सगरमाथाको चुचुरोमा केराको पात, चामल, वाबुप, मर्चा, कोदो, अदुवा पुर्याएँ : देउराली चाम्लिङ

विचार / ब्लग

(विश्वको सर्वोच्च शिखर सगरमाथाको माथमा २०७५ जेठ ९ गते देउराली चाम्लिङको दुई पाइला टेकिएपछि इतिहासको एउटा अध्याय थपिएको छ । प्रथम किरात राई पत्रकार महिला देउराली चाम्लिङ । उनी सफल आरोही चाम्लिङको सर्वोच्च शिखर आरोहणको संक्षिप्त अंश ‘बुङ्वाखा’ मासिक पत्रिका वर्ष १६, पूर्णाङ्क १७९, २०७६ माघमा प्रकाशित छ । खस नेपाली र बान्तावा राई भाषामा पत्रिकाका सम्पाद पदम राईले प्रस्तुत गर्नु भएको छ । उक्त आलेखलाई सम्पादक पदम राईको अनुमतिमा यहाँ प्रस्तुत गरिएको छ । प्रधान सम्पादक–लिब्जुभुम्जु डट कम)

बुङ्वाखा मासिक

‘नाम देउराली !’ एकजना मित्रले भन्नुभयो– ‘यत्ति होची केटीले सगरमाथा कसरी चढी होलिन् ?’

आत्मबल अग्लो भएपछि सगरमाथा चढ्ने आँट आउँछ । अरु प्राविधिक कुरा त छन् नै । साहित्यकार स्नेह सायमीले फेसबुकमा लेख्नुभएको यो भनाइ देउराली चाम्लिङको सगरमाथा आरोहण साहसप्रति इङ्गित थियो ।

मिति २०७५ जेठ ९ गते (२३ मे २०१८) बिहान ७ः१५ बजेतिरको समय । जतिबेला देउराली चाम्लिङ संसारकै अग्लो स्थान सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । त्यो एक ऐतिहासिक क्षण थियो । किनभने उहाँ किरात राई महिलाहरूमा सगरमाथा चढ्ने पहिलो हुनुभएको थियो ।

देउराली चाम्लिङको चिनारी सुरुमा पत्रकारको रूपमा थियो । उहाँले २०५६ सालमा धरानदेखि प्रकाशित हुने ‘ब्लाष्ट’ पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएको हो । पछि रेष्टुरेन्ट व्यावसायी पनि हुनुभयो । अब भने सगरमाथा आरोहीको रूपमा उहाँको चिनारी थपिएको छ ।

किरात राईहरूको सगरमाथासँग त्यति नजिकको साइनो छैन । उदयपुर निवासी इन्द्र बहादुर राई बाहिङले सगरमाथा चढ्नुभएपछि त्यो बाटो खुल्ला भएको हो । सगरमाथा आरोहण गर्ने किरात राईहरूको सूचीमा पछिल्लोपटक देउराली चाम्लिङको नाम थपिएको हो । उहाँ पूर्व शिक्षक स्व. हेमन्त चाम्लिङ र आमा तारादेवी लावतीको कान्छी छोरी हुनुहुन्छ ।

आमाको प्रेरणा
पासाङ ल्हामु शेर्पाले सगरमाथा चढ्नुभएको खबर रेडियो नेपालमा बजेपछि मेरी आमा तारादेवी लावतीले भन्नुभएको थियो– मान्छेको चोला भनेको कसैले अजम्बरी जुनी वा बुटी लिएर जन्मेको हुँदैन । तर यो शेर्पिनी (पासाङ ल्हामु शेर्पा) अजम्बरी भइन् है । मान्छेको चोला भनेको यस्तो हुनुपर्छ ।’

मेरो कलिलो दिमागले आमाको यो भनाइ पुरै बुझिँन । ‘चोला’ भनेको त छोरी मान्छेले लाउने चौबन्दी चोलोबारेमात्र मलाई थाहा थियो । ‘तर यो शेर्पिनी अजम्बरी भइन् है…’ भन्ने आमाको पछिल्लो भनाइले मेरो मन छोएको थियो । अलिक पछि बुझ्दै जाँदा पो पासाङ ल्हामु शेर्पाको बारेमा थाहा पाउदै गएँ । उहाँ नेपाली महिलाहरुमध्ये सबैभन्दा पहिला सगरमाथा आरोही हुनुहुँदो थिएछ । श्यामस्वेत टेलिभिजनमा सगरमाथा आरोहीहरू चढ्दै गरेको देख्दा म आफै पनि त्यसरी चढ्न पाएँ कस्तो मज्जा हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

सगरमाथा चढ्नको लागि धरानमा एकजना दाइलाई सोधें । उहाँले ‘धेरै पैसा लाग्छ’ भन्नुभयो । मेरो मामालाई पनि सोधें । ‘बुट नै ३÷४ किलोको हुन्छ रे ! कहाँ सकिन्छ ? अक्सिजनले नपुगेर मान्छे मर्छन् रे । पैसा पनि धेरै लाग्छ ।’
त्यै पनि सगरमाथा आरोहणबारे मभित्र कौतुहलता थपिँदै थियो ।

आरोहणको लागि सोधीखोजी
सन् २००८ मा समावेशी महिला आरोहण टोलीले सगरमाथा चढेको समाचारले म रोमाञ्चित भएको थिएँ । त्यसपछि सगरमाथा आरोही ईन्द्र बहादुर राई बाहिङलाई भेटेँ । उहाँलाई ‘सगरमाथा चढ्न के गर्नुपर्छ ? के, कति पैसा लाग्छ ?’ भनी सोधेँ । उहाँले ‘तपाईं सगरमाथा चढ्नु हुने हो ?’ भनी सोध्नुभयो । ‘हो’ भनेपछि उहाँले कुरा सुनाउदै जानुभयो । उहाँको कुरा सुनेपछि मलाई के लाग्यो भने सगरमाथा चढ्नको लागि त पैसा धेरै चाहिदो रहेछ । यो त मेरो पहुँच र हैसियतभन्दा बाहिरको कुरा रहेछ । उहाँले कुरा गरिरहँदा एकछिन रोकिएर भन्नुभयो– ‘मुर्खहरूले मात्र सगरमाथा चढ्छन् ।’

त्यत्तिबेला मलाई रिस पनि उठ्यो कि आफूले चाही सगरमाथा चढिसक्नु भयो, अरुले नचढोस् भन्ने लाग्दो हो ।
पछि थाहा भयो कि उहाँले भन्नुभएको कुरा सही नै रहेछ ।
उहाँको त्यो भनाइले अब सगरमाथा चढ्न नसकिने नै रहेछ भन्ने भयो । तर माया मारिसकेको थिइँन ।

सन् २०१६ मा सगरमाथा आरोहण गर्न महिलाहरूको समूह बनिरहेको कुरा थाहा पाएँ । त्यसको लागि रोशा बस्नेतले साथीहरू खोजिरहेको रहेछ । मैले भने त्यो कुरा थाहा पाएर आफै खोज्दै गएँ । २०१६ को डिसेम्बर अन्तिमतिर उहाँहरूले मलाई बैठकमा बोलाउनु भयो । तर केही भन्नुभएन । पछि फेरि बोलाउनु भयो । त्यसपछि भने ‘ल तिमी पनि हाम्रो टिममा प¥यौं’ भनी भन्नुभयो । त्यसपछि भने सगरमाथा चढ्नको लागि मानसिकरूपमा तयारी हुन थालेँ । ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अभियान’मा ‘सगर आरोही समूह’ नाम दिइएको त्यो टिममा सुरुमा हामी १३ जना थियौं । पछि पाँच जनामात्र भयौं । हाम्रो समूहमा म, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन र रोजिता बुद्वाचार्य थियौं । (प्रियालक्ष्मी कार्कीले स्वास्थ्यको कारण क्याम्प २ बाट चढ्न सक्नुभएन ।)
२०१७ को फेब्रुअरीदेखि हामी पूर्णरूपमा सगरमाथा चढ्नको लागि तालिम र तयारी गर्न थाल्यौँ । तालिमको लागि दोलखाको रोल्वालिङ क्षेत्रको राम्दुङ (५,९२५ मि.) र यलुङ्रि (५,६३० मि.) चुचुराहरुका सफल आरोहण ग¥यौं । त्यसपछिमात्र हामीले सगरमाथा चढ्न जानको लागि अनुमति पायौं ।

शेर्पाको तारिफ
अक्सिजनविना सगरमाथा चढ्न सकिएला तर शेर्पाविना सगरमाथा चढ्न सकिँदैन । शेर्पा भनेको त हिमाल आरोहणमा एउटा पद पो रहेछ । वास्तवमा हिमाल शेर्पाहरूकै हो ।

