कवि उदय जिज्ञासुलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

मातृभाषा

लिभु संवाददाता

काठमाडौं । कवि उदय जिज्ञासु राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७६’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई साहित्य प्रकाशनले कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ ।

२०५० सालदेखि प्रकाशित त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिक (इक लिब्जु–भुम्जु) वर्ष ६, अंक ४ र ५ संयुक्त पूर्णाङ्क ७७, २०७६ वैशाख–असोजमा प्रकाशित ‘थाच्चुमस्याङ पाङ्तिम’ (अस्तिझैं लाग्छ) शीर्षक कविता छनोट भएको हो ।

यस कवितामा किराती वाम्बुले राई जातिको मुन्दुम परम्परा खाउमो पितृकार्यमा भेटिएका एक तन्नेरी पुरुषले र एक तरुनी नारीको शिलस्वभावलाई पे्रमिल भावको चर्चा रहेको छ । ग्रामीण जीवनमा हुर्किएकी एक नारीको सुकोमल हृदय अनि उसको सहनशील स्वभाव, समाजप्रतिको समर्पणलाई कवितामा अभिव्यक्त गरिएको छ । शृष्टिको मूल मानिने उनी नारीको सौन्दर्यप्रति आकर्षित हुनेहरूले गर्ने अपेक्षालाई सुललित ढंगले बयान गरिएको छ । यद्यपि मान्छेको जीवन क्षणभंगुर छ । त्यही जीवन अतीत भइदिएपछिको खातिर नै यस कविताको अभिव्यक्ति हो । यस कविताले वाम्बुले सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिनिधित्व गरेको पाइन्छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ उदयपुर गाउ“मा २०४२ सालमा जन्मिनु भएका कवि उदय जिज्ञासु राई वाम्बुले साहित्यका एक अभियनता हुनुहुन्छ । उहाँको रचना ‘वाम्बुले राडुयोरल्वाम कवितातिड्’ (वाम्बुले राई भाषाका कविताहरू, २०६५) संयुक्त संग्रहमा प्रकाशित छ । उहाँ वाम्बुले मातृभाषा र खस–नेपाली भाषाका कविता, गीत, निबन्ध विधामा कलम चलाउँदै आउनु भएको छ ।

यो पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा स्थापना गर्नु भएको हो । क्याम्पाराईले आफ्नो सिर्जना गीत, साहित्यबाट हासिल गर्नु भएको पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गरिदैआएको र हाल लिब्जुभुम्जु अक्षयकोष निर्माण गरिएको छ ।

पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार २०७७ मंसिर २० गते हुने ‘२२औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ ।

यो पुरस्कारबाट हालसम्म १८ जना कविहरू पुरस्कृत भइसक्नु भएको छ । जसमा कविहरू विरही विमल, शुभचन्द्र राई ‘सुवास’, रजन सुबुकु, दुर्गा बैरागी राई, प्रमोद दीनदुःखी राई, प्रकाशहरि क्याम्पाराई, बिद्रोही साहिला, भुवन गुर्भा राई ‘आँसु’, शुभराज राई (काजी), धिरेन्द्र रुम्दाली, बिर्जमान राई, कुम्भराज राई, रामकुमार राई (आङ्गुस), झरना वाम्बुले राई, अन्चल जाबा राई, अप्सन क्याम्पा, सुमन राई र गगन राई सम्मानित हुनु भएको छ ।

लिब्जु–भुम्जु पुरस्कार २०७६ बाट पुरस्कृत वाम्बुले राई भाषाको कविता :

थाच्चुमसें पाङ्तिम

उदय जिज्ञासु राई

 

थाच्चुमसें पाँतिम
खाउमो खासिल कझेरि पानुमेइ
जाउमातिड् न्वा ज्वाह्वारि सालाङल्वा ग्लानुमेइ
वाम्बुले वासिम पाइनुल थाकेसार राइनुमेइ
आक्वाल क्वाचाम उति उतिस राइनुमेइ
आज्ज्याँसे थाच्चुमसें पाँतिम !

कावातिच्वान ह्यालेले क्यालेले या आप्वाचो
थ्यापुसार राक्पा हाचो मुयो या आदाक्चो
चाकुम मुयोतिड् क्याचेक क्याचेक आराक्चो
कुलि क्वाचा आसेल्वाया कुम्बिरख्वा आखाक्चो
ब्अिम्बे थाच्चुमसें पाँतिम !

इः सिलस्वाभाउ सुमाराँखा आचुया आब्वाइसि
आरान्चो पुच्वा इ योर आसेल्वाइ आठ्वाइसि
उनुङ योर आक्वाल स्वाइए आसेल्वाइ आख्वाइसि
उनु हिम्सिवा चाकु मुयो आसेल्वाइ आक्वाइसि
ब्अिम्बे उङ थाच्चुमसें पाँतिम !

सोल्याम किंसाख् योर स्वानुल
खिसिखिसि र्यान्डा र्यासेइ योर स्वानुल
ब्रोचो त्वामल्वा ग्रोचो सालाङ ब्वानुल
आमालति उनु फ्वासि आफ्वानुल
ब्अिम्सेइ ल्वाँम थाच्चुमसें पाँतिम !

ह्वाम्बा राक्चो फोःदम्कि भिम्जेपप्याड्
आमह्वाम्बा गुस्ठेप सुमप्लया सामापाफुप्याड्
ह्वाम्सेला ह्वाइमा ज्याफाल ग्वान्ठोप्याड्
इल्वाङ ब्आट्टोसिं चरेंसि रिफिमप्याड्
थाथाच्चुमसें पाँतिम !

रामदले सालमाया चाकुम सालाङ पानुम थि
थ्वाचो मुयोतिच्वाँ त्वाम ताँताँसे प्रेपादुम थि
त्वामगोत्नाल्वाङसे थाम्से थाम्से लुपादुम थि
द्यालपाङ राइजुम पादुम त्वामज्वाम ब्रोपादुम थि
आक्वाल ब्अिम्बुए थाथाच्चुमसें पाँतिम !

उनु डा मल्याक्कैसे य्वाम साम्नुम
थाथामस्याला इःखाँमा द्याम हाम्नुम
इः ब्अिम्ताल इः ड्आख्वाल कोकोब्रेम पाइसि
माल्चो मुयों त्वाम सिमसिम फाइसिम
उनु त्याँस क्वाल ब्अिम्ताङ दुम्नुम
ब्अिम्बे थाच्चुमसें पाँतिम ! !

नेपाल अनुवाद :

अस्तिजस्तै लाग्छ

उदय जिज्ञासु राई

अस्तिजस्तै लाग्छ
खाउमो पितृकार्यमा सहयोग गरेको
मुलदानीहरुसँग जुहारी गीतमा जितेको
वाम्बुलेको पहिरनमा साँच्चै राम्री देखिएको
जति हे¥यो उति उतिनै राम्री देखिन्थ्यौ
साँच्चै अस्तिजस्तै लाग्छ !

साथीहरुसित जिस्काजिस्की पनि नगर्ने
धेरै जिस्किनेसित मान्छे पनि मन नपर्ने
अरु मान्छेहरुलाई जथाभावी नजिस्काउने
मुहार हेर्दा कहिल्यै ध्वाँसो नलाग्ने
सोच्छु अस्तिजस्तै लाग्छ !

तिम्रो शिलस्वभाव शिष्टता कसैसित छैन
नराम्रो गरेको तिम्रो कहिल्यै सुनिएन
तिम्रो कुरा जति गरेपनि कहिल्यै अघाइन्न
तिम्रो सुन्दरतामा अरु मान्छे कहिल्यै विकर्षित भएन
सोच्छु अस्तिजस्तै लाग्छ !

लेग्रो तानेर बोली बोल्दा
मुसुमुसु हाँसेर बोली बोल्दा
मिठो मनमा गढ्ने गीत गाउँदा
जेसुकेमा पनि तिमलाई सक्षम हुँदा
सोच्दै जान्छु, अस्तिजस्तै लाग्छ !

पारि बास्ने ओढार भिम्जेप पहारतिर
वारितर्फ गुस्ठेप देउदेउता पुजा गर्नेतिर
उतातिर ह्वाइमा पहरा ग्वान्ठोतिर
अनि घाँस दाउरा गर्दै पुगेका रिफिमतिर
अस्तिजस्तै लाग्छ !

रामदले सालमाया भाका अनि अरु गीत पनि गाउँथ्यौ
सुन्ने मान्छेहरूको मन बुरुकबुरुक उफाथ्र्यौ
ह्ृदयदेखि नै उराठिलो बिराठिलो बनाउँथ्यौ
गाउँघर सुगन्धित तुल्याउने मनै फुरुङ्ग तुल्याउँथ्यौ
जति सोच्छु अस्तिजस्तै लाग्छ !

तिमी त परीझैं मिलिक्क हरायौं
कता कता तिमी एक्लै अस्तायौ
तिम्रो सम्झनामा तिम्रो हिक्कामा कोकोहोलो गर्ने
मान्छेको मन विडम्बना बन्यो, बदलियो
तिमी आज एउटा सम्झना बन्यौ
सोच्छु अस्तिजस्तै लाग्छ !

भावनुवाद : गणेश वाम्बुले राई
२०७७ वैशाख २६ गते

Leave a Reply

Your email address will not be published.