कवि सोनाम सज्जन किरातीको कविता : खुवालुङ

खुवालुङ

-सोनाम सज्जन किराती

पब्जी खेलेर
समय मार्ने समयका हत्याराहरू
नबन ए किराँती मित्र
उघ्रिएर तिमी तरी आएको खुवालुङ
विशुद्धहरूले अतिक्रमण गर्छ
र तिम्रा अतितको
दाह संस्कार पुकारी रहेछ
पशुपतिलाई सुनको जलप चढाउने भाकल गरेर

ए किराती हो !
तिम्रो इतिहासलाई मार्न
तिम्रो मुन्दुम सिध्याउन
भाषिक हस्तक्षेप त जारी नै छ

अब तिमी पब्जीमा भुलियौ भने
म साम्राज्यवादी दलाल भन्ने छु
जसको एकथान प्रतिनिधि
वर्तमान समाधि नजिक
उभिएको तिमी विरोधी
कुर्सीको टाउका हुन्

यिनै खुवालुङको कसम
एक पटक सोच
समयको हत्यारा बन्नु ठिक
या अस्तित्व
इतिहासको रक्षक बन्नु ठिक
सोच मनले बुझ र रचना गर
ठिक ठिक सत्य व्यवहार ।

२०७७-११-२३
हलेसी तुवाचुङ नगरपालिका–२ दाम्ली, खोटाङ
हाल– काठमाडौं ।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१६:०४

कवि सोनाम सज्जन किरातीको वाम्बुले राई भाषाको कविता ‘ग्लास्ता’ (जित)