सगरमाथा आरोहण गर्न जाँदा हामीले तिरेको रकम कति धेरै हो जस्तो लाग्छ । त्यहाँ पुगेपछि शेर्पा गाइडहरूको मेहनत, दुःख, त्याग र समर्पण हेर्दा त्यो पैसा केही पनि हैन रहेछ । हिमाल आरोहणमा शेर्पा गाइडले आरोहीलाई सानो बच्चा स्याहारेजस्तै गरी स्याहार्नु हुन्छ । बसेको ठाउँदेखि उभ्नु, हिँडाउनु त सामान्य कुरा हो । बसेपछि उठ्नु, हिँड्नु मन लाग्दैन । त्यस्तोमा सबै उहाँहरूले सहयोग गर्नुहुन्छ । खुवाउनु, दिसा गराउनुदेखि लिएर सबै काम उहाँहरूले गराउनुहुन्छ ।

शेर्पाकै अक्सिजनले बाँचें
क्याम्प ३ बाट ४ मा जाँदा ट्राफिक जाम भयो । त्यहाँ म र मेरो गाइड लाक्पा नुरु शेर्पाबीच अलिक टाढा हुन पुग्यौँ । त्यसबेला मलाई बढी तिर्खा, निद्रा र भोक लागिरहेको थियो । मैले दुई लिटर पानी बोकेको थिएँ । त्यहाँदेखि बढी बोक्नै सकिन्न । फेरि यत्ति धेरै प्यास लाग्छ । क्याम्प २ देखि नै मलाई महिनावरी पनि सुरु भएको थियो । चढ्दै जाँदा बढी रक्तश्राव पनि हुन गयो । ती कुराहरूले मलाई कमजोर गराउदै लगेको थियो ।

माथि चढ्दै जाँदा आँखा पनि कमजोर भएजस्तो, ज्वरो आएजस्तो हुन थाल्यो । बाटोमा हिँड्नेहरूले पनि मेरो कमजोर हालत देखेर सहयोग गर्न खोजे । अति गाह्रो भएपछि मेरो गाइड लाक्पा नुरु शेर्पालाई असमर्थताको चाल दिएँ । उहाँले ‘बिस्तारै हिँड्नू, अगाडि एउटा भ¥याङ छ, त्यो चढिसकेपछि एउटा ढुंगा छ, त्यहाँ बस्नुपर्छ’ भन्नुभयो । मैले ३÷४ पाइला अघि बढ्ने कोशिश गरें, तर सकिँन । फेरि उहाँलाई चाल दिएँ । उहाँ पछाडि नै हुनुहुन्थ्यो । म हिँड्न नसक्ने नै भएपछि थुचुक्कै बसें । बेहोस् हुँलाजस्तो भएँ । लाक्पा नुरु शेर्पा दाई आउनु भई मेरो अक्सिजन सिलिण्डर जाँच गर्नुभयो । अक्सिजन नै सकिएको रहेछ । ‘ला अक्सिजन सकिएछ ।’
मनमनै सोचें– ‘अब मरिने भइयो ।’
मेरो गाइड शेर्पाले भन्नुभयो– ‘मेरो अक्सिजन दिन्छु ।’

उहाँको अक्सिजन दिनलाई नि यस्तो भीर छ कि कहीँ खुट्टा टेक्ने ठाउँ पनि छैन । त्यो अप्ठ्यारोको परवाह नगरी उहाँले आफ्नो झोला बिसाएर उहाँको अक्सिजन मेरोमा जोडिदिनु भयो । अनि विस्तारै म होसमा आएँ । त्यहाँ उहाँले मलाई अक्सिजन नदिएको भए म त्यहीँ मर्थेँ । त्यो घटना ७ हजार ९ सय मिटरको उचाइमा भएको थियो । त्यहाँ कसैलाई आपत पर्दा नि एक घुर्की पानी दिँदैनन् । त्यसबेला दिमागमा मर्नुसँग डर नहुँदो रहेछ । अहिले सोच्छु– ‘म त त्यहीँ मरिसकेको हुने थिएँ । अहिलेको जीवन त मैले पुर्नजन्म पाएको जिन्दगीजस्तो लाग्छ ।’

हाम्रो बजेट र स्वास्थ्यअनुसार अक्सिजन कति लाने भन्ने हुन्छ । अक्सिजनको कथा यत्तिमै सिद्विन्न । क्याम्प ४ को ‘बाल्कोनी’मा हाम्रो समूहको ६ वटा अक्सिजन सिलिण्डरहरू पनि हराए ।

शेर्पालाई सहयोग गर्ने चाहना
सगरमाथा आरोहण गर्ने क्रममा देश, विदेशबाट मलाई आर्थिकरूपमा धेरै दाजुभाइ, दिदीबहिनीहरूले सहयोग गर्नुभएको छ । उहाँहरू सबैलाई एकमुष्ट हार्दिक धन्यवाद र आभार पनि व्यक्त गर्दछु । तर मेरो सफल सगरमाथा आरोहण र बाँचेकै भनेको लाक्पा नुरु शेर्पा दाइको सहयोगले हो । मलाई मृत्युको मुखबाट जोगाएर सगरमाथा आरोहण गराउने उहाँको गुन त तिर्न नसकुँला । त्यै पनि उहाँको लागि वा परिवारलाई केही गर्न सकिन्छ कि भनेर सगरमाथा आरोहणपछि नै सोचेको थिएँ । यद्यपि म आफै आर्थिकरूपमा सक्षम थिइँन ।

लाक्पा नुरु शेर्पा दाइको ७ वर्षीय छोरा छ । उनको नाम लाक्पा छिरिङ शेर्पा हो । उनी कक्षा १ मा पढ्छन् । नुरु दाइको श्रीमती मुटुको रोगी हुनुहुन्छ । छिरिङ जन्मिएको दुई महिनालगत्तै भाउजूको मुटुलाई शल्यक्रिया गरिएको रहेछ । उहाँले जीवनभर मुटुको औषधी खानुपर्ने रहेछ । त्यो बच्चा जन्मिने बेला पनि ‘बच्चा कि आमा’ भनी चिकित्सकले भनेकोमा भाग्यवश बच्चा र आमा नै सकुशल हुनुभएको थिएछ । त्यो बच्चा पनि वर्षमा १÷२ पटक मुर्छा पर्दो रहेछ । अस्पताल लैजादा रिपोर्टहरू राम्रै आउछ । गुम्बामा लैजादा पनि भएको छैन । उनलाई मात्र पढाइदिन पाए म धन्य हुने थिएँ भन्ने लागेकोले हाम्रा किराती अग्रजहरूसँग यसबारे छलफल गर्दै थिएँ ।

अनामनगरस्थित महेन्द्र कुमार बान्तावाज्यूको छिमेकी बेलायत निवासी मेजर दिल बहादुर लिम्बूज्यूसँग यो कुरा राख्ने अवसर मिल्यो । उहाँले ‘अरुले सहयोग गर्नुभएको छैन र परिवारको अनुमति भए हामी सहयोग गर्छौं । उसले जुन विषयमा जत्तिसम्म पढ्छु भन्छ, पढाइदिन्छौँ’ भन्नुभयो । शेर्पा परिवारसँग यसबारे कुरा हुँदा उहाँहरू राजी हुनुभयो । त्यसपछि लिम्बूज्यूले लाक्पा छिरिङलाई बौद्धस्थित ज्ञानमाला इङ्ग्लिस हाइस्कुलमा पढाइदिने जिम्मा लिनुभएको छ । पछि सम्भव भयो भने छिरिङलाई आफ्नो धर्मपुत्र बनाएर बेलायत लान सकिने पनि कुरा गर्नुभएको छ । यो कुराले मलाई सन्तोष मिलेको छ ।

चुचुरोमा किरातजन्य सामग्री
मैले सगरमाथाको चुचुरोमा किरातजन्य सामग्रीहरू केराको पात, चामल, वाबुप, मर्चा, कोदो, अदुवा पु¥याएको थिएँ । किरात राई यायोक्खा, किरात राई विद्यार्थी सङ्घ, किरात राई चाम्लिङ खाम्बातिम, नेपाल पत्रकार महासङ्घ र नेपालको झण्डाहरू लगेको थिएँ । पाँचथरमा जन्मिएता पनि धरानमा अधिक समय बिताएकोले मैले धरानको फोटो पनि लगेकोे थिएँ । त्यसबाहेक हामीलाई प्रायोजन गर्नेहरूको ब्यानरहरू पनि थिए ।

