आरक्षणभन्दा प्रतिष्पर्धामा विश्वास गर्नुहोस् ः प्रम ओली

राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नु भएको छ ।

तस्बिर ः प्रधानमन्त्रीको सचिवालय

राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैन,’ उहाँले भन्नुभयो । दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो,’ उहाँले भन्नुभयो, ‘स्थानी तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशतपुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पु¥याउदैछौं ।’ महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘घरेलु उद्यममार्फत् महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिन्छ । महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्नसके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन,’ प्रदर्शनीको अवलोकन गर्दै प्रधानमन्त्रीओलीले भन्नुभयो । साथै, वर्तमान सरकारले देश निर्माण र जनताको हितबाहेक अरु कुनै कुरा नसोचेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.