किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन स्थगित

अन्तराष्ट्रिय समाचार

लिभु संवाददाता
काठमाडौं– किरात राई यायोक्खा अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । समितिले आगामी मेई २४ तारिख (२०७७ जेठ ११ गते) बाट तीन दिनसम्म बेलायतमा सम्पन्न गर्ने तयारी भएको थियो । कोराना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका कारण तत्कालका निम्ति उक्त सम्मेलन स्थगित गरिएको यायोक्खा केन्द्रीय कार्यसमिति तथा समन्वय समितिका महासचिव जनक राईले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनु भएको हो ।

Yayokkha meeting

‘बेलायतमा कोरोना भाइरसको बढ्दो प्रकोपको कारण घोषित मितिमा सम्मेलन गर्न असहज हुने भएकोले घोषित मितिमा बेलायतमा आयोजन गर्ने भनिएको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन तत्कालको लागी स्थगित गर्ने निर्णय गरिएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ । यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष दिवस राईको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।  पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा र दोस्रो भारतको सिलिगुढीमा सम्पन्न भएको थियो ।

प्रेस विज्ञप्तिको पूर्ण अंश–

Press release

Leave a Reply

Your email address will not be published.