केराको पात चुचुरोमा पु¥याउनको लागि कम्ति मेहनत परेको थिएन । आरोहीहरूलाई तौल बढी हुने र अन्य कारणले जथाभावी सामानहरू चुचुरोतर्फ बोकेर लान पाइन्न । आरोहण दलले मलाई पनि त्यो जानकारी सुरुमै दिएको थियो । किरातजन्य सामग्रीहरू काठमाडौंदेखि नै लगेको भएता पनि केराको पात भने छुटेको थियो । त्यो पठाइमाग्न काठमाडौंमा रहेका मेरा नाट्यकर्मी साथीहरू पशुपति राई, सरिता गिरी र रोशनी स्याङ्बोलाई अनुरोध गरें । उहाँहरूले दुःखले खोजेर प्लाष्टिकमा पोको पारी किताबको चेपमा हाली ‘यो किताब लगिदिनु है’ भनी अन्तिमपटक आउने शेर्पालाई पठाइदिनु भएछ ।

वाबुप चाँही एक जोडी लगेको थिएँ । त्यसमा स्व. अर्जुन खालिङले यायोक्खाको झण्डा आर्ट गर्नुभएको थियो । त्यो चुचुरोमा लैजानको लागि पनि लुकाएर लगेको थिएँ । हलुका भएता पनि क्याम्प ४ सम्म पु¥याउन गाह्रो थियो । ती वाबुपहरू मेरो स्लिपिङ ब्यागभित्र लुकाएको थिएँ । मेरो शेर्पा सहयोगी दाइलाई ‘मैले यस्तो चिज बोकेको छु । कथंकदाचित मेनेजर पेम्बा दाइले भेट्टाएर सोध्यो भने मलाई थाहा भएन भन्नु है’ भनेर पहिल्यै भनिसकेको थिएँ । आरोहण पूरा भएपछि ‘दाइ मैले यो पनि लगेको थिएँ नि’ भनेर देखाएँ । ‘यो के हो’ भनी सोध्नुभयो । ‘यो लौकाजस्तै चिन्डोको भाले–पोथी हो’ भनेँ । ‘यो राईनीले नि के–के बोक्छ ?’ भनेर ठट्यौली पारामा भन्नुभयो ।

उकालो चढ्दा राँके भूतजस्तै देखिँदोरहेछ
सगरमाथाको शिखरमा जाने मौसम राम्रो छ भनेपछि सबै आरोहीहरू तयार भई चुचुरोतर्फ जान खोजिहाल्छन् । त्यहाँ दिइने मौसमको सूचना लगभग सतप्रतिशत नै मिल्दोरहेछ । मौसम राम्रो छ भनेपछि राति नै हिँड्नपर्छ । मौसम राम्रो भएको खबर पाएपछि हामी २०७५ जेठ ८ गते रातको ७ः४५ बजेतिर चुचुरोतर्फ हिँड्यौँ । जेठ ९ गतेको बिहान ७ः१५ बजेतिर हामी सगरमाथाको चुचुरोमा पुगेका थियौँ ।

उकालोमा जाँदा आरोहीहरूको लाम राँके भूतजस्तै देखिँदोरहेछ । सबैले हिँड्ने बाटो एउटै हुन्छ । उकालोमा यस्तो हुन्छ कि अगाडिको साथीलाई छिचोलेर जानै सकिन्न । आफूलाई जति गाह्रो भएता पनि कसैले कसैलाई त्यहाँ वास्ता र सहयोग गर्दैन । के भयो सम्म पनि सोध्दैन । कसैको माया पनि लाग्दो रहेनछ, गरिँदो रहेनछ । हिँड्न नसकेपछि एकैछिनमा शरीर कक्रिँदो रहेछ । त्यसबेला शेर्पा गाइडहरूले खुट्टामा कुट्नुहुन्छ । त्यसले जिउ तातिँदोरहेछ ।

शिखर पुगेपछिको आनन्द
शिखर पुग्नुभन्दा अलिक तल हिलारी स्टेप भन्ने छ । हामी जाँदा त्यहीँनेर पहिलो घामको किरणले छोएको थियो । चुचुरोमा पुगेपछि घाम तल देखिँदो रहेछ । चारैतिर हेर्दा तल हिमालै हिमालमात्र देखिन्छ । त्योभन्दा नि तल हिमनदीका धर्साहरू देखिन्छन् । हामी चुचुरोमा पुग्दा यस अर्थमा भाग्यमानी थियौँ कि मौसम एकदमै सफा थियो ।

शिखरमा पुगेपछि शेर्पा सहयोगीलाई पहिलोचोटी ‘आमालाई खबर गरिदिनू’ भनेर वायरलेसमार्फत बेस क्याम्पमा खबर गर्न लगाएँ । बेस क्याम्पमा सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठलाई आमालाई तुरुन्तै खबर गरिहाल्नु भएछ । म चुचुरामा भएकै बेला मेरो छोरी संसारको अग्लो चुचुरोमा छ भनेर आमाले थाहा पाउनुभयो । त्यो समय मेरो जीवनको अति नै अमूल्य समय थियो ।

हामी चुचुरामा पुगे पनि हाम्रो क्यामेराको ब्याट्रीले ठ्याक्कै काम गरेन । अर्को बोकेका थियौँ, त्यो एकछिन चल्यो । अर्को समूहको आरोहीमध्ये चतुर तामाङले मेरो छोटो भिडियो लिइदिनु भयो ।

ओर्लनु उतिकै कठिन
हिमाल भनेको त छोरा मान्छेहरूले चढ्ने हो भन्ने मानसिकता छ । नेपाली छोरी मान्छेहरूको लागि त झन त्यो २०५० साल जेठ १० गते पासाङ ल्हामुले चढ्नुभएपछि न सुरु भएको हो । त्यसबेला नि तीनजना महिलाहरू चढ्न जानुभएको रहेछ । जसमा नन्दा राई र लाक्पा फुट्टी शेर्पा हुनुहुन्थ्यो । नन्दा र लाक्पा फुट्टी चाँही क्याम्प ४ देखि प्राविधिक कठिनाइको कारण फर्किनुभएको थिएछ ।

सगरमाथा चढ्नु जति गाह्रो छ, त्यत्तिकै ओर्लनु झन कठिन छ । जाँदा खेरी एक प्रकारको जोश पनि हुन्छ, शक्ति पनि हुन्छ । कतिबेला चुचुरोमा पुगेर हेरौँ भन्ने हुन्छ । माथि पुग्न करिब ११÷१२ घण्टा हिँड्दा पुरै शरीर थाकिसकेको हुन्छ । खाना रुचेको हुँदैन । पानी खान पाएको हुँदैन । निद्राले पुरै गाह्रो हुन्छ ।

उकालो चढ्दा राति भएकोले दायाँबायाँ केही नहेरी डोरी समातेर चढिन्छ । झर्ने बेला दिउँसो हुन्छ । हावा चल्न सुरु भइसकेको हुन्छ । घामले हिउँलाई तताएर हिँड्न उसै गाह्रो बनाइदिन्छ । सगरमाथा चढ्न जाँदा तपाईं सुत्नु भयो भने सुतेकै सुतै हुन्छ । शेर्पाहरूले सुत्नै दिनु हुन्न । तर सुत्न पाए भने सबै सुत्न तयार हुन्छन् । शेर्पाले त्यसबेला तानेर हुन्छ कि हिउँको डल्लोले हिर्काएर हुन्छ, पुरै हामीलाई गोठालोको बेला गाईवस्तु धपाएजस्तै गर्नुहुन्छ । त्यो नगरी नि हुँदैन । त्यसबेला लाग्छ कि हिमालमा सबैभन्दा सजिलो चिज मर्नु हो । न कसैको माया लाग्छ, न कुनै लोभ लालच !

