यसरी लागे जुम्ल्याहा दाजुभाइ ब्रिटिस गोर्खा भर्ती

समाचार

ब्रिटिस सेनामा ५४ जिल्लाका ४३२ जना भर्ती

गणेश वाम्बुले राई

काठमाडौं– ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि २०२० सम्म आइपुग्दा २०६ वर्ष पुगेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । यस पटक ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायत पुगिसकेका छन् । यो संख्या विगतभन्दा बढी हो । यसपाली ५४ जिल्लाका २३ जातजातिका युवा भर्ती भएका छन् । जानकारका अनुसार यो संख्या र प्रतिनिधित्व विगत केही दशक यताकै सबैभन्दा धेरै हो ।

संयोग यस्तो भयो कि जुम्ल्याहा दाजुभाइ नै भर्ती भएका छन् । नाम पनि उस्तै छ, धैर्यशील राई र क्रियाशील राई । ठेगाना माझकिरात भोजपुरको ट्याम्के मैयुङ गाउ“पालिका–८ गोगने हो । जम्ल्याहा युवाका बुवा शिवकुमार राई छोराद्वयको इच्छा र रूचि पूरा गरेको खुसी लागेको बताउनु हुन्छ । ‘हुन त भित्री मनमा छोरा भर्ती भएर जाऊन् भन्ने लागेको थिएन,’ नेपाल सरकारका अधिकृत शिवकुमार भन्नुहुन्छ, ‘सुरूमा पढुन् भनेर सम्झाउन खोजें । तर मेरै दाइ परिवारसहित बेलायतमै भएकोले रोक्न सकिएन ।’

जुम्ल्याहा दाजुभाइ धैर्यशील राई र क्रियाशील राईब्रिटिस भर्तीमा समय खर्चिदा धेरै युवाले नियमित पढाइ छुटाउ“छन् । तर, यी जम्ल्याहामध्ये भाइले मात्रै भर्ती खोज्दा एक वर्ष समय पछाडि परेका थिए । दाजु धैर्यशील बिबिए सातौं सेमेस्टरमा पढ्दै थिए । भाइ भने बिबिएस दोस्रो वर्षमात्र पुग्दै थिए । फ्याट्टै पहिलो पटकमै भर्ती लागेका छ । भाइ दोस्रो पटकमा लागेका हुन् । उनी गत वर्ष पोखरामा अन्तिम सेलेक्सनबाट बाहिरिएका थिए ।

बुवा शिवकुमारको शब्दमा जम्ल्याहा दाजुभाइ एक–अर्कोको परिपूरक भएर रहने गर्छन् । जहा“ जा“दा पनि स“गै हुन्छन् । पढाइमा दुवैजना औसत छन् । यी जम्ल्याहा दाजुभाइलगायत ५६ जनाले राजधानीको क्लास रूम एकेडेमीबाट प्रशिक्षण लिएका थिए ।

‘दुवैको मुहार उस्तै देखिने युवा जम्ल्याहा दाजुभाइ भएको थाहा पाएपछि अचम्म लाग्यो,’ एकेडेमीका प्रबन्ध निर्देशक विनोद राई भन्नुहुन्छ, ‘ब्रिटिस आर्मी बन्ने एउटै उद्देश्य लिएर आए । सुरूमा चिन्नै गाह्रो भयो । तालिम दिने क्रममा धैर्यशीलको चिउ“डो सानो कोठी रहेछ । भाइचाहिं नामजस्तै सा“च्चै क्रियाशील छन् । उद्देश्य लिएअनुसार पूरा गराउन सकेकोमा खुशी लागेको छ ।’ यसरी एकै थलोमा तालिम लिएकामध्ये रौतहटका ओमकारनाथ मिश्र, सिन्धुपाल्चोकका महेन्द्र कार्की, बैतडीका रोहितसिंह कार्की, रामेछापका दिलकुमार माझीलगायत १२ जना भर्ती हुन सफल भएका छन् ।

दुई शताब्दी लामो इतिहासको सुरूवाती बखतमा बेलायतले राई, लिम्बू, गुरूङ, मगर, तामाङ जातिमात्र सेनामा लिन्थ्यो । बीचमा बाहुनलाई पूजारीका रूपमा लिन थाल्यो । ‘भाडाका सिपाही’का रूपमा बेलायती सेनामा भर्ती लिइएको विरोध एकातर्फ जारी छ । तर बेरोजार भएर अरबतिर भासिनुभन्दा उत्तम विकल्पका रूपमा ब्रिटिस आर्मी बन्न थालेको छ । बेलायतले पहाड, हिमाल र तराईका सबै जातजातिका युवालाई भर्ती लिने गरेको छ । यो वर्ष २३ जातजातिको युवा बेलायती सैनिकमा भर्ती भएका छन् । जसमा छन्त्याल, मगर, नेवार, क्षेत्री, थारू, परियार, शेरचन, गुरूङ, तामाङ, ठकुरी, महतो, बाहुन, दनुवार, राई, लिम्बु, खवास, विश्वकर्मा, शेर्पा, वालुङ, भोटे, सुनुवार, राजवंशी र माझी जाति भर्ती भएका छन् ।

