पदम चौरासे राईको संस्मरण : यसरी पुगियो, पुख्र्यौली थलो ओखलढुंगा र गरियो लिब्जुको दर्शन

प्रदेश १ विचार / ब्लग

पदमकुमार चौरासे राई


चैत्र मासको दिन भए पनि वरिपरि गुराँस फुलेर चिटिक्क परेको ठाउँ रहेछ । रमाइलो हरियाली देवधाम रहेछ । राताम्मे गुराँस फुलेको हरियाली रहेको लिब्जु डाँडामा हामी ३ जना पुग्यौं । साथमा लगेको अक्षता, साल धुप पूजा सामाग्री लिएर पूजा स्थान तीन फन्को मा¥यौं । पूजा गरेर बाहिर निस्कियौं । बाहिर निस्किनासाथ पानी र असिना बर्षियो । ठूलो रुख खोज्दै ओत लाग्यौं । आहा, बल्ल मन आनन्द भयो । पुख्र्यौली थलोको दर्शन गर्ने सपना पूरा भयो । त्यो क्षण २०७५ चैत २१ गते बिहीबारको दिन थियो ।

रुख बिरुवा हरियाली डाँडा वाम्बुले राईहरूको कुलदेउता लिब्जुको दर्शन गर्ने इच्छा र इरादा त्यतिखेर बनेको थियो, जतिखेर लिब्जु–भुम्जु पत्रिकामा छापिएका लेख र फोटोहरू हेरेपढेपछि जानकारी मिलेको थियो । लिब्जु उत्पत्ति वाम्बु्ले (ओम्बुले)को पुर्खा लिब्जु उपो भनेर जानियो । मेरा बुबाको भनाइ अनुसार हाम्रो सलकपुरे क्याम्पाचो वाम्बुले चौरासेको किपट उँबु वाक्सा हो । त्यस ठाउँको अवलोकन गर्ने इच्छा भइराखेको थियो । इच्छा गर समयले जुराउँछ भनेझैं पुख्र्यौली थलोमा रहेका वंशहरूसित सम्पर्क विस्तार हुनु पायो । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पुष्पहरि क्याम्पा राईको भाइ प्रकाशहरि क्याम्पा राईसँग बेला बखत फोनमा कुराकानी भइरहेको थियो । सम्बन्धित ठाउँको वंशहरूसँग भेटघाट गर्ने मेसो जु¥यो ।

पुख्र्यौली थलोको यात्रा गर्ने भइयो । मौसम र परिस्थितिले पनि साथ दियो । घरमा जेठो छोरा हेरचाह गर्ने भयो । हामी दुई पतीपत्नी यात्रामा जाने परियो । लक्ष्य पूरा गर्न साइत जु¥यो, १६ चैत्र २०७५ मा । धरानमा भइराखेको वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी जिल्ला कार्यसमितिको सम्मेलनमा सहभागी हुन पुग्यौं । सम्मेलनमा उपस्थित हुने वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राई र अन्यसँग परिचय तथा भलाकुसारी भयो । फोटो खिच्यौं । सम्मेलन सकिएपछि हामी आफ्नो वासस्थान व्यवस्थातिर प्रस्थान ग¥यौं ।

भोलि २०७५ चैत्र १९ गते धरानमा विश्राम गर्ने सल्लाह भएकोले त्यस दिन बराहक्षेत्र घुम्ने कि भेडेटार भन्ने भयो । अन्ततः बराहक्षेत्र जाने भन्ने सहमत भएकोले टेम्पो रिजर्व गरेर घुम्न गयौं । बराहक्षेत्र दर्शनपछि दिउँसो १ः३० बजे धरान फर्कियौं । भानुचोकमा रमाइलो साथ धेरै बेर विश्राम लियौं । धरान बजार अवलोकन ग¥यौं । ओखलढुंगा जाने गाडीको सोधीखोजी गर्न टिकट काट्ने काउन्टरतिर बुझ्न गयौं । प्रकाशहरि क्याम्पाराईले पहिले नै टिकट काटिसकेको भन्ने बुझेपछि उहाँलाई फोन सम्पर्क ग¥यौं ।

भोलिपल्ट बिहानपख ओखलढुंगाको यात्रा तय भयो । राजमार्गको यात्रापछि मिर्चैयाबाट उत्तरतर्फ लाग्यौं । त्यसलाई सिद्धिचरण मार्ग भन्दोरहेछ । चुरिया पहाड नाघेर कटारी बजार पुग्यौं । उदयपुर जिल्ला कटारी बजारदेखि उत्तरको सडक पिच कालोपत्रे उप्किएर खाल्डाखुल्डी रहेछ । ज्यादै असजिलो महसुस भयो । तैपनि गन्तव्यमा पुग्नै प¥यो । महाभारत पर्वत बेतिनी भन्ज्याङबाट उत्तरतर्फ लस्करै देखिने हिमालहरूको मनोराम दृश्य देखियो ।