एकचोटी मेरो शेर्पा सहयोगी दाइले म हिँड्न नसकेकोले मलाई तान्नुभयो । म त रिसाएर ‘मलाई किन भेडाबाख्राजस्तो तान्नुभएको’ भनें । खासमा मेरै लागि गर्नुभएको हो । पछि बेस क्याम्प झरेपछि सबैको सामु उहाँसँग माफी पनि मागेँ । तीन महिना अघिदेखि हिमालमै रहनुभएकोले उहाँ कालो भइसक्नु भएको थियो । उहाँले कालो अनुहारमा सेतो दाँत देखाएर हाँस्दै भन्नुभयो– ‘हे तपाईंको त मुख दुख्यो नि ! म रिसाएको छैन….।’ त्यो सुनेपछि म झन भावुक भएँ । उहाँको महानताले म द्रवित भएँ ।

दुःख भएपछि एकदमै रुन आउँछ । क्याम्प ४ मा आइपुग्नु अघि अक्सिजन सकिएर आइपरेको दुःखले म एकदमै रोएँ । शेर्पा दाइले ‘नरुनू’ भनिराख्नु भयो । ‘रुयो भने शक्ति खर्च हुन्छ’ भन्नुहुन्थ्यो । मलाई त शेर्पा सहयोगीले फकाउदै लैजानु भयो । ‘दिदी छिटो हिँडे नि त्यहीँ पुग्ने हो, ढिलो हिँडे पनि त्यहीँ । बिस्तारै हिँड्नुहोस् ।’ शिखरको नजिक पुग्न अगाडि भने छिटो हिँड भन्न थाल्नुभयो । मैले भने, ‘आँ सबै एकैचोटी पुग्नु पर्छ भन्ने छैन होला नि !’ यो वाक्य भनिनसक्दै मलाई आत्मग्लानी भयो । मैले भन्न नहुने कुरा भनेँ । किनभने मेरो ज्यान त उहाँकै हातमा छ ।

“मुझे पानी दिजिए”
क्याम्प ३ स्थित हामी बस्नलाई अप्ठ्यारो भिरालो जग्गामा हाम्रा गाइडहरूले मुस्किलले खनेर टेन्ट गाड्नुभएको थियो । दुई जना जत्तिमात्र अट्ने जति ठाउँमा हामी पाँच जना सुतेका थियौं । सिधै सुत्ने, कोल्टे फेर्न नसकिने, त्यसो गर्नुपरे जुरुक्कै उठेर फेरि सुत्नुपर्ने ठाउँ थियो ।

हिमालमा खाना नरुच्ने, निद्रा नलाग्ने, झर्को लाग्ने कुरा भनेको सामान्य हो । मलाई निद्रा नलाग्ने र चल्ने भएकीले अरुलाई हल्ला नहोस् भनी छेउमा सुतेको थिएँ । जुनेली रात थियो । हाम्रो टेन्ट पहेलो थियो ।

मध्यराततिर ‘क¥याप…क¥याप’ हिँडेको आवाज हाम्रो टेन्टतिरै आइरहेको सुनियो । हिमालमा नि तर्साउछ भनेर त सुनेका थियौँ । चार जना मेरा साथीहरू मज्जाले सुतिरहेका छन्जस्तो लागेको थियो । मुटु ढुकढुक भयो । हाम्रो नजिकै आएर ढुंगा हान्यो । विरामीको आवाजजस्तो गरी ‘मुझे तातो पानी दिजिए..’ ‘तातो पानी दिजिए..’ भन्न थाल्यो । यसो हेर्दा मान्छेको शरीरजस्तै देखियो । हामी नजिकै अर्को टेन्टमा बस्नुभएका हाम्रा सहयोगी शेर्पा दाइहरूले ‘पर जा..’ भन्नुभयो । म त डरले भुत्तुक्कै भएँ । मेरा साथीहरू चाही मस्तले सुतिरहेका छन् भनी सोच्दै डरसरी चुपचाप सुतेँ । पछि बेसक्याम्पमा फर्केर त्यो प्रसङ्ग निकाल्दा पो थाहा भयो कि हामी पाँचै जनाले त्यो तर्साउनेबारे थाहा पाएका रहेछौँ, तर तै चुप मै चुपको कारणले नबोली बसेका रहेछौँ ।

मर वा फर्क
क्याम्प २ देखि ३ मा जाँदा हामी रातको १ बजेतिर उठेका थियौँ । हिमाल चढ्न जाँदा अनियमित महिनावारी हुँदोरहेछ । मलाई त्यो भइराखेको थियो । हिँड्ने बेलामा हाम्रो सरदार फुर्बा शेर्पालाई जानकारी दिएँ । रोजिताले ‘ल त्यसो भए त गाह्रो हुन्छ’ भन्नुभयो । त्यै पनि हामी अगाडि बढ्ने भयौँ ।

क्याम्प ३ मा यस्तो उकालो छ कि खुट्टाले भित्तामा बल गर्नुपर्छ । माथिदेखि झुमर (डोरी) झारेको हुन्छ । त्यो समातेर बल गरेर चढ्नुपर्छ । त्यो अड्किन्छ । फेरि तानेर शरीरलाई हुप्प बनाएर आफ्नो खुट्टा माथि सार्ने हो । त्यसो गर्दा मेरो पेटमा धक्का परेछ । त्यसले झन रगत बगेको कुरा अनुभव गरें । त्यै बेला सिमसिम हिउँ परिरहेको र हुस्सु लागिरहेको थियो । त्यो कठिन यात्रामा हाम्रो नजिकबाट एक जना मृतक आरोहीलाई हेलिकप्टरमार्फत झारिरहेको हेरिपठायौँ ।

हिउँ पनि बाक्लो पर्न थाल्यो । त्यै बेला म चिप्लिएँ । तुर्लुङ्ग हुँदा एकछिन आनन्द आउछ । त्यसपछि खुट्टा टेक्न नि गाह्रो हुन्छ, जुन मलाई भयो । शेर्पाले मलाई चाकबाट धकेल्नुभयो । मेरो शरीर थाम्नै सकिरहेको थिइँन । मनमा के लाग्यो भने ‘अब केही समयभित्र म यहीँ मर्छु । दुर्घटना बिमा १५ लाख रूपैयाँ त आउँला, तर बाँकी रकम मेरो परिवारको थाप्लोमा पर्ने भयो ।’ सगरमाथा आरोहण गर्दा ९० दिनभित्र दुर्घटना भएमा १५ लाख रूपैयाँ बिमा रकम पाइदो रहेछ । त्यसबेला हाम्रा अगाडि दुई वटा विकल्पहरू हुन्छन्– ‘कि त्यहीँ मर, कि फर्क ।’

फर्किनेबारे मनमा केही पनि आएन । भाग्यले भनौँ मैले फर्किनु नि परेन, मर्नु नि परेन ।
क्याम्प २ मा पनि मलाई एकदमै गाह्रो भएको थियो । त्यहाँ हामी ३ रात बस्यौँ । तेस्रो रात यस्तोसम्म मलाई भयो कि ‘अब म भोलिको बिहान देख्न पाउँदिन ।’ बिहान ५ बजेतिर मलाई अक्सिजन लगाइदिएर एकछिन सुतेछु । मेरो सहयोगी त्यसबेला बीस बहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँले ‘तिमी २ घण्टा निदायौ’ भन्नुभयो । तर मलाई झिमिक्कैमात्र निदाएँजस्तो लागेको थियो । मलाई गाह्रो भयो भनी थाहा पाउनुभएपछि त्यसबेला गुरुङले बेला–बेलामा मेरो निधारमा छामिरहनु हुन्थ्यो । दावा दिदीले ढाडमा सुम्सुमाउनु हुन्थ्यो । बेला–बेलामा ‘टीकी !’ भनेर बोलाइरहनु हुन्थ्यो । हाम्रो आरोहण दलमा मेरो बोलाउने नाम ‘टीकी’ थियो ।
पछि बेस क्याम्प फर्केपछि पो उहाँले भन्नुभयो कि मैले ‘हँ’ भन्दा उहाँको मन ढुक्क हुन्थ्यो रे । ‘ए मान्छे बाँचेकै रहेछ’ भन्ने हुन्थ्यो रे ।

हेलिकप्टरबाट उद्धार
फर्किदा मलाई हिँड्न गाह्रो भयो । स्वास्थ्यमा नि खराब आएपछि बेस क्याम्पबाट मलाई हेलिकप्टरले उद्वार गरेको थियो । निरन्तर अक्सिजन दिँदा पनि सास फेर्न गाह्रो परेकोले मलाई ग्राण्डी अस्पताल, काठमाडौंमा ल्याएर उपचार गरिएको थियो । अस्पतालमा के थाहा भयो भने मेरो देब्रे करङनेर पानी जमेको रहेछ । म उक्त अस्पतालमा तीन दिन बसी उपचार गराएर घर फर्कें ।

त्यसपछि दुई हप्ताजति यत्ति निद्रा लाग्यो कि म सुतेको सुतै भएँ । भोक पनि त्यस्तै लाग्यो । त्यतिमात्र हैन, हावापानीको कारणले होला, म डिप्रेसनको शिकार पनि भएको थिएँ । यसले एकोहोरोपनजस्तो मेरो आनीबानी भएको थियो ।

बान्तावामा भावानुवाद

मामाओ खाङ्मेतलाम
पासाङ ल्हामु शेर्पाआ चोमालुङ्मादु वाङाओ यÞङ्खान एन्खान नेपालदा साङादेङ अÞङ मामा तारादेवि लावतिआ मयÞङाओ युङाङा– ‘मÞनाओ हाङ्पोक निओ देम्खा नुछाङ हÞङ्युङ्ओ अयुङ्निन । खोन नुछाङ ओ सेर्पामा (पासाङ ल्हामु सेर्पा देम्खा छाङ असनिन दानिन्ओ लिसा । मÞना निओ वाको लिमादोत ।’

