उँधौलीको समाजशास्त्र – कीर्तिकुमार दुमी राई

पत्रपत्रिका
विचार/दृष्टिकोण |

कीर्तिकुमार दुमी राई

नेपालका अनुपम र विशिष्ट विशेषतायुक्त समुदाय, जातजातिहरूमध्ये किरात जाति, किरात सभ्यता पनि एक हो । किरातभित्र पनि विविधतामा एकता पाइन्छ । यसभित्र मूलतः राई, लिम्बू, याक्खा र सुनुवारलगायतका जातिहरू पर्छन् । किरातहरूसँग सम्बन्धित एक महŒवपूर्ण चाड उँधौली हो । हरेक वर्ष मङ्सिरे पूर्णिमाको समयमा मनाइने उँधौली चाडलाई भाषिक भिन्नताका कारण किरातभित्र पनि विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ । जस्तै ः छिरीयाम्लो (दुमी), दोङ्दावा (बान्तावा), योनम (कोयी) आदि ।
समाज, सामाजिक संरचना, संस्कृति, परम्परा, मूल्यमान्यता, चाडपर्वहरूको सैद्धान्तिक व्याख्या र विश्लेषण गर्नमा विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूको महŒवपूर्ण योगदान रहेको पाइन्छ । समाजशास्त्री दुर्खिमका अनुसार मान्छेका अनुभव, दृष्टिकोण, मूल्यमान्यता, व्यवहार, संरचना, संस्थाहरू सबैले समाजका साझा सामाजिक उद्देश्य र आवश्यकतालाई पूरा गरिरहेका हुन्छन् । समाज भनेको विभिन्न पक्षहरूको अन्तरसम्बन्धित र अन्तरनिर्भर एकता हो । उनकाअनुसार पवित्र वस्तुलाई समाजले पूजा गर्छन् । यसरी पवित्र वस्तुहरूलाई समाज र समाजमा बस्ने मानिसले पूजा गर्नु, सम्मान गर्नु घुमाउरो वा नजानि“दोपारामा समाजको शक्तिलाई पूजा गर्नु हो । हर्बट स्पेन्सरले सामाजिक प्रणालीलाई जैविक प्राणीस“ग तुलना गरेका छन् । मुख, आँखा, नाक, कान, टाउको, हात, खुट्टा, मुटु, कलेजो, मिर्गाैलालगायतका भागहरू मिलेर एउटा मानव शरीरको सिङ्गो संरचनाको निर्माण भएजस्तै सामाजिक व्यवस्था निर्माणमा सामाजिक मूल्यमान्यता, परम्परा, धर्म, संस्कार, संस्कृति, कानुन, चाडपर्व, शिक्षा, सामाजिक संस्थाहरूलगायतले समाज सञ्चालन गर्नका लागि महŒवपूर्ण योगदान दिइरहेका हुन्छन् ।
मेलिनोस्कीका अनुसार सामाजिक र साँस्कृतिक पक्षहरू समाजका व्यक्तिहरूको आधारभूत जैविक एवम् मानसिक आवश्यकता पूरा गर्नका लागि प्रकार्यरत हुन्छन् । संस्कृतिमा परिवर्तन आउनाका कारण व्यक्तिगत आवश्यकतामा परिवर्तन भएर हो । संस्कृतिले व्यक्तिका विभिन्नप्रकारका आवश्यकता पूरा गर्नुपर्ने भएकाले विभिन्नप्रकारका चालचलन, रीतिरिवाज, साँस्कृतिक स्वरूपहरू जन्मन्छन्, उत्पन्न हुन्छन् । गिर्जले प्रत्येक संस्कृतिमा प्रतीकहरूको भिन्नभिन्नै अर्थ हुने र प्रतीकहरू संस्कृतिका वाहक हुने बताएका छन् । संस्कृति मानिसको दिमागभित्र बन्द भएर रहँदैन । सार्वजनिक प्रतीकका रूपमा प्रकट भएर समाजका सदस्यहरूले तिनीहरूको दृष्टिकोण, मान्यता, नैतिकता र अन्य संस्कृतिको क्षेत्रमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने गर्दछ ।