सरर हावा हरर बाटो कहिले गन्तव्यमा पुगौंझैं लाग्यो । पुर्खाको थलो कस्तो होला मनमा कौतुल छँदैछ । महाभारत पर्वत काटिसकेपछि ओरालो लाग्यो, सडक । तल नदी देखियो । सुनकोसी नदी रहेछ । हेर्दाहेर्दै नदी वारि सानो चौतारी र बजार देखियो । घुर्मी बजार रहेछ । गाडि बिस्तारै मोडियो । देब्रेतिरबाट आएको अर्को सडक जोडियो । त्यो मध्यपहाडी राजमार्ग रहेछ । दुई सडक मिसिएपछि पारि तरियो । पारि हर्कपुर भनिदोरहेछ । पुर्खाको थलो ओखलढुंगा जिल्ला टेकियो । आहा कत्ति आतुर लागेको ठाउँमा पाइला प¥यो । साँच्चै मुटु ढक्क फुलियो गर्वले । सोधीखोजी गर्दै पुग्न चाहेको ठाउँ यही परेछ । पुर्खाको आशिर्वाद रहेछ । ढल्किदो उमेरमै भएपनि पुर्खाको थलो टेक्ने साइत जु¥यो ।

बाटो अघि बढ्यो । हर्कपुरबाट बाटो उकालिदो रहेछ । बाटोमा भेटिने हिलेपानी गाउँ रहेछ । वाम्बुले राईहरूमात्र बसाबास रहेको गाउँ रहेछ । हिलेपानी भन्ज्याङ पुग्यौं । भन्ज्याङ उत्तरतर्फ र पूर्वतर्फ बाटो छुट्टिदोरहेछ । उत्तरतर्फ विश्वको सर्वोच्च शिखर चोमोलोङ्मा पुगिदोरहेछ । हाम्रो बाटो पूर्व ओरालो लाग्यो । तल दुधकोसी नदी देखियो । यो बाटा चाहिं प्रसिद्ध धार्मिक स्थल हलेसी हुँदै नेपालको पूर्वी सिमाना चियो भन्ज्याङ पुग्न सकिनेरहेछ । तर, हाम्रो गन्तव्य नजिकै रह्यो ।

अपरान्ह ३ बजेतिर जयरामघाट पुग्यौं । त्यहाँ केही बेर बिश्राम गरेपछि दुधकोसी पारि खोटाङ तरेनौं । किनारतर्फ नयाँ निर्माण गरिएको सडक पछ्यायौं । जयरामघाटबाट रोम्दु खोला त¥यौं । त्यसको केही पर उँबु सोदु खोला माथिको बस्ती प्रकाशहरि क्याम्पा राईको घरमा पुग्यौं । दुधकोशी किनार माथिको बस्तीमा पाहुना बन्न पुग्यौं । काका–भतिजको साइनो रह्यो हाम्रो । साधारण भलाकुसारी भयो । गन्तव्य लिब्जु उपोको दर्शन गर्ने रहेकोले त्यसैलाई केन्द्रमा राख्यौं । भोलिपल्ट लिब्जु उपोको दर्शन गर्न प्रकाशहरि भतिजसँग जाने भइयो ।

बिहान पानीमात्र पिएर, प्रकाशहरि र हामी पती–पत्नी तीन जना पुजाको सामान बोकी उकालो लाग्यौं । सोदु गाउँको उकालो जाँदा बाटोमा भेटिनेलाई सोधियो । एक–दुई घन्टा लाग्छ भन्यो । हामी ६ घन्टामा लिब्जु डाँडामा पुग्दा भोक तिर्खा थकाईले आक्रान्त हुनपुग्यौं । पुजासकेपछि हामीसँग भएको फलफुल खायौं । पानी रहेपछि पहिले आएको डाँडाको बाटो नफर्की अर्कोतर्फबाट ओर्लियौं । उता पूर्वतर्फ पुर्खाहरूको थलो वाक्सा हे¥यौं । पुर्खा बसेको ठाउँ हेर्दै भिडियो क्यामेरामा दृश्य कैद ग¥यौं ।

तल वामद्याल (उँबुगाउँ) ओर्लियौं । वाम्बुले राईहरूको पहिचान स्तम्भ स्वालेवा पार्क हे¥यौं । वाम्बुले राईहरूले महानचाड ढ्वाङ्कुमो मनाउने स्थान हेरियो । त्यहाँ २०१७ सालमा स्थापित राज्य लक्ष्मी माध्यमिक विद्यालय रहेछ । आफू पनि शिक्षक भएकोले पनि चासो लाग्यो । पुख्र्यौली थलोमा कम्तिमा आधा शताब्दी अगाडि शिक्षालय विस्तार भएको रहेछ । पक्कै पनि वाम्बुले वंशहरू शिक्षाको उज्यालो पाउन सके भन्ने लागेको छ ।