इदेङ्माङ दुम तुप्सा खात्तुङ हेदा पासाल ल्हामु सेर्पा साङ निकि सिन्तुङ । खोसाआ नेपालि मेछाछाचिदाङ्का बुदाउ खेपि चोमोलुङ्मा वाङाओ रछ । माकाचÞकओम्पे टेलिभिजनादा चोमोलुङ्मा मÞवाङाङाओ मÞनाचि खाङ्चÞङ्कि अÞङ्का छाङ मुदु वाङ्मा खाङ्दे देम याम चानुओ निमि मिन्मादा ताङा ।

चोमोलुङ्मा वाङ्माओ निम्पाङ धरानादा अÞक्छा बुवा सेनुङ । खोसाआ ‘छेन्बि बड्ढे खात’ नि अलुवाङ । अÞङ डिक्कु छाङ सेनुङ । ‘बुट्ङा ३÷४ किलोओ याक निमाङ ! खादा रÞन ? अक्सिजना अयाक्निनकि मÞनाचि मस निमाङ । छेन्बि बड्ढे खात ।
खोन नुछाङ चोमोलुङ्मा वाङ्माओ दुमदा अÞङ कोङदा मिन्मा तेप्सा खाराङा ।

वाङ्माओ निम्पाङ लामसेन
सन् २००८ दा झाराक मेछाछा वाङ्मायु भुङ्आ चोमोलुङ्मा मÞवाङाओ यÞङ्खानआ मिन्मा पोयाओ युङाङा । मोनदेङ चोमोलुङ्मा कावाङ इन्द्र बहादुर राइ बाहिङ टुउङ । खो ‘चोमोलुङ्मा वाङ्मा दे चÞमा दोत ? दे छेन्बि वाङ ?’ नि सेनुङ । खोसाआ ‘खानानिन चोमोलुङ्मा तवाङिन्ओ ?’ नि खा मसेना । ‘जिउ’ नि लोङदेङ खोसोओ दुम एन अमेत्ताङ । खोसोओ दुम एनुङदेङ अÞङ्का दि तुप्तुङ्नालो चोमोलुङ्मा वाङ्माओ निम्पाङ बड्ढे छेन्बि चाहा दोत । ओनाअÞङ ताङ्काछÞतआ मामाओ ओ यÞङ्मायु झारा मान्तुप्ङा । ‘हाङ्छाबुङ’ निओना मेछाछाचिआ अवात्ओ चेप्छुम ओन अÞङ्का सिन्तुङ्योङओ युङाङा । ‘खोन नुछाङ ओ सेर्पामाआ देम्खा छाङ असनिन दानिन..’ निओ मामाओ दुमआ अÞङ मिन्मा नोप्टुओ युङाङा ।

अÞङ्का अरनङओ रछ । खोसाआ ओ दुम मुङुहेदा अक्दु अचु दुम अनान्ताकि मयङा– ‘मान्रÞमासÞङ्टाआ ओन चोमोलुङ्मा वाङ ।’

मो योक्दा अÞङ्को ओन माइसुङ काराचि खोसाआ चइ चोमोलुङ्मा वाङाचिआ, निचि नÞवाङ्निन्ने नि मिन्याङ ओन्दे ।
इदेङ सिन्मा लिसा खोसाआ यÞङाओ दुम नुच्छे रइछ ।
खोसोओ मो यÞङ्माआ हान चोलोलुङ्मा वाङ्मा अरनङओ नि मिनाङ । खोन नुछाङ मिन्मा मान्सेत्युक्तुङओ युङाङा ।

सन् २०१६ दा चोमोलुङ्मा वाङ्मा निकि मेछाछाचिओ भुङ एम्याओ दुम सिन्तुङ । मोसोओ निम्पाङ रोसा बस्नेतआ यावाचि लामुङुचिओ रछ । अÞङ्कालो मो दुम सिन्तुङ्कि आप्पि लाम्सा खाराङ । २०१६ ओ डिसेम्बर इदेङदा खोचिआ अÞङ्का टुप्खालादा नबुत्ताङ । देत्छाङ मान्यÞङ्चि । लासा नबुत्ताङ । मो योक्दालो ‘लु खाना छाङ आन्काउ भुङ्दा तछुक्ता’ नि नलुवाङ । मोनदेङ्लो चोमोलुङ्मा वाङ्माओ निम्पाङ मिन्मादाङ्काङा त्यारा लिसाङ । ‘बुदाउ मेछाछा छाप्कामि चोमालुङ्मा वाङ्कावा २०१८ लाम्तित’दा ‘सगर वाङ्कावा भुङ’ नÞङ पाक्टाओ मो भुङ्दा आन्केन्का बुदा १३ कापाङ याइन्येन्का । इदेङ ५ कापाङ ओन लिसिन्का । आन्काउ भुङ्दा अङ्का, रोसा बस्नेत, प्रियालछ्मि कार्कि, कल्पना महर्ज कि रोजिता बुद्वाचार्य याइन्येन्का ।
(प्रियालछ्मि कार्किआ याम चाअÞत्साकि क्याम्प २ दाङ्का वाङ्मा मान्रÞ ।)

२०१७ ओ फेब्रुअरिदाङ्का आन्केन्का नुच्छेओ चोमोलुङ्मा वाङ्माओ निम्पाङ चिन्मायु कि त्यारा लिमा पुङ्सुम्का । चिन्मायुओ निम्पाङ दोलखाओ रोल्वालिङ हुपओ राम्दुङ (५,९२५ मि.) कि यलुङ्रि (५,६३० मि.) चोम्चि नुलोक वाङिन्का । मोनदेङ ओन आन्केन्का चोमालुङ्मा वाङ्मा लाम तोक्तुम्का ।

सेर्पाओ चोङ्मायु
अक्सिजन मात्दÞङ चोमोलुङ्मा वाङ्मा रÞन खोन नुछाङ सेर्पा मात्दÞङ चोमोलुङ्मा वाङ्मा
अरन्मिन । सेर्पा निओना चोम्चोरि वाङ्मादा अÞक्छा खेरमा ए रछ । नुच्छेओ चोम्चोरि सेर्पाचिओङा इ ।

चोमोलुङ्मा वाङ्मायु खात्मा योक्दा छोन्मायु छेन्बि देम बड्ढेवा लुन । मोदा तान्लानदेङ सेर्पा गाइडचिओ काचि, चाअÞत्मायु, फामायु कि काचिफामायु खाम हेदा मो छेन्बि देम छाङ माआङ रछ । चोम्चोरि वाङ्मायुदा सेर्पा गाइदा कावाङ निपाङ चुप्पाङओ छा स्यारा मु वात्नि स्यारा ममु । युङिन्ओ ठोङ्दाङ्का पुक्मालोन्मा, कोन्मायु ना चित्को काचि इ । युङिन्ओ ठोङ्दाङ्का पुक्मालोन्मा, कोन्मा असन्मिन । मो योक्दा झाराक खोचिआ फामा लि । चामायु, एखाराक खात्मादाङ्का झारा काचि खोचिआ मÞफा ।

सेर्पाओ अक्सिजनआ हÞङाङ
क्याम्प ३ दाङ्का ४ दा खारिन्येन्का हेदा ट्राफिक जामदा छुक्टिन्का । मोदा अÞङ्का कि अÞङ गाइड लाक्पा नुरु सेर्पा ह्याना लिसाच्या । मो योक्दा अÞङ्का चाअ्वा दुङ्मा, दुखुप कि चामायु चामा सुवाङ लोन्टाङ । अÞङ्का ह्वा लिटरा ओन चाअ्वा खुयुङ्योङ्ओ युङाङा । मोदाङ्का बड्ढे खुन्माङा अरन्मिन । देम चाअÞत्लो चाअ्वा दुङ्मा सÞन । क्याम्प २ दाङ्काङा अÞङ्का यामफोङ्माआ छाङ लिसाङ्ओ युङाङा । थाङ्मा वाङिन्येन्का हेदा हÞसोन छाङ लिसा । मो दुम्चिआ अÞङ याम खुन्मा मान्रÞङाङा ।

