किरात सिरिजंगा लिपि यसरी सिक्न र प्रयोग गर्न सकिन्छ (भिडियोसहित)

कला साहित्य -संस्कृति मातृभाषा

किरात लिपि अभ्यास
गणेश वाम्बुले राई


‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा ‘किरात लिपि अभ्यास’ २९ शृंखलासम्म छापियो । किरात लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । अभ्यास शृंखलामा ‘किरात–वाम्बुले’ फोन्टमा प्राविधिक त्रुटिहरू दोहोरिन नदिन तथा निरन्तर अभ्यासका निम्ति प्रस्तुत गरियो । यो मुलतः किरात लिपि हो । फोन्टको नाम किरात–वाम्बुले रहेको छ । सिरिजंगा लिपि लिम्बू भाषा तथा साहित्य लेखनमा बाँच्दैआएका छ ।

किरात सिरिजंगा लिपिमा धेरै वटा फोन्ट बनाइएका छन् । याक्थुङ, सिरिजंगा, लिम्बु आदि फोन्ट नामाकरण गरिएका छन् । यो लिपि (स्क्रिप्ट) लाई हरेक कम्प्युटरमा ‘फोन्ट डाउनलोड’ गरेर अभ्यास गर्न र व्यवहारमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो पटक किरात–वाम्बुले फोन्टलाई लिएर पुमा राई भाषाको वर्णमाला लेखन अभ्यास अघि सारिएको छ । युटुब च्यानलमा यसको प्रयोग गर्ने तरिका दिइएको छ।

देवनागरी लिपिको ‘प्रीति फन्ट’ टाइप गर्ने किबोर्डमा किरात–लिपि फन्टहरू टाइप गर्न सक्दछन् । अ देखि अः सम्म । क देखि ह सम्म रहेका छन् । त्यसमा लाग्ने मात्रासमेत त्यही ठाउँमा पाइन्छन् । अंकहरु अंग्रेजी अंकको फोन्टअनुसार प्रयोग गर्न सकिन्छ ।

किरात वाम्बुले फन्ट र वाम्बुले भाषा

वाम्बुले भाषामा ञ, ण, ष, क्ष, ज्ञ वर्ण/अक्षर प्रयोगमा छैनन् भने ‘श’ को सट्टामा ‘स’ र त्र (त्+र) मात्र प्रयोग गर्ने भन्ने मत रहेको छ ।

त्यसैले किरात–वाम्बुले वर्णमा ‘श’ प्रयोग गरिएको छैन । वाम्बुले भाषाको विशेषताअनुसार अन्तस्फोटक (Implosive Stops) उच्चारण हुने वर्ण ड, ब र ल हुन् । त्यसलाई उच्चारण गर्ने लिपि यसमा छन् ।

जस्तै– ड्अी, ब्अी, ल्अी । र अन्तस्फोटकबाहेक अरूमा दीर्घजन्य शब्द उच्चारणमा विसर्ग (:) प्रयोग गर्ने गरिएको छ ।

यी बाहेक सबै अक्षरको मात्रा ह्रस्व प्रयोग गर्ने भन्ने भाषाशास्त्रीहरू सुझावअनुसार देवनागरी लिपि होस् या किरात लिपि मात्रा लेखन ह्रस्व लेखिदैआएको छ ।

वाम्बुले भाषालाई दीर्घजीवन दिन मातृभाषी विद्यार्थीको बाहुल्य रहेको क्षेत्रमा विद्यालयको आधारभूत तहमा विषयगत रूपमा, माध्यम भाषाका रूपमा औपचारिक तथा अनौपचारिक शिक्षा पठनपाठन प्रक्रिया वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)ले कदम अघि बढाएकोे छ ।

लिम्बु भाषाको धरोहरका रूपमा सिरिजंगा लिपिलाई मानिन्छ । यद्यपि किरात समूहका भाषाहरू यही लिपिमा प्रयोग गर्ने गरिएको छ । देवनागरी लिपि सबैले प्रयोग गर्यौं र यसको गरिमा बढेको हो । किरात लिपि पनि जति धेरै प्रयोगगर्छौं, उति यसको गरिमा र महत्व बढ्दै जानेछ ।

किरात याक्थुङ चुम्लुङद्वारा प्रकाशित ‘तान्छोप्पा’ मासिक पत्रिकामा किरात लिपि अभ्यास यसरी दिइदै आएको छ-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

किरात पुमा राई भाषाको वर्णमालामा किरात लिपि सिक्न यो लिङ्क हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.