सलमानले भने, ‘म नेपाल आउँदैछु’ (भिडियो)

मनोरन्जन

काठमाडौ । आउँदो फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान नेपाल आउँदैछन् ।  ‘दबंग द टुर’ अन्तर्गत उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।

हालैमा आफू अभिनीत बल्कबस्टर फिल्म ‘टाइगर जिन्दा हे’को सफलताको खुसी साट्ने क्रममा ‘बलिउड भास्कर’सँग कुराकानी गर्दै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् ।
आयोजक संस्थाले पटक-पटक सलमान नेपाल आउने जानकारी दिएपनि उनले भने अहिलेसम्म यस विषयमा मुख खोलेका थिएनन् । अब नेपालमा रहेका उनका असंख्य फ्यानलाई यो खबरले थप खुसी बनाएको छ । सलमानले कुराकानीको क्रममा नेपालपछि अमेरिका र क्यानडामा कन्सर्ट हुने पनि जानकारी दिए ।
हालसालै यो टुरमा बलिउड अभिनेत्री कैटरीना कैफ पनि जोडिएकी छिन् । उनी नेपाल आउने वा नआउने भन्ने विषयमा भने अझै टंगो लागेको छैन । ‘टाइगर जिन्दा हे’को सफलतापछि कैटरीना ‘दबंग द टुर’मा भित्रिएकी हुन् ।
सलमानसँगै फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।
सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।
भिडियो :-

Leave a Reply

Your email address will not be published.