डग्लसले फरक ठाउँमा सामाजिक इतिहास र सन्दर्भअनुसार संस्कृतिका प्रतीकहरूको अर्थ फरक–फरक हुने भन्दै पवित्र र अपवित्र दुवै पक्षको विश्लेषण गरेकी छन् । यसबाट हामी के बुझ्न सक्छौँ भने हरेक संस्कृतिले दिने प्रतीकहरूको अर्थ फरक हुन्छ । पवित्रता र अपवित्रतासँग जोडिएर संस्कृति, संस्कारले फरक ठाउँमा अलग अर्थ दिने गर्दछ ।
समाज व्यक्ति–व्यक्तिबीचको सामाजिक सम्बन्धको जालोले बनेको हुन्छ । समाजमा व्यक्तिहरू एकआपसमा अन्तरक्रिया गरेर आफ्ना आवश्यकताहरू परिपूर्ति गरिरहेका हुन्छन् । परिणामतः संस्कृतिको निर्माण हुन पुग्छ । सामाजिक सम्बन्ध र भूमिकाहरू पनि संस्कृतिले निर्धारण गरिरहेको हुन्छ । समाजको अभिव्यक्ति संस्कृतिले गरिरहेको हुन्छ । संस्कृतिमा प्रतीकहरूको सञ्जाल हुने भएकाले यसमा व्यक्तिका सामाजिक साँस्कृतिक जीवनलाई प्रभाव पारिरहेको हुन्छ । प्रतीकहरू मनोविज्ञानसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अमूर्त हुने भएकाले यसलाई भाषाको माध्यमबाट व्यक्त गरिन्छ र अर्थ लगाइन्छ । यसर्थ, किरात समुदायको उँधौली चाडसँग पनि यस्तै विभिन्न अन्तरसम्बन्ध, पक्षहरू रहेको हामी पाउन सक्छौँ । यसलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ ।
पितृको मान, प्रकृतिको सम्मान ः
किरात ‘मुन्धुम’ अनुसार वर्ष दिनलाई दुई भागमा विभाजन गरी मङ्सिरे पूर्णिमाको समयलाई उँधौली चाडका रूपमा मनाउने गरिन्छ । घरको चुला, साकेलाथान, भुमेथानहरूमा गएर पितृ र प्रकृतिको पूजा गरी मान, सम्मान गर्ने गरिन्छ । वर्ष दिनलाई पुग्ने अन्नबाली राम्ररी फलाइ–फुलाइदिएर अब हामी सम्पन्न र समृद्ध भएका छौँ भन्दै पितृ र प्रकृतिलाई धन्यवाद दिइन्छ ।
सामाजिक तथा साँस्कृतिक पुनर्निमाण
उँधौली चाडको छुट्टै सामाजिक तथा साँस्कृतिक महŒव छ । यसमा सम्पूर्ण समाजको सहभागितामा सामूहिक रूपमा सम्पन्न हुने र आफन्त नरनाता, छोरीचेलीहरू, इष्टमित्र सबैको भेटघाट हुने भएकाले यसले सामाजिक सद्भाव बढाई आपसी भाइचारा सम्बन्ध बलियो बनाउन सहयोग गरेको देखिन्छ ।
वर्गीय समानता तथा सामाजिकरणको प्रक्रिया पितृ र प्रकृतिको पूजा गरी नाचिने साकेला नाच लैङ्गिक समानतामा आधारित चाडका रूपमा रहेको हुन्छ । कुनै लिङ्गविशेषले मनाउने पर्व नभई, महिला–पुरुष, ज्येष्ठ नागरिक, बालबालिका सबैको समान सहभागिता रहन्छ । त्यसैले एक पुस्तादेखि अर्को पुस्तासम्म संस्कृति, परम्पराको हस्तान्तरण भएको पाइन्छ । स–साना बालबालिका यसै समयमा नाच्न सिकिरहेको, सिली, गीत गाउन सिकिरहेको देखिन्छ । उनीहरू सामाजिकरण हुने प्रक्रियामा सहभागी भइरहेको देखिन्छन् ।
