प्रधानमन्त्री ओली चाँडै चीन भ्रमणमा जाने

राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमण गर्ने संसदलाई जानकारी दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोदीको भ्रमणका विषयमा आइतबार संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले उक्त जानकारी गराउनु भएको हो ।

प्रधानन्त्री मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । भारतले नेपालको सहयोगका लागि विगतमा गरेका प्रतिवद्धता कार्यन्वयनमा जोड दिएको बताउनुभएको छ । ‘आगामी संविधान दिवसका दिन सम्ममा विगतमा गरिएका सम्झौता कार्यन्वयन सुरु हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विदेशबाट नेपालमा आउने उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा त्यसलाई बढाएर चारवटा पु¥याउने सहमति भएको बताउनुभएको छ । ‘हालसम्म बीरगञ्जबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर, भैरवहा र नेपालगञ्जबाट पनि भारतले एयर रुट दिने सहमति भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसका लागि आगामी सेप्टेम्बरदेखि काम अघि बढाउने सहमति भएको छ ।’

प्रधानमन्त्री ओलीले यस पटकको मोदी भ्रमण दुई देश बीचको सम्बन्धलाई बराबरीका आधारमा बढाउने प्रस्थान विन्दु भएको बताउनुभएको छ । ‘दुई देश बीचको सम्बन्धलाई सुधार्नु पर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘हेपाइ सहनु हुदैन । विगतमा अल्झिएर मात्र हँुदैन । नयाँ सम्बन्ध स्थापित पनि गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले आफूले राष्ट्रहितलाई शिर र मनमा राखेको बताउनुभएको छ । ‘प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुराउने काम गर्न दिने छैन । यसै देशको अन्नपानी खाएको हुँ । अरुको हितमा काम गर्दिन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.