नेपालको पर्यटन, कहिले पुग्ने धार्नी ?

विचार / ब्लग

निनाम लोवात्ती कुलुङ

केही समयअघि नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको हवाला दिँदै नेपाली पत्रपत्रिकाले समाचार लेखेअनुसार सन् २०१७ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्ने आँकलन गरिएको थियो ।

हुन पनि सन् २०१७ को १० महिनाको अवधिमा सात लाख ५७ हजार ४४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सङ्ख्याकै कुरो गर्ने हो भने उक्त सङ्ख्या भनेको सन् २०१६ को १० महिनाकोभन्दा लगभग एक लाख ५० हजारले बढी थियो ।
तर, यसरी नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यो वर्ष १० लाख पुग्ने अनुमान र आशा गर्दा गर्दै पनि सन् २०१७ नेपाल घुम्न आएका विदेशी पर्यटकको सङ्ख्या नौ लाख ४० हजार २१८ जना मात्रै रहेका छन् ।

हुन पनि सन् २०१७ मा बाँकी रहेको लगभग दुई महिनाको अवधिमा नेपालमा सङ्घ र प्रदेशसभा निर्वाचन हुँदै थियो भने त्यही क्रममा नेकपा (विप्लप समूह) द्वारा भएको हिंसात्मक घटनाले नेपाली पर्यटनलाई केही न केही असर पर्नेवाला थियो । त्यसमाथि डिसेम्बर महिना भनेको नेपाली पर्यटनका लागि त्यति धेरै सङ्ख्यामा विदेशी पर्यटक आगमन हुने महिना होइन । त्यसमाथि त्यही सेरोफेरोमा नेकपा (विप्लप समूह) द्वारा भएको हिंसात्मक घटनालाई आधार मानेर अमेरिका, बेलायत, जापान दक्षिण कोरियालगायत देशले आफ्ना नागरिकलाई नेपाल भ्रमण जानुअघि सोच–विचार गर्न सुझाव दिएको थियो ।
माथिको सबै परिस्थिति हेर्दा सन् २०१७ मा १० लाख त त्यस्तै हो, लगभग नौ लाख विदेशी पर्यटक नेपाल आउलान् कि भन्ने अनुमान गरिएको थियो तर आशा गरेभन्दा ४० हजार बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हुन त नेपाल भ्रमणमा आउने विदेशी पर्यटक वर्षौं अघिदेखि योजना बनाएर आउनेकै सङ्ख्या ठूलो हुने भएकोले गर्दा पनि हामीले अनुमान गरेकोभन्दा कम सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् ।

जस्तो सन् १९९८ को ‘नेपाल भ्रमण वर्ष–१९९८’ मा हामीले पाँच लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएको भए पनि चार लाख ६३ हजार ६८४ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए । त्यस्तै सन् २०११ मा १० लाख विदेशी पर्यटक भिœयाउने उद्देश्यसहित ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाएको भए पनि उक्त वर्ष सात लाख ३६ हजार २१५ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए, हुन त माथिका उदाहरण प्रस्तुत गरियो कि सन् २०११ मै १० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०११’ मनाइएको थियो ।

त्यस्तै सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक नेपाल भिœयाउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो तर ती दुवै वर्ष सङ्ख्या पु¥याउने हिसाबले लक्ष्य पूरा भएन । खर्च गराउने हिसाबले पनि लक्ष्य पूरा भएन । त्यस्तै पर्यटकको नेपाल बसाइँ अवधि बढाउने हिसाबले पनि लक्ष्य पूरा भएन ।
हाम्रो देशको पर्यटनको कुरो गर्दा सन् २०१० यताको तथ्याङ्क हेर्दा सन् २०१५ मा सबैभन्दा कम पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सङ्ख्या भनेको सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा लगभग ३२ प्रतिशतले कम थियो । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्याको कुरो गर्दा सन् २०१३ देखि नै नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या नकारात्मक थियो । जस्तो कि सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या सन् २०१२ मा भन्दा माइनस एक दशमलव ७५ प्रतिशत अर्थात् सात लाख ९७ हजार ६१६ जना थियो ।

स्मरणीय छ, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१४ मा पनि नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या घटेर माइनस शून्य दशमलव तीन (–०.३) प्रतिशत कम अर्थात् सात लाख ९० हजार ११८ जना रहेको थियो । जे होस्, हामी नेपालीको वर्षौंदेखिको १० लाख विदेशी पर्यटक भिœयाउने सपना यो वर्ष पनि साकार भएन ।
वास्तवमा नेपालमा सडक यातायात र हवाई यातायात लगायतका पूर्वाधार विकासका क्षेत्रमा अपेक्षित प्रगति नभएसम्म सायदै अपेक्षा गरेअनुरूप विदेशी पर्यटक भित्रिएलान् ?

पूर्वाधारका यी क्षेत्रमा अपेक्षित प्रगति भएको भए नेपालमा धेरैअघि नै वार्षिक १० लाख विदेशी पर्यटक भिœयाउन कुनै आइतबार पर्खनुपर्ने थिएन । कुरो नचपाई भन्ने हो भने अभैm पनि हामीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र अन्तर्राष्ट्रिय हवाईजहाज सेवा सञ्चालनमा यथेस्ट रूपमा ध्यान दिन सकेनौँ भने केही समयअघि नेपाल सरकारले सन् २०२० मा १५ लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने जुन घोषणा गरेको छ, त्यसमा पनि तुषारापात नहोला भन्न सकिन्न ।

उता यही सेरोफेरोमा निजी क्षेत्रको व्यावसायिक संस्था टान, पाटा, नाट्टा लगायतका संस्थाले सन् २०३० मा ५० लाख विदेशी पर्यटक नेपाल भिœयाउने महाŒवाकाङ्क्षी योजना सार्वजनिक गरेका छन् । यसमा राजनीतिक दलका केही नेताहरूले पनि ‘हाँ मा हाँ’ मिलाएका छन् ।
त्यसो त हालै सम्पन्न प्रदेशसभा र केन्द्रको निर्वाचनको क्रममा नेपाली काँग्रेस, वाम गठबन्धनलगायतका ठूला भनिएका दलहरूले पनि आगामी १० वर्षमा ५० औँ लाख विदेशी पर्यटक नेपाल भिœयाउने भनी आआफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । जुन हावादारी गफ नहोस् तर फेरि पनि भन्नै पर्दा यही पाराले ५० लाख विदेशी पर्यटक नेपाल भिœयाउन त अझै ५०औँ वर्ष लाग्छ ।गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published.