पाँच लाखको फोनिज युके पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले पा“च लाख रुपैया“ राशिको ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष’ स्थापना गरेको छ ।

फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष कार्यविधि, २०१९ लाई लिएर फोनिज यूके र फोनिज संघीय समितिबीच भएको सम्झौता–पत्रमा हस्ताक्षर गर्दै

मंगलबार काठमाडौं आयोजित समारोहमा फोनिज फोनिज यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज संघीय समिति नेपालका अध्यक्ष डण्ड गुरुङ र फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक सोनाम छिरिङ शेर्पाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता–पत्र-1

फोनिज युकेका सल्लाहकार तथा बेलायतस्थित रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक सोना छिरिङ शेर्पाको प्रायोजनमा चार वर्षदेखि वार्षिक रुपमा ‘फोनिज यूके पत्रकारिता सम्मान’ र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ प्रदान गरिदैआएको छ ।

सम्झौता–पत्र-2

यो सम्मान तथा पुरस्कार नेपालमा क्रियाशील आदिवासी जनजाति पत्रकार मध्ये एक जना महिला र एक जना पुरुषलाई प्रदान गरिनेछ । ‘पुरस्कारका निम्ति छनोट गरिंदा मूलधारमात्र नभई मातृभाषा पत्रकारिता गर्दै आएका पत्रकार समेत समेटिनु पर्नेछ,’ ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष कार्यविधिमा उल्लेख छ ।

सम्झौता–पत्र-3

उक्त सम्मान तथा पुरस्कारलाई दीर्घकालीन र निरन्तर राख्न अक्षयकोष स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिनु भएको छ । कार्यविधिमा छ, ‘फोनिज यूके पत्रकारिता पुरस्कार युवा पुस्तालाई प्रदान गरिनेछ भने फोनिज यूके पत्रकारिता सम्मान कम्तीमा १० वर्षभन्दा बढी समय पत्रकारिता गरिसकेकालाई प्रदान गरिनेछ ।’

फोटो क्याप्सन :
काठमाडौंमा मंगलबार सम्पन्न ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष’ स्थापनाका निम्ति सम्झौतापत्र आदानप्रदान पछि फोनिज संघीय समितिका अध्यक्ष डण्ड गुरुङ, युकेकी अध्यक्ष प्रमिला लाबुङ राई, पुरस्कार संस्थापक सोनाम छिरिङ शेर्पालगायत ।
फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष कार्यविधि, २०१९ लाई लिएर फोनिज यूके र फोनिज संघीय समितिबीच भएको सम्झौता–पत्र ।

Leave a Reply

Your email address will not be published.