ऐतिहासिक तथा धार्मिक सम्बन्ध
उँधौलीको बेला नाचिने साकेला नाचको बेला प्रयोग गरिने सामग्री तथा नाच्ने सिलीहरूबाट विभिन्न ऐतिहासिक तथा धार्मिक अवस्थाहरू बुझ्न सकिन्छ । मानव समाजले प्राग्ऐतिहासिक अवस्थादेखि वर्तमान अवस्थासम्म कसरी आइपुग्यो भन्ने कुराहरू सिलीमा देख्न सकिन्छ । मानव सभ्यताको विकासक्रमको सिकारी–सङ्कलित चरण, पशुपालन तथा कृषि समाज, व्यवसाय, वस्त्र निर्माणलगायतका अवस्थाहरू सिलीमा उतार्ने गरिन्छ ।
किरात राई पुर्खा खक्चिलिक्पाले सिकार खेल्दा मारेको ढुकुरको गाँडमा रहेको अन्न छरिएर त्यही अन्न पछि उम्रेर फलेपछि ‘रोप्दा फल्ने रहेछ’ भन्ने ज्ञान सिकेर त्यही बेलादेखि कृषि पेसाको सुरुवात भएको, तोमा, खेमाले भाइ मरेको सम्झेर मृत्यु संस्कार गरेको, तोमा, खेमाले तानमा कपडा बुन्न, वस्त्र निर्माण सुरु गरेको, खक्चिलिक्पाले घर निर्माण सुरु गरेको, त्यसबेलादेखि नै नयाँ अन्न पाकेपछि आफ्ना पितृलाई चढाउन सुरु गरेको, तोमा, खेमा र खक्चिलिक्पाको भेट भई साकेला नाच्न थालेको भन्ने विश्वास गरिन्छ । मूलतः किरातीहरू प्रकृतिपुजक हुन् । परम्परागत मौलिक मुन्धुममा, किराती धर्म, संस्कार, संस्कृतिमा आधारित अत्यन्त मौलिक परम्परासँग सम्बन्धित रहेको पाइन्छ । साथै यस चाड मनाउनका लागि कुनै पनि प्रकारको उपवाससमेत बस्नुपर्दैन ।
पर्यावरण तथा प्रकृतिसँगको सम्बन्ध
यो चाडले ऋतु परिवर्तनको सूचकका रूपमा पनि काम गरिरहेको हुन्छ । हरेक वर्ष अन्नबाली पाक्ने बेला खुसियालीसाथ उँधौली मनाइन्छ । हेमन्त ऋतुसँगै हिउ“दमा लेक तथा पहाडतिरको वातावरण चिसो हुने हु“दा गर्मीको समयमा तराईतिरबाट चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपन्छी, चराचुरुङ्गी र कीराफट्याङ्ग्रासमेत उँधो गर्मी भएको ठाउ“ मधेस, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वास रहनु उँधौलीस“ग पर्यावरण र मानव संस्कृतिबीचको अन्तरसम्बन्ध रहेको हुन्छ भन्ने कुरा बुझिन्छ ।
शारीरिक तथा स्वास्थ्य पक्ष
