राष्ट्रपतिबाट किरात चाड शुभकामना प्रदानो माग

समाचार

लिभु संवाददाता
काठमाडौं– किरातजन्य संघसंस्थाले चाड उधौलीको अवसरमा राष्ट्रपतिबाट शुभकामना पाउनु पर्ने माग राखेका छन् । किरात राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु लगायत जातिको राष्ट्रपति कार्यालय शितलनिवास पुगेर बिहीबार ज्ञापनपत्र बुझाउ“दै उक्त माग राखेका हुन् ।

‘किरातहरुले मान्दै आएको राष्ट्रिय चाड उधौली साकेला, चासोक तङ्नाम, चासुवा, शा“दरपिदार, भुम्याको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘यो देश सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विविधताहरुभित्र किरातहरुले मुख्य चाडका रुपमा मनाउने किरात चाड नेपालको राष्ट्रिय मौलिक चाडको रुपमा चिरपरिचित छ । त्यसैले यस वर्ष २०७५ पुस ७ गते पर्ने उक्त चाडको पावन अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

किरातजन्य संघसंस्थाको ज्ञापनपत्र

ज्ञापनपत्र बुझाउने संस्थाहरुमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल थामी समाज, जिरेल समुदाय उत्थान संघ, सुरेल जाति उत्था समाज, किरात हायु संघ छन् ।

Leave a Reply

Your email address will not be published.