ९६ प्रतिशत भाषा कुल जनसंख्याको ३ प्रतिशतले मात्र बोल्छन् । अबको लगभग एक शताब्दीभिभ अहिले बोलिने भाषामध्ये आधा लोप भएर जानेछ । त्यसैगरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चले अहिले हरेक दुई हप्तामा एउटा भाषा लोप भइरहेको छ भनेको छ ।
यही बेला भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राईलाई मातृभाषा संरक्षणको चटारो छ । राई जन्मेदेखि अहिले ७३ वर्षको उमेरसम्मै बान्तावा मातृभाषा बोल्दैआएका छन् । उच्च शिक्षा हासिल गर्ने क्रममा राईले सन् १९८५ मै पुना विश्वविद्यालयबाट भाषाविज्ञान विषयअन्तर्गत ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तावा’ (बान्तावा भाषाको व्याकरण) शीर्षकमा विद्यावारिधि उपाधि हासिल गरेका थिए । राईकै संकलनमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३१ सालमा प्रकाशित गरेको पर्यायवाची शब्दकोशमा बान्तावा भाषा समावेश छ । बान्तावामा भाषाविज्ञानसम्मत शब्दकोश भने अहिले बन्दैछ ।
त्यही बान्तावा शब्दकोश निर्माण गर्न किरात राई यायोक्खाको पूर्वअध्यक्ष कुलबहादुर राईलाई सकस परेको छ । ‘हामी बान्तावा शब्दकोश निर्माण समितिको प्रगति समीक्षा तथा अन्तिम रूप दिने तयारीमा छौं,’ समितिका अध्यक्ष ७८ वर्षीय राईले बैठकको फोटो आफ्नो फेसबुक भित्तामा राखेर भनेका छन्, ‘आशा गरौं, निकट समयभित्र प्रकाशनमा आउने छ ।’
उक्त फोटोमुनि लेखिएका प्रतिक्रियामध्ये एकजनाले भनेका छन्, ‘चा“डो प्रकाशन हुनुप¥यो ।’ जवाफमा अध्यक्ष राईले ‘तपाईलाई भन्दा मलाई अझ हतार छ । तर के गर्ने एक–एक शब्द बान्तावा, नेपाली र अंग्रेजीमा दोहो¥याइ तेह¥याइ हेर्नु पर्ने जटिल काम रहेछ, १३–१४ हजार शब्दलाई । धैर्य गर्नुहोला । ढिलो गर्ने मनसाय होइन हजुर ।’ भनेका छन् ।
यो बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति ६ वर्षअघि गठन भएको हो । व्यक्तिलाई जिम्मेवारीको बा“डफा“डस“गै चरणवद्ध काम भएका छन् । प्रारम्भिक चरणमा जिल्लागत रुपमा प्रतिनिधि छनोट गरी धरानमा प्रशिक्षण दिइएको थियो । भोजपुर, धनकुटा, उदयपुर, इलाम, पा“चथर, झापा, सुनसरी, मोरङ लगायत जिल्लाका प्रतिनिधि सहभागी थिए । त्यसपछि नया“ शब्द निर्माणमा विज्ञ भेला झापाको दमकमा भएको थियो । त्यतिखेर सिक्किम र कालिम्पोङका प्रतिनिधिसमेत सहभागी थिए । तेस्रो चरणमा इलामको श्रीअन्तुमा कार्यशाला गरिएको थियो ।
‘गरिबले छोरीको बिहे धनीको जसरी गर्ने भन्ने जस्तो भएको छ,’ शब्दकोशका मुख्य संयोजक भाषाशास्त्री राई भन्छन्, ‘बान्तावा–नेपालीमात्र भइदिएको भए प्रकाशन भइसक्थ्यो । अंग्रेजमा समेत प्रकाशन गर्ने हु“दा ज्यादै ढिलो हुनुपुग्यो ।’
बान्तावा भाषामा हतुवाली, आम्चोके र दिल्पाली भाषिका रहेको छन् । कोश निर्माण विधिअनुसार यी तीनै भाषिकाको शब्द संकलन, विशेषता केलाउने, छुटाउन, सांस्कृतिक शब्दहरू थप्ने, नया“ शब्द निर्माण गर्ने र त्यसलाई देवनागरीमा उतारिएका छन् । युनिकोडमा बदलिएका छन् । रोमन र भाषाविज्ञानअनुसार आईपीए (इन्टनेसनल फोनेटिक अल्फाबेट) फन्टमा विस्तार गरिएका छन् ।
