‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

पत्रपत्रिका प्रदेश प्रदेश १

आइतबार, १५ बैशाख २०७६, २० : ४६ |  नागरिक

खोटाङ- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका हुन्।

राष्ट्रगान रचना गरिसकेपछि राष्ट्रिय गानका सर्जककारुपमा मर्यादित जीवन विताउनेक्रममा व्याकुल माईलाको जीवन चरम आर्थिक संकटमा फसेकाले राज्यले सम्मानकासाथ हेर्नुपर्ने अवस्था देखिएको सांसद राईले बताए। ‘संसद सुरु हुनुपुर्व राष्ट्रगानको ध्वनी गुञ्जन्छ, हामी गौरवले छाती चौंडा बनाउँछौँ, राष्ट्रिय भावनाले ओतप्रोत हुन्छौँ। तर छापाहरु हेरेँ, त्यो छापाको खबरहरुले मलाई छोयो,’ प्रदेशसभा सांसद राईले भने, ‘राष्ट्रगानका रचनाकार व्याकुल माईला चरम आर्थिक संकटबाट गुज्रिरहनु सुनको छौँ। उहाँका बच्चाहरु सहज तरिकाले स्कुल जाने सक्ने स्थिति छैन। यसो भएको हुनाले एउटा निश्चित मापदण्डभित्र रहेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउनका लागि प्रदेश सरकार समक्ष आग्रह गर्दछु।’

कानून व्यवसाय गरेर जीवन चलाउँदै आएका व्याकुल माईला राष्ट्रगानको सर्जक बनेपछि आफ्नो मर्यादालाई ख्याल राख्नेक्रममा आर्थिक संकटबाट फस्न पुगेको प्रदेशसभा सांसद राईले बताए। ‘पहिला उहाँ एउटा कानून व्यवसायी हुनुहुन्थ्यो। उहाँको जीवन चलिरहेको थियो, तर राष्ट्रगान लेखिसकेपछि उहाँलाई एक किसिमको छेकवार लाग्यो। राष्ट्रगानको रचनाकारको जीवन मर्यादित हुनुपर्छ भन्ने मान्यताले उहाँले कानून व्यवसाय छाड्नु भयो। अहिले उहाँको जीवन चरण आर्थिक संकटबाट गुज्रिरहेको छ,’ राईले भने, ‘व्याकुल माईला १ नम्बर प्रदेशले जन्माइदिएको मुलुकको आभूषण हो। यसो भएको हुनाले उहाँको अवस्था हेरेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउन दायित्वकारुपमा लिन सरकार समक्ष आग्रह गर्दछु।’

https://nagariknews.nagariknetwork.com/news/75302/

Leave a Reply

Your email address will not be published.