संगठित हुँदै इन्डियन आर्मीमा कार्यरत वाम्बुले राईहरू

मुख्य समाचार समाचार

लिभु संवाददाता
भारत । इन्डियन गोर्खा सैनिकको ‘हामी सक्छौं, हामी गर्छौं’ नारा लिएर कार्यरत वाम्बुले राईहरू संगठित भएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ–३ उँबुमा जन्मिएर हाल सैनिक सेवामा रहेका युवाहरूले ‘वाम्बुले राई भारतीय गोर्खा सैनिक समूह उँबु’ (Wambule Rai Indian Gorkha Army Association Unbu, Okhaldhunga) गठन गरेका हुन् । सामाजिक सन्जालमार्फत् भर्चुअल बैठक बसी समूह गठन गरेका हुन् ।

अध्यक्ष नायक अप्सन राई

 

संगठित परिवारमा पारस्परिक अन्तरक्रिया, सहयोग सहकार्य, गाउँ सामाजलाई टेवा पु¥याउनु संस्थाको मुल उद्देश्य रहेको छ । अक्षयकोष निर्माणको लागि नेपालको धरान–६ पानबारीमा राष्ट्रिय वाणिज्य बैंक शाखामा खाता खोलिएको छ । हाल कार्यरतमध्ये १४ जनाको सदस्यता रहेको छ । नयाँ रेक्रुटलाई ट्रेङिङ सकिएपछि संस्थाको सदस्यता दिइने छ ।

अध्यक्ष नायक अप्सन राई (7/11 GR) फोकुल, उपाध्यक्ष नायक पुर्णराज राई (2/11 GR) रिनुवाल, महासचिव लान्स नायक मिलन राई (6/11 GR) रिनवाल, सचिव हवाल्दार र क्लरक रिबु वाम्बुले राई (ISF) फोकुल, कोषाध्यक्ष राइफलमेन मनबहादुर राई (3/11 GR) हुक्कु छन् ।

त्यसैगरी सदस्यहरू राइफलमेन रेजन राई (7/11GR) सिम्काकु, राइफलमेन नबिन राई (7/11 GR) आहाले, राइफलमेन बोलिराज राई (6/11 GR) फोकुल (अरुनाञ्चल, इन्डिया), राइफलमेन काजकुमार राई (3/11 GR) रिनुवाल, राइफलमेन हेमराज राई (5/11 GR) सिखई, राइफलमेन विशाल राई (6/11 GR) फलामटार, राइफलमेन गौतम राई (3/11 GR) खचापु, रिक्रुइटमेन पबिन राई (11GRRC) हुक्कु (पश्चिम बंगाल, बिनागुडी, इन्डिया) र रिक्रुइटमेन बिशाल बोदम राई (11GRRC) दार्बु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.