कोरियामा व्याकुल माइला सम्मानित

कला साहित्य -संस्कृति प्रवास समाचार

लिभु संवाददाता,

सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । वहाँ कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेका नागरिक अभिनन्दन ग्रहण गर्न आईपुग्नु भएको हो ।

उक्त कार्यक्रममा बोल्दै माइलाले कोरियामा कार्य व्यस्तताको बाबजुद पनि स्रष्टाहरु सिर्जना, साहित्य साधनामा जुटेको र आफुले उत्कृष्ट रचना सुन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कोरियामा रहेका सर्जक र सिर्जनालाई मुलधारले समेट्न सक्नुपर्ने बत्ताउनु भयो ।

कार्यक्रमका संयोजक तथा साहित्यकार मिलनकान्छा किरातीर्ले गोरख बहादुर”कविता सुनाउदै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । इतर आवाज साहित्य समाजका अध्यक्ष तथा कवि पराजित पोमुले सभापतित्व गर्नु भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा मुक्तककार रामचन्द्र शर्मा र कार्यक्रम सञ्चालन अन्तराष्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा कवि सरोज सर्वहाराले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.