‘प्रिय रेक्रुट इन्टेक २०, यहा“हरूलाई बधाई तथा बेलायतको विशेष ब्रिगेड अफ गोर्खाज परिवारमा स्वागत छ,’ यो वर्षको भर्ती भएकाहरूको रेकर्ड पुस्तकमा भनिएको छ, ‘तपाईहरूले आउने दिनहरूाम नया“ चुनौती तथा अनुभवहरू गर्ने मौका पाउनु हुनेछ । हामीलाई आशा छ कि यो पुस्तकले तपाईहरूको जीवनयात्रा तथा नम्बरीहरूको याद अवश्यै दिलाउने छ । हामीहरू यहा“हरूको सुनौलो भविष्य तथा सफलताको लागि कामना गर्दछौं ।’

बेलायती सेना छनोटमा काठमाडौं पूर्व र काठमाडौं पश्चिमका गरी आधा–आधा संख्यामा भर्ती लिने गरिन्छ । जसमा काठमाडौं पश्चिमतर्फका म्याग्दी, प्युठान, पाल्पा, गोरखा, तनहु“, दाङ, गुल्मी, रोल्पा, चितवन, कास्की, नुवाकोट, बाग्लुङ, नवलपरासी जिल्लाका छन् । त्यसैगरी लमजुङ, स्याङ्जा, नवलपरासी, रूपन्देही, बा“के, जाजरकोट, पर्वत, धादिङ, बारा, रूकुम, कन्चनपुर, प्युठान, जुम्ला, दार्चुला, मकवानपुर, रौतहट, सल्यान, सुर्खेत, मुस्ताङ र बैतडी गरी ३३ जिल्लाबाट २ सय १६ जना भर्ती भएका छन् ।

त्यसैगरी काठमाडौं पूर्वतर्फका २१ जिल्लाबाट २ सय १६ जना भर्ती भएका छन् । जसमा झापा, सुनसरी, मोरङ, सिरहा, उदयपुर, धनकुटा, इलाम, पा“चथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, रामेछाप, सोलुखुम्बु, काभ्रेपलान्चोक, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, सर्लाही र सिन्धुली जिल्ला रहेका छन् ।

बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गथ्र्यो । गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाएको हो ।

किन ब्रिटिस गोर्खा सैनिक संख्या बढाइदैछ ? ‘ब्रिटिस आर्मीमा ६ हजार सेनाको संख्या अपुग छ,’ ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङ भन्नुहुन्छ, ‘बेलायती गोराहरू आर्मीमा भर्ती हुन चाह“दैनन् । भइहाले थोरै वर्षमै छोड्छन् । तर नेपाली युवा बेरोजगार, मिहिनेती, इमानदार भएकाले बेलायत सरकारले छानीछानी लान्छ । युवाहरूमा चेतना बढेकोले विगतभन्दा जातजाति र जिल्लागत प्रतिनिधित्व समेत बढेको देखिन्छ ।’ कार्यरतहरूको सेवा अवधि बढाएको छ भने ब्रिटिस गुर्खाको एउटा इन्फेन्ट्री (बटालियन) थपिसकेको छ । त्यसैगरी इन्जिनियर सेक्सन बढाउन लागेको समेत घिसिङले जनाउनुभयो ।

‘हामी समानता, सम्मान र मानव अधिकारका निम्ति लड्दै आएका छौं,’ संघर्ष समितिका महासचिव घिसिङ थप्नुहुन्छ, ‘दुई सय वर्ष विभेदमा प¥यौं । ब्रिटिस आर्मी बराबर ब्रिटिस गोर्खाले पेन्सन, सेवा सुविधा र तिनका विधवाले समेत पाउनु पर्छ ।’

सत्याग्रह, भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघ (गेसो) लगायतले समानाताको मुद्दा उठाउ“दै आएका छन् । बेलायत सरकारले भने नेपाली महिलालाई समेत सैनिकमा भर्ती गर्न दिने नीति अघि सारेको छ । तर, नेपाल सरकार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बेलायत सरकारले भूतपूर्व ब्रिटिस सैनिकको समस्या समाधान नगरेसम्म ब्रिटिस सेनामा महिला भर्ती गर्न नहुने भनेको छ ।

फोटो क्याप्सन ः
ब्रिटिस गोर्खा सैनिक इन्टेक २०२० मा भर्ती हुन सफल जम्ल्याहा दाजुभाइ धैर्यशील राई र क्रियाशील राई छनोटपछि पोखरामा र क्लासरूम एकेडेमीबाट भर्ती हुन सफल युवाहरू ।

तस्बिर सौजन्य ः क्लासरुम एकेडेमी
यो समाचारको केही अंश कान्तिपुर दैनिकमा समेत प्रकाशित छ ः

https://ekantipur.com/news/2020/03/07/15835464095157611.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *