बेलायतमा नयाँ शक्ति र समाजवादी एकता

अन्तराष्ट्रिय राजनीति

लिभु संवाददाता
लण्डन— संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृ संगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज युके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज युकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ ।

दुई पार्टीबीचका शीर्षस्थ नेताबीच अक्टोबर ६ तारिखमा बेलायतको अल्डरसटमा बसेको समायोजन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बेलायतमा क्रियाशील संघीय समाजवादी र नयाँ शक्ति पार्टी एकताका निम्ति संयोजक टोली

उक्त बैठकले समायोजनपछि संगठनको नाम नेपाली समाज यूनाईटेड किङडमरहने सहमति भएको छ । अधिवेशन सम्पन्न नभएसम्म दुवै संगठनको विद्यमान कार्यसमिति कायम रहने छ । संघीय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तर्राष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ हुनुहुन्छ ।

पार्टी एकताका निम्ति यसअघि नै नयाँ शक्ति पार्टीको तर्फबाट संयोजक प्रमुख सुमित्रा लाबुङ राई हुनुहुन्छ । संयोजक सचिव कृष्ण गैरे तथा सदस्यहरू सकुन्तला गुरुङ, थमबहादुर बिश्वकर्मा र डा. दिलिपकुमार यादव हुनुहुन्छ ।

त्यसैगरी समाजवादी पार्टीको तर्फबाट संयोजकमा प्रमुख रत्न थापा मगर हुनुहुन्छ । संयोजक सचिव बिमला राई तथा सदस्यहरू राजकुमार राई, मिनु राई र बल्लभ गुरुङ हुनुहुन्छ ।

एकता अघिसम्म समाजवादी पार्टी बेलायत अध्यक्ष राई, केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन, केन्द्रीय सदस्य तथा युके इन्चार्ज भगवान चाम्लिङ राई, केन्द्रीय सदस्य टेकबहादुर थापा, केन्द्रीय पार्षद जंग सुनुवार, राजनीतिक समिति सदस्य युके दशरथ राई र पार्टी प्रवक्ता होम सुनुवार हुनुहुन्छ ।

त्यस्तै, नयाँ शक्ति पार्टी बेलायतका अध्यक्ष गुरुङ, केन्द्रीय सदस्य तथा प्रवास संयोजक धनबहादुर गुरुङ, केन्द्रीय विज्ञ परिषद सदस्यद्वय डा. रेशम थापा र भोला खनाल हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published.