धात्नि वाङ्सा खाराङ्याङ हेदा खा मान्खाङ्दामा वात्नि, माआ ढिट्मा वात्नि लिमा पुक्टुङ । लामदा काकोनचिआ छाङ अङ्का कोन्मा मान्रÞङाङाओ नÞखाङ्कि फामा नÞलाप्टाङ । देम चाअÞत्लो लिसाङदेङ कोन्मा अरनङ्नङ निकि गाइड लोङ । खोसाा ‘इन्दादा कोला, बुया थाकोलोक याक्याङ, मो कÞपदेङ अक्तेत लुङ्टाक ता, मोदा युङ्मादोत’ नि यÞङा । अÞङ्का ३÷४ काङ कोन्मा लामाङ, कोन्मा मान्रÞङा । गाइड लासु खाङ मेत्तुङ । खो देङ्या याआङा । अÞङ्का कोन्मा मान्रÞङादेङ भेङ नि युङाङ । खारु माखात्वा लिसाङ । लाक्पा नुरु सेर्पा बुवा बानाकि अÞङ अक्सिजन सिलिन्डर चोउ । अक्सिजन चिओ रछ । ‘ला अक्सिजन चिआ ।’
मिन्मादा मिनाङ– ‘हान सÞङाओ रछ ।’
अÞङ गाइड सेर्पाआ अलुवाङ– अÞङ अक्सिजन पÞनाने ।’

खोेओ अक्सिन पÞमा छाङ वाको राक्खा युङ्याङ मोदा लाङ नेम्खा ठोङ छाङ मात्दÞङ । मो खेक्जा ठोङ नि मान्यÞङ्माङ बेखा नान्तुकि खोसोओ अक्सिजन अÞङ्कोदा अचोक्टाङ पुवाङ । हान राक्काभाला अङ खारु ता । मोदा खोसाआ अक्सिजन मान्पÞअदाङ्ओदे अÞङ्का मोदाङा सुवाङ्ओ । मो चाअÞत्मा ७ भोम ९ बोम मिटरादा लिसाओ युङाङा । मो ठोङ निओ साङ सÞमादामा मुयाङ नुछाङ अÞक उम चाअ्वा छाङ मपनिन । मो योक्दा ताङ्काछÞतदा सÞमासुद्दा कÞमा अकात्निन । आइमित मिन्मा– ‘अÞङ्काना सुवाङदाङचिआङओ । आइमितओ हाङ्पोक्ना लासापुक्मा लिसाओ हाङ्पोक्वा लुङाङा ।’

आन छेन्बि कि यामचानुओ ओन्सामि देम अक्सिजन खुन्मा निओ युङ । अक्सिजनओ दुम ओदाङा अचिन्निन । क्याम्प ४ ओ बाल्कोनिओ ठोङ्दा आन्काउ ६ कातेत अक्सिजन सिलिन्डरचि मÞमाखारा ।

सेर्पा फामा मिचिनÞङ
चोमोलुङ्मा वाङ्मायु लामदा हाङ्होन, निहाङ्होनदाङ्का बुवा–निछा, नाना–निछामाचिआ अÞङ्का छेन्बि फामा लिसा युङ्सा । खोचिओ निम्पाङ अक्ढुवा नुकोङ्ला सावानाम कि नुमिन्मायु छाङ पÞमा लियाङ । खोन नुछाङ नुलोक चोमोलुङ्मादु वाङ्मा कि हÞङ्मालो लाक्पा नुरु सेर्पाओ फामायुआ इ । अÞङ्का सÞमाओ दोदाङ्का अकोङ्ताङकि चोमोलुङ्मा वाङ्मायु अमुवाङ्ओ खोसोओ फामायुना अÞङ्का छोन्मा अरनङ । खोन नुछाङ खोसोओ निम्पाङ माआङ्लो खिम्पाङ निपाङ इन्नि दि फामा रÞङ्चÞङ हे निकि चोमोलुङ्मा वाङाङदेङ मिनाङ्ओ युङाङा । खोन नुछाङ छेन्बि फामा आप्पिङा मान्तोक्ङाङा ।

लाक्पा नुरु सेर्पा बुवाओ ७ दोङ बात्तुङुओ दुवाछाछा युङ्याङ । खोसो अनÞङ लाक्पा छिरिङ सेर्पा इ । खो छान १ दा खिप्याङ । नुरु बुवाओ खिमहाङ्मा छाङ चुवा टुक्मा खेन्आ लाउओ युङ्याङ । छिरिङ ह्वा सोन बात्तुङुओ योक्दाङा खोसोओ चुवा अप्रेसना मुवाओ निमाङ । हाङ्पोक भेप्लो खोसाआ ओक्टो चामा दोत निमाङ । मो छा पुक्मा बेन छाङ ‘अमा हे अछा हङ्माओ’ निकि नुखामिचि खा मसेना निओ । नुवाक लेन्टाओसा अमा कि छा हÞवाङ्माङ्ङा देत्छाङ मान्लिचि । मो छा छाङ दोङदा १÷२ खेपि आक्टु खात्तुङुओ निमाङ । नुखाखिमदा खाङ मुसुम हेदा रिपोर्टचि नुवाक्ङा मÞतायाङ । गुम्बादा छाङ खात हेदा मान्नुयुक । खो निपाङ ओन खिप्मा फामा पÞमा खाङ्दे निकि मिन्मादा मिचिनÞङ तायुङ्साङाओसा आन किरावा ढुवाटाङचिनेन यायोक मुवाङ्याङ्ओ युङाङा ।

अनामनगरदाओ महेन्द्र कुमार बान्तावाओ टेन्खिम बेलायत कायुङ मेजर दिल बहादुर लिम्बुसुद्दा ओ दुम खाएत्मा तोक्तुङ । खोसाआ ‘निचिआ फामा मान्लियुक कि खिम्पाङ्चि मÞकाङनालो अÞङ्का फासुङ । खोसाआ देम कि खाक्को भुङ खिप्ङा नि यÞङ, अÞङ्का खिप्मा फासुङ’ नि मयङा । सेर्पा खिम्पाङनेन ओ दुम खाएत्मा लिसाहेदा खोचि मÞकाङ्सा । मोनदेङ लिम्बुआ लाक्पा छिरिुङ निपाङ बउददा ग्यानमाला इङ्ग्लिस तायाखिमदा नÞङ छाप्मा पाङ्खुन अखुया युङ्सा । मायÞङ तोङ्कि काङ्नालो आप्पिओ छा बने मुमाकि युके छाङ खात्मा दुम मुवायुङ्सा । ओ दुमआ कोङ चानुवा युङ्सा ।

चोम्चोरिदु किरावा खाम्माचि
अÞङ्का चोलोलुङ्मआ् चोम्चोरिदा किरावा खाम्माचि ङाक्सि बाअ्वा, चायÞङ, वाबुप, बोप्खा, साम्पिचा, बेछुक तारुङ्लोङ्चुङओ युङाङा । किरात राइ यायोक्खा, किरात राइ विद्यार्थि सङ्घ, किरात राइ चाम्लिङ खाम्बातिम, नेपाल पत्रकार महासङ्घ कि नेपालाओ कÞङ्चिलाप्चि खात्तुङ्चÞङ्ओ युङाङा । पान्थरादा पुक्मा लिसा नुछाङ धरानादा बड्ढे युङाङओसा धरानाओ लावाछाप छाङ खात्तुङ्ओ युङाङा । व्यानराचि छाङ खात्तुङ्चÞङ ।

ङाक्सि बाअ्वा चोम्चोरिदु तात्मालामा दुमदा देम चाअÞत्ओ काचि मुमा मान्दोत । कावाङचिओ खुन्मायुचि बड्ढेओसा आन मिन्मावा खाम्माचि चोम्चोरिधुत्नि खुन्माखात्मा अतोक्तिमिन । वाङ्मा फाकावाचिआ अÞङ्का मो दुम बुयाङा खा नएत्ताङ्ओ युङाङा । किरावा खाम्माखुइचि यलाखोमदाङ्काङा खात्तुङ्चÞङ्ओ युङाङा नुछाङ ङाक्सि बाअ्वा ओन मान्खात्ङाओ युङाङा । मो यलाखोमदाङ्का छोक्नि निकि खेङ्मेतदाओ यावाचि पसुपति राइ, सरिता गिरि कि रोसनि स्याङ्बोचि लोङ्चÞङ । खोचिआ चाअÞत्मायु लियाङ्सा पलास्टिकआ अमोप्ताकि खिप्लाभुङदा अभोम्टाकि ‘ओ खिप्लाभुङ खुट्टानुम हइ’ निकि देङ्दा काबान सेर्पा अपुवाबाइसा ।

