लकडाउनेको पीडा कवि उमेश राईको रचना : दुःख बेच्ने पसल भए

कला साहित्य -संस्कृति

दुःख बेच्ने पसल भए

उमेश राई

दुःख बेच्ने पसल भए सबै दुःख बेच्थें होला
खुसी दिने आफ्ना भए सधै खुसी हुन्थें होला

ज्याला गरि सन्चो भए कमाएर ल्याउँथे होला
तिर्न सक्ने आय भए साहु ढाँटी ल्याउँथे होला
अन्न साट्ने पैसा भए किन भोको हुन्थें होला
यहाँ आफ्नो मान्छे भए किन रोको हुन्थें होला

समस्यामा साथ भए सफलतामा चढ्थ्यौं होला
हातेमालो गर्दागर्दै एकआपसमा बढ्थ्यौं होला
दुःख बेच्ने पसल भए सबै दुःख बेच्थें होला
खुसी दिने आफ्ना भए सधै खुसी हुन्थें होला ।

साकेला गाउँपालिका–२, खोटाङ
हाल– ललितपुर

Leave a Reply

Your email address will not be published.