पत्रकार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ सार्वजनिक

कला साहित्य -संस्कृति समाचार

लिभु संवाददाता
काठमाडौं– पत्रकार तथा अनुसन्धाता राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, लेखककी आमा चन्द्रमाया लिम्बू, इतिहासविद् दिनेशराज पन्त, संस्कृतिविद् मन्जुल याक्थुम्बालगायतले शनिबार काठमाडौंमा सार्वजनिक गर्नुभएको हो ।
करिब तीन दशकदेखि पत्रकारिता गर्दै आउनु भएका दिक्पाल पछिल्ला दशकमा नेपालको इतिहासबारे गहिरो अध्ययन गर्दैआउनु भएको छ । उहाँले लिम्बुवानको इतिहासप्रति विशेष अध्ययन गर्नुभएको छ । प्रस्तुत कृतिमा उहाँले नेपालको सूचिकृत ५९ आदिवासी जनजातिमध्ये सात वटा जातिको विद्रोहलाई केलाएर ‘आदिवासी विद्रोहको इतिहास’ प्रकाशनमा ल्याउनु भएको हो ।
सार्वजनिक गरिएको इतिहास कृतिभित्र लिम्बू विद्रोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर विद्रोह (१९३३), गुरुङ विद्रोह (१९३३) र आठपहरिया राई विद्रोह (१९३३) प्रमाणसहित सामग्री समेटिएका छन् । परिवारको वृत्ति चलाउन युरोपमा बचाएको चार वर्षे प्रयासको उभार नै यो कृति भएको उल्लेख गर्दै लेखकीयमा भन्नुभएको छ, ‘यो मेरो इतिहास लेखनको पहिलो प्रयत्न हो । कैयौं कमीकमजोरी होलान् । एउटा सीमा र बाध्यताभित्र रहेर गरिएको यो लेखनीले सबैलाई समेट्न सकेको छैन । त्यसैले मेरो यो प्रयत्न अपूर्ण पक्कै छ, तर अन्तिम भने होइन ।’
इतिहासविद् दिनेशराज पन्तले पुस्तकभित्र समयको कालखण्डमा राज्यसत्ताविरुद्ध उठेका विद्रोह र त्यसबाट घटेका घटनालाई यथार्थ ढंगले विश्लेषण हुनसकेको बताए । ‘तर कुनै पनि कालखण्डमा घटेको घटना अर्थात् लखन थापा नै पहिलो सहिद हो भनेर दावी गर्नुचाहिं अन्याय हुनेछ’ भन्नु हुँदै लेखक दिक्पालले प्रमाण पु¥याएर इतिहास पुस्तक बाहिर ल्याएको उहाँले बताउनुभयो ।
बैरागी काइ“लाले जित्नेको मात्र इतिहास लेखिने परम्परा अब हार्नेहरूको पनि इतिहास लेखिन थालेकोमा प्रशन्नता व्यक्त गर्नुभयो । ‘नेपालको सन्दर्भमा आदिवासी जनजातिले आफ्नो इतिहास आफैंले लेख्ने क्रम बढेको छ,’ आवेगमा इतिहास लेखन हुन नसक्ने उल्लेख गर्दै भन्नुभयो, ‘इतिहास खोज, अध्ययन, अनुसन्धान कार्य आवेगमा हुनसक्दैन, निरन्तर गर्दैजा“दा मात्र विश्वासयोग्य बन्न सक्छ । लेखक राजकुमार दिक्पालप्रति त्यही आशा राख्न सकिन्छ, आउँदा दिनमा उनले थप इतिहास हामी माझ प्रकाशनमा ल्याउने छन् ।’ मञ्जरी प्रकाशनले पुस्तक प्रकाशित गरेको हो । नेपाली वाङ्मय परिषद् आयोजना गरेको समारोहमा उक्त पुस्तकबारे अधिकारकर्मी डा. कृष्ण भट्टचन, डा. चैतन्य सुब्बा, यक्सो समाजका अध्यक्ष विष्णु यक्सो, आयोजक समाजका सचिव टिका चाम्लिङले विचार व्यक्त गर्नुभएको थियो । समारोहमा लेखक दिक्पालले आफ्नो लेखनीबारे संक्षिप्तमा बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.