विग्रिएको हो दयाहाङसँग सम्बन्ध ? यस्तो भन्छिन् प्रियंका

मनोरन्जन
काठमाडौ । फिल्म ‘झोले’मा एकसाथ काम गरेपछि नायिका प्रियंका कार्की र नायक दयाहाङ राईको सहयात्रा सुरु भएको थियो । यो फिल्म हिट भएका कारणले पनि निर्माताको नजरमा प्रियंका र दया पहिलो रोजाई बन्न थाले ।
त्यसपछि त ‘ब्याक टू ब्याक’ पर्दामा यो जोडी टुटेन । तर, जति नै एकसाथ काम गरेपनि यो ‘झोले’ जोडीको खातामा हिटभन्दा धेरै फ्लप फिल्मको संख्या झुण्डिएको छ ।
केही महिना यता हेर्ने हो भने दया र प्रियंकाले निकै कम फिल्म एकसाथ गरेका छन् । कुनै समय प्रत्येक फिल्ममा एकअर्काको रोजाई बन्ने यो जोडी अहिले ‘दूर’ बन्दै गएका छन् ।
न फिल्म लगातार गरिरहेका छन् न त पहिला जस्तो नै मिडियाका क्यामेराले यी दुईको हाँसो कैद गर्ने अवसर पाएका छन् । यही कारणले पनि हुनसक्छ यतिबेला सिनेवृतमा प्रियंका र दयाको सम्बन्ध विग्रिएको चर्चा छ ।
फिल्म ‘झोले’को नेम सिक्वेल ‘मिस्टर झोले’बाट प्रियंका बाहिरिनुको पछाडि दयासँग विग्रदो सम्बन्धलाई मानिएको छ । पछिल्लो पटक सँगै एकसाथ नदेखिनु, एक उपस्थित कार्यक्रममा अर्को नपुग्नुले पनि चलचित्रकर्मी, दर्शक र मिडियाको आंशकालाई यसले थप मलजल गरेको छ ।
यसैबीच, प्रियंकाले दयाहाङसँगको सम्बन्धको विषयमा मुख खोलेकी छिन् । फिल्म ‘बटरफ्लाई’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रियंकाले भनिन्, ‘हाम्रो सम्बन्धलाई केही भएको छैन । हामी आ-आफ्नो काममा दुवै एकदमै व्यस्त मात्र भएका हौं ।’
दया र प्रियंका अभिनीत नयाँ फिल्म ‘ह्याप्पी डेज’ प्रदर्शनको तयारीमा छ । अझ रोचक कुरा त के छ भने यही शुक्रवार प्रियंका अभिनीत फिल्म ‘बटरफ्लाई’ र दयाहाङ स्टारर फिल्म ‘मिस्टर झोले’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।

Leave a Reply

Your email address will not be published.