बान्तावा र नेपालीमा शब्दानुवादसहित वर्गीकरण गर्ने काम भाषाशास्त्री राई तथा युवा भाषाशास्त्रीद्वय पदम राई र निराजन राईले गरेका छन् । अंग्रेजी शब्द केलाउने काम अध्यक्ष राई र प्राध्यापक विष्णुसिंह राईको भागमा परेको छ । चौधहजार जति शब्दसहित केही थान पाण्डुलिपि तयार भएको छ । ‘अन्तिम सम्पादन गरिसक्दा मूलशब्द तेह्र हजार हाराहारीमात्र हुनसक्छ,’ कार्यसम्पादनबारे भाषाशास्त्री राईले भने, ‘खुद जिम्मेवारी पाएमध्ये खा“टी काम गर्न नसक्दा केही ढिलो हुनपुगेको हो ।’
कोश प्रकाशनप्रति चौतर्फी चासो बढ्नुको कारण अरु पनि छन् । २०६९ सालमा गठन भएको समितिले शब्दकोश निर्माणका निम्ति आर्थिक सहयोग संकलन गरेको छ । ‘आफ्नो भाषा बचाउन भाषिक समुदायको चासो लिनुपर्छ,’ समितिका सदस्य समाजशास्त्री जितपाल किरातले भने, ‘बान्तावा भाषी आफैंले आफ्नो भाषा र संस्कृतिको संरक्षण जुट्न हाम्रो दायित्व हो । त्यसैले हामीले सरकार र कुनै गैरसरकारी संस्था गुहारेका छैनौं ।’
समितिका सचिव तीर्थराज मुकारुङका अनुसार व्यक्तिगत रुपमा डेढ सयजनाबाट ३० लाख रुपैया“भन्दा बढीको कोष निर्माण भएको छ । कम्तिमा ५ हजार बढीमा १ लाख १२ हजार रुपैया“सम्म सहयोग गरेका छन् । बान्तावा भाषी, किराती र गैरकिराती समेतले सहयोग गरेका छन् ।
बान्तावा भाषामा यसअघि दर्जन जति शब्दसंग्रह प्रकाशित छन् । ‘बान्तावा भाषामा बृहत्, भाषावैज्ञानिक दृष्टिकोण र त्रैभाषिक रूपमा तयार भएको शब्दकोश यो नै पहिलो हो,’ भाषाशास्त्री राई भन्छन्, ‘समुदायलाई गुहारेर, सा“चेप परम्पराअनुसार आर्थिक सहयोग उठाएर बनाइएको आधिकारिक शब्दकोश यही नै हो । सकेसम्म चाँडो प्रकाशनमा ल्याउँने छौं ।’
समितिका सदस्य तथा पूर्वउपसचिव महेन्द्र बान्तावा समुदायका वर्तमान पिढीले मातृभाषा संरक्षण गर्न नसकेमा अर्को पिढीले बचाउन नसक्ने भएकोले जुट्नु परेको बताए । कोश निर्माणमा संलग्न ‘बुङ्वाखा’ पत्रिकाका सम्पादकसमेत रहेका पदम राईका अनुसार बान्तावा भाषामा ६ दर्जन साहित्यिक कृति र अन्य गरी १ सयभन्दा बढी बान्तावा सम्बन्धी पुस्तक प्रकाशित छन् । बान्तावा भाषा ऐच्छिक विषयका रुपमा कक्षा ५ सम्म पठनपाठन भइरहेको छ । व्याकरण प्रकाशन भने अझै वर्षदिन कुर्नु पर्नेछ ।
संघीय नेपाल प्रदेश नं.१ मा बहुसंख्यकले बोल्ने भाषामध्ये बान्तावा भाषा एक हो । तथ्यांकअनुसार बान्तावा भाषा बोल्नेको संख्या १ लाख ३२ हजार ५ सय ८३ रहेको छ । त्यसमा १ लाख ३० हजार ९ सय ५८ प्रदेश १ मा रहेका छन् । किरात राई यायोक्खाले भरखरै सम्पन्न दशौं राष्ट्रिय अधिवेशनपछि घोषणापत्र जारी गर्दै राई समूहका २८ भाषाहरूलाई स्थानीय तहमा तथा बान्तावा र चाम्लिङ भाषा प्रदेशको सम्पर्क भाषा हुनुपर्ने माग गरेको छ । ‘शब्दकोश र व्याकरण लेख्दैमा राज्यले सरकारी कामकाजको भाषा बनाउनु पर्छ भन्ने छैन, तर प्रदेश–१ मा बान्तावा भाषी समुदायको बाहुल्य रहेकोले प्राथमिकतामा पर्नसक्छ,’ भाषाशास्त्री राईको कथन छ ।
https://www.kantipurdaily.com/news/2019/04/03/155426459887729892.html