किरातीहरू मूलतः कृषि पेसामा आबद्ध हुने भएकाले खेतबारीमा काम गर्दा शारीरिक थकान हन्छ । यो अन्नपात थन्काउनुपर्ने बेला हो । खेतबारीको काममा व्यस्त शरीरलाई भौतिक, मानसिक रूपमा सबै आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्दा शरीरमा स्फुर्ति, नयाँ जोश, जाँगर बढ्छ । साकेला नाच्दा हातखुट्टा, जिउ, आँखालगायत शरीरका हरेक अङ्गहरू चलाउनुपर्ने हुन्छ । यसो गर्दा शारीरिक कसरत हुन्छ, शरीरबाट प्रशस्त पसिना निस्कन्छ । यो स्वस्थ जीवनका लागि अति आवश्यक हुन्छ । मेलिनोस्कीको भनाइअनुसार मानिसले शारीरिक र मानसिक आवश्यकताहरू पूर्ति गर्नका लागि बनाएको साधन नै संस्कृति हो भन्दै समाजका यस्ता संस्कृति, मूल्यमान्यता, सङ्घ–संस्था आदिले व्यक्तिका आवश्यकता पूरा गर्नमा महŒवपूर्ण भूमिका खेल्ने गर्दछन् ।
आर्थिक पक्ष
उँधौली चाड मनाउनुको विभिन्न पाटाहरूमध्ये आर्थिक सम्पन्नता पनि एक हो । अन्नबाली पाकेपछि समयमा पानी पारेको, अन्नबाली राम्ररी फलेको र आफूहरू सम्पन्न भएको भनी पितृ र प्रकृतिलाई पूजाआजा गरी धन्यवाद दिनु, सबैको सम्पन्नता, समृद्धि र भलो चाहनु, वर्ष दिनलाई पुग्ने अन्नबाली राम्ररी फलाइदिएको, फूलाइदिएर अब हामी सम्पन्न र समृद्ध भएका छौँ भन्नु आर्थिक रूपमा समेत सम्पन्न भएका छौँ भन्ने हो ।
मनोवैज्ञानिक पक्ष
उँधौली चाडसँग मनोवैज्ञानिक पक्षसँग अन्तरसम्बन्धित रहेको छ । पितृ र प्रकृतिको पूजा गरेपछि खेतीपाती राम्ररी फल्छ, अन्नपातको सह बस्छ, अर्को वर्ष खाद्यान्न अभाव हुँदैन, कोही पनि दुःख, बिरामी भइँदैन भन्नु मनोवैज्ञानिक रूपमा सुरक्षित रहेको आभास प्राप्त गर्नु हो ।
मनोरञ्जनको माध्यम
यो चाडमा नाचिने नाच, नाच्दा टिपिने सिलीहरूका कारण भरपूर मनोरञ्जन लिन सकिन्छ । सबै उमेर समूह, लिङ्गको समान सहभागिता रहने र ढोल र झ्याम्टाको तालमा सबैजना गोलाकार रूपमा भेला भई नाच्दा नाच्नेलाई मात्र होइन, हेर्नेलाई समेत नाचौँ–नाचौँ लाग्छ । नाच्दै बीच–बीचमा गाइने गीत बिट मार्दा ‘होइ होइ ला हइ सोइ सोइ ला’ तथा ‘सोइ ढोले सोइ, अर्को ढोले खोई’, ‘हुटिट्याउँको पासुला, घुमी–घुमी नाचँुला’, ‘धानको बाला खुरियो, हाम्रो भूमे तुरियो’ जस्ता जोशपूर्ण टुक्काहरूले अझ रौनक बढाउने गर्दछ । मेलिनोस्कीले आवश्यकतासम्बन्धी सिद्धान्तमा कुनै पनि संस्कृतिले जैविक आवश्यकताहरू जस्तै खाद्यान्न, मनोरञ्जनलाई पूरा गर्ने बताएका छन् ।
उँधौली चाडले सिङ्गो किराती समाजलाई एकताबद्ध बनाउन सहयोग गर्नको साथै समाजलाई एकताको सूत्रमा बा“ध्ने र भाइचारा सम्बन्ध, एकता र भ्रातृत्वको भावना कायम गराएको देखिन्छ । कसैको विजयपराजयका रूपमा भन्दा पनि आफ्ना कुलपितृ, प्रकृतिको मान, सम्मान र सबैमा सुख, शान्ति, समृद्धि र सम्पन्नताका लागि गर्ने गरेको देखिन्छ ।

(लेखक दुमी राई संस्कार–संस्कृतिमा अनुसन्धानरत ह्ुनुहुन्छ ।)
https://gorkhapatraonline.com/opinion/2019-12-12

Leave a Reply

Your email address will not be published.