वाबुप अÞक खोम खात्तुङ्चÞङओ युङाङा । मोदा सि. अर्जुन खालिङआ यायोक्खाओ कÞङ्चिलाप आर्ट अमुवाओ युङाङा । मो चोम्चोरिदा मो खाम्माचि छाङ कुम्सुङ्कि खात्तुङ्चÞङओ युङाङा । याङ्साङाओ नुछाङ क्याम्पा ४ तारि खात्मा चाअÞत्साङा । वाबुप्चि अÞङ स्लिपिङ ब्यागादा कुम्सुङ खात्तुङ्चÞङओ याआङा । अÞङ सेर्पा फाकावा बुवा निपाङ ओन ‘अÞङ्का वाको खाम्माचि खुयुङ युङ्सुङचÞङ । मेनेजनर पेम्बा बुवाआ धिरुचिलो अÞङ्का मान्सिन्ङा नि लुवानुम हइ’ नि बुयाङा लोङ्चिउङओ युङाङा । चोम्चोरि वाङिनचिइन्का देङ ‘बुवा अÞङ्का वाकोचि खात्तुङ्चÞङओ युङाङा नि’ यÞङ्सा खाङ मेत्तुङ । ‘ओको दि नि’ असेनाङ । ‘ओ वाचेक्लासि वाकोङा वाबुपओ अपा–अमा इ’ नि लोङ । ‘ओ किरावामा छाङ दि–दि खुन ?’ इयाङ्सा खोत्नि अलुवाङ ।

थाङ्मा वाङिन्येन हेदा राँकेभुता वात्निङा कात्याङ
चोमोलुङ्माओ चोम्चोरिदा वाङ्मा नाम्सुसेङ नुवाक युङ्याङ निओ यÞङ्खान तोक्तुमदेङ झाराक वाङ्कावाचि धात्नि वाङ्मा त्यारा मलि । मोदा पÞमायÞङ नाम्सुसेङ झाराक्ङा तोङ । नाम्सुसेङ नुवाक लियाङ नि सिन्मा लिदेङ अखाखुत ङा कोन्मा लाप्मा दोत । नाम्सुसेङ नुवाक लिसा ओनइ नि खायÞङ तोक्तुम्का देङ आन्केन्का २०७५ गोता ८ ओ अनाम्पÞक ७ः४५ साङा वात्निङा कोन्मा पुङ्सुम्का । गोता ९ ओ अवायÞङ ७ः१५ बेनवात्नि आन्केन्का चोमोलुङ्मा चोम्चोरि तान्लान्काओ युङाङा ।

थाङ्मा वाङिन्येन हेदा वाङ्कावाचिओ अपेलेम राँके भुतावात्निङा कात्याङ रछ । झाराकआ कोन्खा लाम अक्तेतङा युङ । थाङ्मालामदा वात्नि युङकि बुयाओ यावा कÞप्मा खात्माङा अरन्मिन । आप्पि देम चाअÞत्लो लिसिन नुछाङ साङ्आ छाङ सेन्मा कि फामा अलिनिन । कोइसोओ सोम्तुक छाङ अÞकात्निन रछ । कोन्मा अरन्मिनलो अक्दुङा आन याम युङ्खात । मो योक्दा सेर्पा गाइडच्या आङ लाङदा मÞधात । मोसाआ आन याम कु ।

चोम्चोरि तान्लानदेङ चानुमा
चोम्चोरि तामालामा चिलोक ह्युत्नि हिलारि स्टेप निओ युङ्याङ । आन्केन्का खारिन्येन्का हेदा मोदाङा नामसामआ नधिरिन्का । चोम्चोरिदा तान्लानदेङ नाम ह्युना दातओ रछ । रङ्गि खा चोइन्हेदा ह्युना चोम्चोरि–चोम्चोरि ओन खाम । मोदाङ्का ह्युना केङहोङ्कुचिओ लाम्चि मÞदात । आन्केन्का चोमदु तान्लान्का हेदा नुवाक नाम्सुसेङ याआङाओसा आन्काउ नÞङा नुवा ।

चोमदा तान्लान्कादेङ सेर्पा फाकावा निपाङ ‘मामा खायÞङ पुवानुम’ नि वायरलेसदाङ्का बेस क्याम्पयु खायÞङ पÞमेत्तुङ्चÞङ । बेस क्याम्पदा हाङ्काचि काचि कामु ग्यानेन्द्र सेरेस्ठआ मामा निपाङ खायÞङ पÞलाउ रछ । अÞङ्का मो योक्दा चोमदुङा याआङ्याङ्ओ योक्दाङा अÞङ छा निहाङ्होनओ झारादाङ्का चोमदा युङ्याङ नि सिन्तु । मो बेन अÞङ हाङ्पोक्ओ बड्ढे ढिवाङ बेन युङाङा ।

आन्केन्का चोमदा तान्लान्का देङ आन्काउ क्यामेराओ ब्याट्रिआ काचि मान्मुदो । नि खुयिन्येन्का । मो अक्दु तुङा । निभुङचिदाओ चतुर तामाङ निओसा अÞङको मिचिनÞङ रेकर्ड मुओ युङाङा ।

धान्मान्चिन छाङ चाअÞत
चोम्चोरि निओ दुवाछाचिआ ओन वाङ्मायु नि मिन्मादा याक । नेपालि मेछाछाचिओ निम्पाङ्ना ओ २०५० हाक्दि १० लेन्टा पासाङ ल्हामु सेर्पा वाङादेङ पुङ्साओ इ । मोन योक्दा छाङ सुम्कापाङ मेछाछाचि वाङ्सि मÞखाराओयाआङा । मोचिदा नन्दा राइ कि लाक्पा फुट्टि सेर्पा मयुङाङा । नन्दा कि लाक्पा फुट्टि क्याम्प ४ दाङ्का वाङ्मा मान्तोङ्कि लासाचि ।

थाङ्मा वाङ्मा देम चाअÞत, मोन्ङा यÞन्पा धामा छाङ चाअÞत । वाङिन्येन हेदा अÞक खालाक्ओ सावा याक । खाउ बेन तामालामाकि चोप्मा नि मिनिन । धाना तामालामा राक्काभाला ११÷१२ लोन्टोक कोन्मा दोत । आन याम झाराक होत्तुओ युङ । चामायु चामा असन्मिन । चाअ्वा दुङ्मा अतोक्तिमिन । दुखुप यÞ ।

थाङ्मा वाङिन्येन हेदा अखाखुत लि खात्ओसा ह्यात्नि–ओह्यात्नि खा मान्चोप्माङ माक्यÞ कÞक्सा वाङिन । धामा योक्दा अखोलेन लि । हÞक बान्मा पुङ्सु । नामआ नाङ कुसुकि कोन्मा चाअÞत । चोमोलुङ्मा वाङ्सि खारिन हेदा इम्सिन्लो इम्सिन्ओ इम्सिन लिसिन । सेर्पाचिओ इम्मा मपनिन । इम्मा अतोक्लो झाराक मइम । मो योक्दा सेर्पाचिओ मखन्कि हे नाङ्ओ भोपआ मवेन्कि गोलादा साक्सिचि रसिन्वा ममु । मो मान्मुमाङ छाङ अनुनिन । मो योक्दा मिनिन चोम्चोरिदा नेक्ओ दुम सÞमा ओन युङ । कोइसोओ सोम्तुक छाङ अकात्निन, कोइ आन चÞक्खÞयÞ छाङ अकात्निन ।

अÞक खेपि अÞङ सेर्पा यावाआ अÞङ्का कोन्मा मान्रÞङाकि अखÞन्ताङ । अÞङ माइसुङ काराकि ‘देकि छेङ्गरावात्नि तÞखÞन्ङाङाओ’ नि लोङ । नुच्छेलो अÞङ्को निम्पाङ्ङा खोसाआ मोत्नि अमुवाङ्याङओ । इदेङ बेस क्याम्पयु धान्कादेङ झाराक्ओ बुदा खोसुद्दा तुमाराक दोराङ । सुम्का सोन बुयादाङ्का चोम्चोरिदु युङाकि अङायुवा माकाचÞक्चÞक लिसाखाराओदा इयाहेदा ओम्पे अकÞङचि खाङ मुसा खो यÞङा– ‘आम्को ङे आम्दो तुवा ! अÞङको माइसुङ मान्कात….।’ मो एनुङदेङ बड्ढे मिन्मा चाअÞत्सा । खोसोओ ढिवाङ मिन्माआ अÞङ कोङ चाअÞत्सा ।

