प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

राजनीति

लिभु संवाददाता
काठमाडौं,जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।

ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताउनु भएको छ । केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो । “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुप¥यो । “जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुनेछ । ”

Leave a Reply

Your email address will not be published.