पत्रकार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकार

मुख्य समाचार समाचार

लिभु संवाददाता
काठमाडौं– राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा पत्रकार देवकुमार सुनुवार आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनित भएका छन् । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मनोनित गरेका हुन् ।

सुनुवारस“गै कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिस सल्लाहकारमा मनोनयन गरिएका छन् । सन् २०२१ जनवारीदेखि तीन वर्ष कार्यकालका निम्ति मनोनित गरिएका हुन् । सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इन्डिजिनियस मिडिया ककसको नेतृत्व गर्दै आएका छन् । साथै राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले संचालन गरेको सञ्चारमाध्यमलाई सहयोग पु¥याउने भूमिका निर्वाह गर्दैआएका छन् । अन्तर्राष्ट्रिय कानून र मानव अधिकार, राजनीतिशास्त्र, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर पत्रकार सुनुवारले काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून अध्यापन गर्दछन् ।

संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक हुन् । उनी विगत १५ वर्षदेखि आदिवासी पत्रकारिताको क्षेत्रमा कलम चलाउदै आएका छन् । नेपालका आदिवासीहरूद्वारा संचालित पहिलो सामुदायिक टेलिभिजन, इन्डिजिनियस टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published.