चाअÞत्लो लिसिनदेङ आन खाप्मायु यÞखात । क्याम्प ४ दा तामालामा बुया अक्सिजन चिआओसा अÞङ्का बड्ढे खावाङ । सेर्पा बुवाआ ‘मान्खाप्दा’ नि अलुवाङ । ‘खाविन्नालो आन सावा चिन्खात’ नि यÞङाङा । अÞङ्कालो अÞङ सेर्पा फाकावाआ सोन्सा अÞखात्ताङ । ‘चक्नि खारिन नुछाङ मोदाङा तामालामाओ, सोसे मुसा खारिन नुछाङ मोदाङा तामालामाओ सोसे मुसा कोलानिन ।’ चोमदु तामालामा योक्दालो ‘चक्नि कोलानिन’ नि यÞङ्मा पुक्टु । अÞङ्का सेनुङ– ‘चोमदा अक्ढुवा तामालामा दोत नि मात्दÞङ नि !’ ओ मान्यÞङचिन युक्टाङ हेदा ङे ओना यङ्मा अस्साङाओ नि मिनाङ । अÞङ हाङ्पोक खोसोओ छुक्दा याक्याङ ।

अङ्का चाअ्वा पनि
क्याम्प ३ दा युङ्खा राक्काभालाओ यÞन्पालादा आन्काउ गाइडचिआ अतुवाकि टेन्ट अथुङ्साओ याआङा ।

हÞवाङ ओन लेका वाङिन्ओदा आन्केन्का छुकापाङ इम्सिन्काओ युङाङा । रान्का लिम्मान्चिन अरन्मिनओ, मोत्नि चÞमालो पुक्मालोन्माकि लासाइम्मा दोराङा ।

चोम्चोरिदा कोक चामा मान्सÞदामा, दुखुप मान्यÞदामा, माइसुङ कात्मा चित्को दुम इ । अÞङ्का मोत्नि लिसाङ्याङ्ओसा कि तुङाङ्याक्टाङ्याङओसा चोम्या इम्साङ । लादिप खाखुत याआङा । आन्काउ टेन्ट लेम्फि काराङा ।

खाखुत ‘क¥याप…क¥याप’ कोला‘क¥याप…क¥याप’ कोलाङाओ साङ्सा आन्काउ टेन्टह्यात्नि बानाङाओ एन्मा लिसा । चोम्चोरिदा खाकिन निकि एन्मा लिसाओ युङाङा । फेकापाङ अÞङ यावाचि मइम्साङा । चुवा टान्मा पुक्टु । आन्काउ चÞक्दा ताकि लुङ्टाक वेइसा । तुक्याङ्ओ मनावा ‘कुमÞङ्वा चाअ्वा पनि..’, ‘कुमÞङ्वा चाअ्वा पनि..’ यÞङ्मा पुक्टु । मÞना वात्नि काराङा । आन्काउ चÞक्दाओ नि टेन्टदा कायुङ आन्काउ फाकावा सेर्वा बुवाचिआ ‘ह्यात्नि खारा..’ नि अलुवा । अÞङ कÞमा कारा । अÞङ यावाचि चइ देम चानुलो मइम्सादा नि मिन्सा वाइवेत इम्साङ । इदेङ बेसक्याम्पयु धान्काकि मो दुम लोइसुम्का हेदा ए झारक छुकापाङआङा मो किन्किन्माओ दुमदा सिन्तुम्काओ रछ, खाना वाइवेत, अÞङ्का वाइवेत लिसा मान्चेप्माङ युङिन्काओ रछ ।

सुवा माआङ्लो लासा
क्याम्प २ दाङ्का ३ दा आन्केन्का अखाखुत १ साङावात्नि पुइन्लोन्टिकाओ याआङा । चोम्चोरि वाङ्मा लामदा मान्तोङ्लो यामफोङ्मा लियुङ रछ । मो अÞङ्को यामफोङ्साओ युङाङा । कोन्मा योक्दा सरदारा फुर्बा सेर्पा लोङ । रोजिताआ ‘लु खोन्नालोना चाअÞत्लो तलि’ नि अलुवाङ । खोन नुछाङ आन्केन्का लाम वाङिन्का ।

क्याम्प ३ दा वाको थाङ्मालाम याक्याङ्कि भित्तादा सावा पाक्मा दोत । धानाङ्का माक्यÞ धान्ताओ युङ । मो कÞक्माकि सावा पाक्सा धात्नि वाङ्मा दोत । मो हाप । लासा खÞन्माकि आन लाङ खÞन्सा धात्नि सोत्मा दोत । मोत्नि चुवाङ्याङ हेदा अङ बुक्दा चाअÞत्लो लिसाङ । मोसाआ अÞङ हÞ बड्ढे धाओ सिन्तुङ । मो योक्दाङा इन्दादा नाङ धाकि बाखासाम छाङ लागा लिसाओ युङाङा । मो चाअÞत्मायु कोन्मायुदा आन्काउ चÞकदाङ्का अक्छा वाङ्कावा हेलिकप्टरादाङ्का अÞखात्ताङा ।

नाङ बड्ढे तालोन्टा । मो योक्दाङा अÞङ्का लेङ्साङ खाराङ । माक्यÞदा कÞङ्सिनदिसिन हेदा अक्दु चानु । मोदाङ्का आन लाङ नेङ्मा छाङ अरन्मिन । अÞङ्का मोत्नि लिसाङ । मो योक्दा सेर्पाआ अÞङ केङ्टाङदाङ्का अतोलाङ । अÞङ याम एम्माङा मान्रÞङाङा । मिन्मादा दि तानालो ‘हान ओदाङा अक्दुकि सÞङादाङा । सÞमाओ बिमादाङ्का १५ सुपि याङ्लो ता, खोन नुछाङ हेनओ नाक अÞङ खिम्पाङ्ओ अताङदा ता ।’ चोमोलुङ्मा वाङ्मायुदा ९० लेन्टाहुत्दा १५ सुपि बिमा तोक्तुमओ रछ । मो योक्दा आन बुदा ह्वातेत दुम्चि मÞता– ‘कि मोदाङा सुवा, कि लासा ।’

लामाओ दुमदा मिन्मादा दुम मान्ता । छाप्दुमिआ लामा छाङ मान्दोत, सÞमा छाङ मान्लि ।
क्याम्प २ दा छाङ अÞङ्का चाअÞत्लो लिसाङ । मोदा सुम्का नाम्पÞक इम्सिन्का । सुम्काउ नाम्पÞक अÞङ्का वात्नि लिसाङ्कि ‘हान अÞङ्का माङ्कोलेन वायÞङ अÞखाङ्नÞङ ।’ अवायÞङ ५ साङा वात्नि अÞङ्का अक्सिजन नÞपाक्टाङ्कि अक्दु इम्साङदाङ रछ । अÞङ फाकावा मो योक्दा बिस बहादुर गुरुङ मयुङाङ । खोसाओ ‘ह्वा लोन्टोक तइम्सादा’ नि अलुवाङ । खोन नुछाङ अÞङ्कालो अक्दु चिमÞक नि ओन इम्सिन्वा लुवाङ । अÞङ्का चाअÞत्लो लिङाङा नि सिन्तुदेङ गुरुङआ अÞङ तरबुपदा असोप्तायाङ । दावा नानाआ डुक्चिखुनदा असोप्ताङ्याङ । कोइ बेन ‘टिकि’ नि अबुत्ताङ्याङ । वाङ्मायुदा अÞङ नÞङ ‘टिकि’ युङाङा ।
इदेङ बेसक्याम्पदा लासिन्का देङ ए खोचिआ खा मलुवा ‘हँ’ नि यÞङाङ्लो अमिन्मा चानुवाङा नि । ‘ए मÞना हÞङ्याङ रछ’ नि मिनाङा नि ।

हेलिकप्टरादाङ्का नलाङ्दाङ
लासाङ्याङ हेदा अÞङ्का कोन्मा मान्रÞङा । याम बड्ढे खान्अÞत्लो लिसादेङ बेस क्याम्पदाङ्का अÞङ्का हेलिकप्टरादाङ्का लासाङ्ओ युङाङा । अपेलेम अक्सिजन नपुवाङ्कि छाङ चाअÞत्लो लिसाङ्ओसा अÞङ्का ग्रान्डि नुखालाखिमदा नÞताराङ्कि नुखाकाचि मुवाओ युङाङा । मोदा दि सिन्मा लिसानालो अÞङ बेङ्वा टÞङ्यिदा चाअ्वा तामाओ रछ । अÞङ्का मो नुखाखिमदा सुम्कालेन युङाङ्कि खिम लासाङ ।

मोनदेङ ह्वा लेन्कोप्लेनलेका ओन बड्ढे दुखुप युवाकि अÞङ्का इम्साङ्ओ इम्साङ । खोनओन माआङ, अÞङ्का डिप्रेसनआ छाङ अलाआङ । अÞङ्का बेङ्बेङ्बेङ्वा लिसाङओ युङाङा ।

देउराली चाम्लिङ सगरमाथा आरोहण अघि र सफल आरोहणपछि अनुभव हेर्न सक्नु हुनेछ :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *