रमणिय पर्यटकीय स्थल झन्डिडाँडा

प्रदेश १ समाचार

सत्यम राई
सडकपुर (इलाम) । इलाम जिल्लालाई नेपालको पहाडकी रानी भन्न गरिन्छ । इलामको दक्षिण पूर्वी क्षेत्रमा रोङ गाउँपालिका रहेको छ । यही रोङ वडा नं. ६ रम्भ्याङमा समुद्री सतहदेखि करिब २२०० मिटर उचाईमा झन्डिडाँडा रहेको छ ।


झन्डिडाँडा एउटा रमणिय पर्यटकीय स्थल हो । यो मनोरम थलोको सरंक्षण संवद्र्धन हुने क्रममा छ । किरात फ्रेण्ड्स क्लबले यस थलोलाई पर्यटन प्रवद्र्धन कार्य थालनी गरेको छ । किरात फ्रेण्ड्स क्लब मुलतः खेलकुद संस्था भएता पनि खेलकुद पर्यटनसँग जोडिन्छ । तसर्थ क्लब यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा जुटेको छ ।

क्लबले झन्डिडाँडा पर्यटन विकासका लागि २०७७ वैशाख १७ गतेदेखि विभिन्ने चरणमा काम गर्दैआएको छ । झन्डि क्षेत्रका झाडी बुटियान हटाएर विभिन्ने थरिका फूलका बिरूवा रोप्ने काम भएको छ । संरक्षण गर्ने क्रम जारी छ । झन्डिडाँडाको टुप्पासम्म जाने पदमार्ग १३२ ओटा खुडकिला निमार्ण कार्य भएको छ । ठाउँ–ठाउँमा विश्राम स्थल तथा बाटिका निमार्ण भएको छ ।

झन्डिडाँडामा रहेका देउराली थान सरसफाईका साथै घेराबारा लगाइएको छ । यस क्षेत्रमा रहेका ससाना थुम्काथुम्कीसम्म पुग्ने बाटो खन्ने भएको छ । यसअघि जीवन राईको नेतृत्वमा रोपिएका लालीगुराँस गोडमेल गर्ने भएको छ । झन्डिडाँडालाई परिचय दिने खालका सूचनापाटी निमार्ण गरी सार्वजनिक स्थलमा राखिएका छन् ।

यहाँ खेलमैदान पनि रहेको छ । यहाँ एक दिवसीय खेल आयोजना गर्ने गरिएको छ । युवा पुस्ताको बाक्लो उपस्थितिले व्यापक प्रचारप्रसार भएसँगै मानिसहरूको चाप बढ्न थालेको छ । वनभोज स्थल बनेका छन् । वनभोज खान आउनेका लागि बिजुली बत्ती विस्तार गरिएको छ । यसका साथै फोहोरमैला व्यस्वथापन कार्य हुँदैछ । यसरी झन्डिडाँडालाई पर्यटन विकास गर्ने कामको सुरूवात भएको छ ।

Leave a Reply

Your email address will not be published.