हामी माथि उँबुबाट तल सोदु बस्ती आइपुग्न १३ घन्टा लाग्यो । बेलुका साढे सात बजे आइपुग्यौं । ज्यादै धपेडी भएकोले चैत्र २२ गते सोदुमा विश्राम ग¥यौं । प्रकाशहरिको जेठोबा डबलसिंह राई एक अविस्मरणीय व्यक्ति हुनुहुँदोरहेछ । साइनोले मेरो दाजु पर्नुभयो । त्यस दिन उहाँसँग भएको हाम्रो चौरासे वाम्बुले वंशावली (क्याम्पोचो पाछा) को पहाडे कागजातमा वंशावली केलायौं । हाम्रो पुर्खाबारे विवेचना ग¥यौं ।

मेरो वंश वाम्बुले चस्कुले क्याम्पाचो परिवार हो । करिब १२ पुस्ता अघि पाँच भाइमध्ये तीन भाइ पूर्व भासिएको भन्ने उल्लेख पायौं । नाम उल्लेख नरहे पनि पूर्व भासिने हाम्रै पुर्खा थिए भन्ने पत्तोलाग्यो । (दार्जिलिङको गोपालधारा मन्जु टि स्टेटबाट इलामको सलकपुर आएर बसोबास गरेको हाम्रो पुर्खा जब्बलसिंह हुनुहुन्थ्यो । उहाँभन्दा अघिको पुस्ताबारेमा जानकारी रहेन । सलकपुरवासी वाम्बुले राईहरू हामी आफूलाई उँबुले चौरासे भनेर चिनिन्छौं । हामीले थाहा पाएसम्म अहिले हाम्रो वंशावली टिप्पणी विवरण तल उल्लेख गरिएको छ ।

सलकपुर वाम्बुले चौरोसेको वंशावली
१. जब्बलसिंह
२. फलामसिंह (जब्बलसिंहको एक्लो छोरा)
३. फलामसिंका ४ भाइ छोरा–
(क) जेठा पोकदल
(ख) माइला (सानैमा बितेको)
(ग) साइला बिरमान (श्रीमती सुकमाया)
(घ) कान्छा (बीस वर्षमा देहान्त)
३. पोकदलले २ बिहे गरेका थिए । जेठीतर्फ २ छोरा (हर्क र लालबहादुर) र २ छोरी । कान्छीतर्फ २ छोरी ।
४. हर्क (सानैमा बितेको)
४. लालबहादुरको १ छोरी (मधु) र २ छोरा (आश र धनकुमार)
(क) आश (सानैमा मरेको)
(ख) धनकुमारको १ छोरा र १ छोरी
३. बिरमानको ४ भाइ छोरा (मानबिर, मनबहादुर (निसन्तान), गणेशबहादुर÷बिर्समाया साम्पाङ, पदमकुमार÷रेनुता याम्फु÷लोहरुङ)
४. मानबिरका ५ छोरा (रामचन्द्र, पदमबहादुर, पूर्णबहादुर, हरिबहादुर र प्रेम) र ३ छोरी
५. सानैमा बितेका– रामचन्द्र, हरिबहादुर र प्रेम
५. पदमबहादुरको १ छोरा, १ छोरी
५. पूर्णबहादुरको १ छोरा, २ छोरी
४. मनबहादुर (निसन्तान)
४. गणेशबहादुरको ४ छोरा (मणिक, चन्द्र, मिलन, नविन)
५. (क) मणिकको १ छोरा १ छोरी
(ख) चन्द्रको १ छोरा
(ग) मिलको १ छोरा
(घ) नबिनको १ छोरा
४. पदमकुमारको २ छोरा (सत्यम र संजिव) र १ छोरी (सचिता)
५. (क) सत्यम

(ख) संजिव
पुर्खाको थलो हेरिसकेपछि २३ गते चैत्र २०७५ बिहान ७ बजे नास्ता खाई जयरामघाटतर्फ प्रस्थान ग¥यौं । जयरामघाटमा होटल व्यवसाय गर्ने वाम्बुले क्याम्पोचो बहिनीले हलेसी दिक्तेल जाने ट्रकमा चढाइन् । हामी ११ बजेतिर हलेही धामको दर्शन गर्न पुग्यौं । दर्शनपछि खाना खायौं । दिक्तेलबाट काठमाडौं जाने बसमा जयरामघाट ओर्लियौं । साँझको ८ः३० बजे जयरामघाट उत्रियौं । उही वाम्बुले बहिनीको लजमा बास बसियो । दुधकोसी किनारामा पुर्खा सम्झँदै बसियो । भोलिपल्ट बिहान ७ बजे दिक्तेलबाट काकरभिट्टा छुट्ने बसमा चढी हामी फिर्ता भयौं । यसरी करिब १० दिने यात्रा पुर्खाको थलोसम्म समर्पण गरियो ।

रोङ गाउँपालिका–६ (साबिक जिर्मले गाविस–२) सलकपुर, इलाम
(प्रकाशित ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ७ अंक १०, २०७७ कात्तिक–पुस (किरात येले संवत् ३७९९÷सन् २०२०, लिब्जु–भुम्जु पत्रिकाको निरन्तरता पूर्णाङ्क ८३)

Leave a Reply

Your email address will not be published.